• १७ असार २०८१, सोमबार

इँटा उद्योगका बाल श्रमिकलाई शैक्षिक सामग्री सहयोग

blog

जानु पाण्डे

कपिलवस्तु, वैशाख १० गते । कपिलवस्तुका इँटा उद्योगमा रहेका बाल श्रमिकलाई विद्यालय शैक्षिक सामग्री सहयोग गरिएको छ । इँटा उद्योगमा काम गर्दैआएका १ सय ६८ बालबालिकालाई स्कुल व्याग, स्टेश्नरी सामग्री र खाद्यान्न सहयोग गरिएको छ । नयाँ शैक्षिक सत्रमा इँटा उद्योगमा काम गर्ने बालबालिकालाई भर्ना गर्न र विद्यालयमा अध्ययन गर्दै आएकालाई पढाइमा निरन्तरता दिनका लागि सहयोग गरिएको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताउनुभयो  ।

समितिले कपिलवस्तुको शिवराज, महाराजगन्ज, कृष्णनगर र बुद्धभूमि नगरपालिकाका इँटा उद्योगमा काम गर्ने बालबालिकालाई लक्षित गर्दै कार्यक्रम गर्दैआएको छ । उद्योगबाट संकलन गरेको तथ्यांकअनुसार जोखिममा देखिएका बालबालिकालाई सहयोग गरिएको थियो । बालबालिकालाई झोला, कापी, कलम, कलर, इरेजर सँगै नुन, चामल, तेल दाललगायतका खाद्यान्न सहयोग गरिएको छ । बुद्धभूमि नगरपालिका ६ का वडा अध्यक्ष नन्दलाल यादवले सहयोगपछि बालबालिकाको पढाई निरन्तर हुनुपर्ने बताउनुभयो । 

सञ्चालनमा रहेका अधिकांश इँटा उद्योगमा बालबालिका काँचो इँटा ओसार्ने, माटो बोक्ने, फ्रेममा राखेर इँटा बनाउनेजस्ता काममा लगाइएका छन् । गत वर्षको तथ्यांकअनुसार ४ पालिकामा गरेको सर्वेक्षणमा ७५० भन्दा धेरै बाल श्रमिक इँटा उद्योगमा कामदारको रुपमा फेला परेको थिए । यो वर्ष बाल श्रमिकको संख्या ५ सयको हाराहारीमा पुगेको बताइएको छ ।