• १२ साउन २०८१, शनिबार

‘पानढिकी टक्सार’ब्यारेकभित्र

blog

कोकिला भण्डारी

धनकुटा, जेठ ७ गते । जमानामा सिक्का टङ्कन गर्ने ‘पानढिकी टक्सार’ अहिले नेपाली सेनाको ब्यारेकको एउटा कुनामा गुप्त छ । 

विसं १९८७ मा तत्कालीन बडाहाकिम कर्णेल राजशमसेर भएको समयमा भारतको जोगबनीबाट धरान हुँदै धनकुटा ल्याइएको उक्त मेसिन पानीबाट चल्ने भएकाले त्यसलाई पानढिकी टक्सारघर पनि भन्ने गरिएको स्थानीय बुढापाका बताउँछन् । उक्त मेसिनको प्रयोग गरेर दुई पैसा र पाँच पैसाका नेपाली ढ्याक टङ्कन गरिन्थ्यो ।  

करिब एक सय वर्षअगाडिको मेसिन पुराताŒिवक वस्तुसरह नै हुन्छ तर उक्त मेसिनबारे अहिले न सरकार न सर्वसाधारण कसैलाई चासो देखिन्छ । ऐतिहासिक टक्सार आफैँमा ऐतिहासिक हुँदाहुँदै पनि ओझेलमा परेको छ ।  

त्यसलाई सङ्ग्रहालयमा राख्दा नयाँ पुस्ताले इतिहास देख्न सक्थे । हालको भीमदल गण सल्लेरी ब्यारेक रहेको स्थानमा राणाकालीन समयमा त्यतिबेला टक्सार थियो । सोही टक्सारबाट टङ्कन भएका मुद्रा अझै पनि गाउँघरमा पैत्तृक सम्पत्तिका रूपमा सुरक्षित राखिएको भेट्न सकिन्छ । राणाकालीन समयमा राजधानीदेखि पैसा ढुवानी गर्न समस्या हुने तथा चोरी हुने डर भएपछि देशका पूर्वी भेगका लागि धनकुटालाई केन्द्र बनाएर नेपाली मुद्रा टङ्कन हुने गरेको जानकारहरू बताउँछन् । 

धनकुटा नगरपालिका–३ की स्थानीय गङ्गा भण्डारी धनकुटामा छापिने पाँच पैसाको ढ्याक निकै मोटो हुने गरेको स्मरण गर्नुहुन्छ । त्यो समयका सिक्का देखेका धनकुटाका ईश्वर श्रेष्ठ आफ्ना बुवा टक्सारकै जागिरे भएकाले सानै उमेरमा त्यो बेलाको सिक्का देख्न पाएको बताउनुहुन्छ । श्रेष्ठले भन्नुभयो, “म सानो हुँदा मेरा बुवाले टक्सारमा काम (जागिर) गर्नुहुन्थ्यो । तामाबाट मुद्रा बनाइन्थ्यो ।”

स्थानीय ७७ वर्षीय भैरव श्रेष्ठसँग अझै विसं १९९२, १९९४, १९९५ लगायतका सालमा धनकुटाबाट निकालिएका पाँच पैसाका बाक्ला तामाका ढ्याक सुरक्षित छन् । खोपी खेल्दा खेल्दा माटोमा घोटिएर कतिपय ढ्याकमा लेखिएको अक्षरसमेत मेटिएको अवस्थामा छ । त्यस्ता ऐतिहासिक वस्तु ब्यारेकको चौघेरामा भन्दा भावी पुस्ताको ज्ञानका लागि प्रदर्शनी हुने स्थानमा राख्दा उपयुक्त हुने उहाँँको सुझाव छ ।  

कलात्मक ढ्याकमा श्री भवानी र श्री ५ त्रिभुवन वीरविव्रmम शाहदेव लेखिएको इतिहासविद् प्राडा गोपालबहादुर भट्टराई बताउनुहुन्छ ।

धनकुटा नगरपालिका–३ का स्थानीय डाक्टर दामोदर वाग्लेसँग पनि यस्ता धेरै पैसा छन् । उहाँले ती सिक्काको माला बनाएर सजाएर पनि राखिएको बताउनुहन्छ ।  पूर्वमा भोजपुर र धनकुटामा रहेका टक्सारहरू नेपाली सेनाले सुरक्षा गर्दै आइरहेकोे भीमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापा बताउनुहुन्छ ।

पुराताŒिवक विभाग महानिर्देशक सौभाग्य प्रधानाङ्ग ऐतिहासिक त्यस्ता सामग्री सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिँदा उपयुक्त हुने भन्दै त्यसका लागि आवश्यक नीति नियम तर्जुमा गरिनुपर्नेमा जोड दिनुहुन्छ । 

धनकुटाबाट निष्कासन गरिएका मुद्राहरू राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा भने सङ्कलनमा नरहेको मुद्रा सङ्ग्रहालयका प्रमुख सुभाषचन्द्र डङ्गोल बताउनुहुन्छ । उहाँले यसको महŒव जनमानसमा पु¥याउनेतर्फ खोज अनुसन्धानलाई अगाडि बढाउँदै सम्बन्धित सबै निकायले मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । ऐतिहासिक वस्तु एवं संरचनालाई जगेर्ना गर्ने, सकिन्छ भने पुनर्जीवित गरेर राखी ऐतिहासिक गौरवलाई जोगाउन नगरपालिकाले ध्यान दिने धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ बताउनुहुन्छ ।