• १७ असार २०८१, सोमबार

पाठेघर खस्ने रोगको निःशुल्क उपचार

blog

जानु पाण्डे

कपिलवस्तु वैशाख १० गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा पाठेघर खस्ने रोगको निःशुल्क शिविर सञ्चालन गरिएको छ । गाउँपालिका १ मा रहेको दूधाधारी माध्यमिक विद्यालय गुगौलीमा शनिबार स्वास्थ्य शिविर सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो ।

भारतीय सीमा क्षेत्रसँग जोडिएको पालिकामा ग्रामीण क्षेत्र र विपन्न परिवारको महिलालाई लक्षित गर्दै उपचार सिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोेपालवहादुर थापाले बताउनुभयो । गाउँपालिकाको आर्थिक सहयोगमा सिविर सञ्चालन गरिएको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीका अनुसार पाठेघर खस्ने रोगका समस्या भएका महिलाको पहिचान गरी उपचारको व्यवस्था मिलाएको बताउनुभयो । महिला स्वास्थ्य स्वयम्सेविकासँग टोल टोलमा पुगेर पाठेघर खस्ने समस्या भएका बिरामीको पहिचान गरी उपचारको प्रवन्ध मिलाइएको छ । उपचारका लागि शिवराज अस्पताल र विजयनगर गाउँपालिकाका स्वास्थ्यकर्मी खटेका थिए ।