• १९ असार २०८१, बुधबार

कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताकाे पदबाट राजीनामा

blog

नारद काेहर

तौलिहवा, वैशाख १० गते । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन ईच्छुक रहेको भन्दै कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले पदबाट राजीनामा दिनुभएकाे छ ।

निर्वाचन आयोगले चुनावमा लड्न बहालवाला जन प्रतिनिधिहरुले अनिवार्य पदबाट राजीनामा दिनुपर्ने नियम बनाएपछि उहाँले सो राजीनामा दिनुभएकाे हाे । उहाँले प्रमुख किरण सिंहलाई गत वैशाख ८ गते राजीनामा दिनुभएकाे हाे ।

प्रमुख सिंहले वैशाख ९ गते देखि लागू हुने गरी राजीनामा स्वीकृत गर्नुभएकाे छ । नेपाली काँग्रेसबाट प्रमुख पदमा टिकट पाएको चर्चा चले पनि अझैँ सम्म आधिकारिक रूप निर्णय सार्वजनिक भएकाे छैन ।

काँग्रेसबाट उपप्रमुख पदमा टिकट कसले पाउँछ भन्ने अझै स्पष्ट हुन सकेको छैन । प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, राजेश ज्ञवाली मध्ये एक जनाले उपप्रमुखकाे टिकट पाउने काँग्रेस नेताहरु बताउँछन् । अब कपिलवस्तु नगरपालिकामा काँग्रेस, एमाले र जनता समाजवादी पार्टी, नेपालबीच प्रतिस्पर्धा हुने मतदाताहरु बताउँछन् ।