• ६ जेठ २०८१, आइतबार

एमालेको निर्वाचन घोषणापत्र, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

blog

काठमाडौं, वैशाख ९ गते । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्नुभएको हो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाउनुभएको थियो ।

जम्मा ४८ पृष्ठ लामो चुनावी घोषणापत्रमा गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने उल्लेख छ ।

यसैगरी, स्वास्थ्य, खानेपानी र सरसफाइ, ऊर्जा, विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली निःशुल्क र कृषिलाई प्राथमिकताको रुपमा घोषणापत्रमा उल्लेख छ ।

यातायात, पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, औद्योगिककरण र आर्थिक वृद्धिका साथै स्वदेशमै रोजगारीलगायतका कार्यक्रम पनि घोषणापत्रमा उल्लेख छ ।