(युद्धशिविर । द्रौपदी एक्लै एकाग्रभावमा केही सोचिरहेकी छन् । उनको एकाग्रतालाई भङ्ग गर्दै कर्ण प्रवेश गर्छन् ।)
द्रौपदी : (झस्किएर) तिमी यहाँ पनि आयौ ?
कर्ण : तिमी चाहिँ किन युद्धशिविरमा ?
द्रौपदी: म मृत्युशøयामा रहनुभएका पितामह भीष्मको अन्तिम दर्शनका लागि माता कुन्तीसँग आएकी हुँ ।
कर्ण ः हुन त युद्धको बेला यसरी लुकेर शत्रुको शिविरमा आउन नहुने हो तर तिमी आएकी छ्यौ भन्ने थाहा पाएपछि म आएँ ।
द्रौपदी ः आइन्दा मलाई नभेट्नु भनेर मैले पहिले नै भनेकी होइन ?
कर्ण ः तिमीले भनेको सत्य हो । मैले पनि भेट्दिन भनेकै थिएँ तर मनले मानेन ।
द्रौपदी ः यो राम्रो कुरो होइन, कर्ण ।
कर्ण ः युद्धको बेलामा त झनै राम्रो कुरो होइन । यो कुरो युद्धको नियमविपरीत पनि हो तर के गर्नु मनले नमानेपछि... ।
(मौनता)
द्रौपदी ः आफैँबाट बेइज्जत गरिएकी नारीलाई भेट्न पाण्डव शिविरमा कौरव सेनापति आउने कुरो कति उचित हो ? त्यो पनि युद्धको समयमा ?
कर्ण ः तिमीले मलाई ठुलो श्राप दिन सक्थ्यौ, दण्ड दिन सक्थ्यौ तर दिइनौ । तिमीसँग क्षमा मागी सकेको छु ।
द्रौपदी ः तर मैले क्षमा गरेकी छैन ।
कर्ण ः दण्ड पनि नदिने अनि क्षमा पनि नगर्ने ? मलाई लाग्छ तिमीले मनमनै क्षमा गरिसकेकी छ्यौ ।
द्रौपदी ः क्षमा गरेको पनि छैन, गर्ने पनि छैन ।
(मौनता)
कर्ण ः कौरवपक्षका केही योद्धा बढी नै व्रmूर छन् । युद्धमा अनावश्यक व्रmूरता पनि राम्रो होइन । दुर्योधन, दुशासन, शकुनि, जयद्रथ आदिमा देखिएको त्यो व्रmूरता मलाई राम्रो लागिरहेको छैन । मैले सोचेको थिएँ पाण्डवहरू त्यति व्रmूर हुने छैनन् तर उनीहरू पनि त्यतिकै व्रmूर देखिए । महाराज धृतराष्ट्रका तेस्रो पुत्र, दुर्योधनका भाइ विकर्ण, जसले तिम्रो चीरहरणको बेला तिमीमाथि गरिएको अपमानविरुद्ध बोलेका थिए, तिनलाई पाण्डवहरूले व्रmूरतापूर्वक नमारेको भए पनि हुन्थ्यो तर मारे । विकर्णको हत्या गरिसकेपछि भीमले दुःखमनाउ त गरे तर त्यो देखावटी कुरो थियो ।
द्रौपदी ः तिमीलाई त्यस्तो लागेको हुन सक्छ ।
कर्ण ः मलाई मात्र होइन, पाण्डवदलकै पनि कतिलाई त्यस्तो लागेको छ । जीवनमा कसैले एक पटक गुन लगाएको छ भने म त्यसप्रति कृतध्न हुन सक्दिनँ, कृतज्ञ रहन्छु तर पाण्डवहरूमा त्यस्तो देखिएन । म पाण्डवहरू जस्तो कठोर हुन सक्दिनँ । मैले पनि युधिष्ठिर, भीम, नकुल र सहदेवलाई पव्रmेको थिएँ । मैले चाहेको भए चारै जनालाई मार्न सक्थेँ तर मारिनँ । उनीहरूलाई क्षमा गरेर छोडिदिएँ ।
द्रौपदी ः त्यस्तै हो युद्धमा नमरे हुन्थ्यो भन्ठानेका कोही मर्छन्, मरे हुन्थ्यो भन्ठानेका कोही बाँच्छन् ।
(मौनता)
कर्ण ः द्रौपदी, आज अर्जुन र मेरो युद्ध हुँदै छ । आजको युद्ध सम्भवतः मेरो जीवनकै अन्तिम युद्धको दिन हुने छ ।
द्रौपदी ः (आश्चर्यभावमा) युद्धको अन्तिम दिन कि तिम्रो जीवनको अन्तिम दिन ?
कर्ण ः म रहे पनि र नरहे पनि युद्ध त चलिरहनसक्छ । मैले कुन्तीदेवीलाई एउटा वचन दिएको छु । अहिलेसम्म मैले आफ्ना हरेक वचन पूरा गर्दै आएको छु । त्यो वचन पनि पूरा गर्ने हो भने आजको दिन मेरो जीवनकै अन्तिम दिन हुन पनि सक्छ ।
द्रौपदी ः तिम्रो जीवनकै अन्तिम दिन ?
कर्ण ः हुन सक्छ ।
(करुण सङ्गीत गुञ्जिन्छ । कर्ण र द्रौपदी दुवै गम्भीर बन्छन् । सङ्गीतको ध्वनि बिस्तारै हराउँदै जान्छ ।)
द्रौपदी ः (फरक भावमा) आफ्नो जीवनको अन्तिम दिन पनि तिमी मलाई भेट्न आयौ ?
कर्ण ः तिमी यहीँ आएकी छ्यौ भन्ने थाहा पाएपछि तिमीलाई भेट्न मन लाग्यो । भेट्न त मैले माता राधा, पिता अधिरथलाई पनि पथ्र्यो तर उहाँहरू अलि टाढा हुनुहुन्छ । मेरा पत्नीहरू वृषाली, सुप्रियालाई पनि भेट्नुपर्ने उनीहरू पनि टाढै छन् । पद्मावती, चन्द्रावली, उरुवी र तुल्सा पनि टाढै छन् । भेट्न त कुन्तीदेवीलाई पनि पर्ने हो तर मन लागेन । उनका वीर छोरा पाण्डवहरूसँग त युद्ध मैदानमै भेट भइहाल्छ । मेरो मनले तिमीतिरै तानेर ल्यायो । आजको दिन तिमीबाहेक अरूलाई भेट्ने इच्छा पनि छैन । युद्ध सुरु हुनुभन्दा अगाडि पनि तिमीसँग भेटेको थिएँ । आजको दिन पनि तिमीलाई भेट्न मन लाग्यो ।
द्रौपदी ः कारण ?
कर्ण ः भनिहालेँ नि मनले मानेन । त्यसमाथि मैले हाम्रो भेटको पहिलो र पुरानो दिन सम्झिएँ, जुन बेला तिमी किशोरी कन्या थियौ । म भर्खरै शस्त्रअस्त्रको प्रशिक्षणमा लागेको थिएँ । त्यही बेला पाञ्चालमा पहिलो पल्ट मेरो वीरता र सुन्दरता देखेर तिमी मप्रति आकर्षित भएकी थियौ । म पनि पहिलो पटक तिमीलाई देख्ने बित्तिकै मोहित भएको थिएँ । तर त्यस बेला तिम्रो र मेरो कुराकानी हुन पाएको थिएन, देखादेख मात्र भएको थियो ।
त्यसपछि अर्को एउटा दिन पनि सम्झिएँ, जुन बेला तिमी पाण्डवहरूकी पत्नी बनिसकेकी थियौ । पाण्डवहरूको आमन्त्रणमा कौरवपक्ष इन्द्रप्रस्थको भ्रमणमा गएको थियो । त्यसमा म पनि थिएँ । म व्रmोधमा थिएँ । मलाई लागेको थियो त्यस बेला तिमी पनि व्रmोधमा नै हुनुपर्छ तर त्यस्तो भएन । तिमीले अरूमार्फत मेरो राम्रो सत्कार गरायौ । मेरा लागि तिमीले विशेष कक्षकै व्यवस्था गर्न लगायौ । मेरा लागि मनपर्ने भोजनको व्यवस्था तिमीले नै गर्न लगाएकी थियौ । तिम्रा भावभङ्गी मलाई प्रभावित गर्ने खालका थिए । म आफ्नो कक्षमा एक्लै रहेका बेला तिमीले लुकीलुकी मतिर हेरेको पनि मैले देखेको थिएँ । तिम्रो त्यो व्यवहारबाट मेरो व्रmोध सेलाउनुपथ्र्यो तर सेलाएन । अहिले त्यो घटना सम्झिँदा मलाई दुःख लाग्छ ।
द्रौपदी ः दुःख लाग्ने घटना यति बेला नसम्झिँदै राम्रो ।
कर्ण ः द्रौपदी, तिमी मान या नमान, तिम्रा पिता पाञ्चाल नरेश द्रुपदको राजनीतिले पनि तिमी र ममाथि अन्याय गरेको छ । राजा द्रुपद र गुरु द्रोणाचार्यबिच शत्रुता थियो । राजा द्रुपद तिम्रो स्वयंवर अरूसँग होइन, अर्जुनसँग गराएर आफ्नो शक्ति बढाउने राजनीतिमा लाग्नुभयो । त्यसका लागि उहाँले तल एउटा ठुलो भाँडोको पानीमा माथि फनफनी घुमिरहेको यन्त्र–माछाको छाया हेरेर त्यसको आँखाको प्वालमा लक्ष्यभेदन गर्नुपर्ने सर्त राख्नुभयो । उहाँलाई त्यो काम अर्जुनले मात्र गर्न सक्ने लागेको थियो ।
लक्ष्यभेदको त्यस समारोहमा राजकुमारहरूको भिड थियो । तथापि तिमी भने एकोहोरो मेरो अनुहारमा हेरिरहेकी थियौ किनभने त्यहाँ सबभन्दा सुन्दर मै थिएँ । तिम्रा आँखा मेरा आँखाको तेजमा लिप्त थिए । जब म लक्ष्यभेदका लागि धनुषबाण तन्काउन थालेँ, श्रीकृष्णले थाहा पाए कि म लक्ष्यभेदमा सफल हुँदै छु । उनले तिम्रो कान फुके र तिमीलाई खुसुक्क भने– “त्यो कर्ण सूतपुत्र हो । तिमीले ऊसँग विवाह ग¥यौ भने जीवनभर दासी भएर रहनु पर्ला, विचार गर ।”
श्रीकृष्णको कुराबाट तिमी झस्कियौ । त्यही नै बेला राजा द्रुपदले तिम्रो स्वयंवरलाई आफ्नो राजनीतिसँग जोडेको कुरा पनि सम्झिएँ । मैले धनुषबाण खैँचिनै लागेको बेला एक्कासि तिमीले ‘म सूतपुत्रसँग विवाह गर्दिनँ’ भन्यौ । तिम्रो त्यो जातिभेदी कुरोले मेरो मन छियाछिया भयो । तिम्रो त्यही अपमानसँगै मेरा आँखाको तेज हराएको थियो । त्यो घटना सम्झेपछि इन्द्रप्रस्थको भ्रमणमा मेरो व्रmोध बढेको थियो ।
हरेक युवतीलाई आफ्नो पति आफैँले रोज्ने अधिकार छ । नारीजातिको मान–सम्मानकै दृष्टिले पनि हरेक नारीमा त्यो अधिकार हुनु पर्छ । तिमीमा पनि त्यो हुनुपथ्र्यो तर भएन । लक्ष्यभेदको सर्तमा केके भयो, भयो । अहिले सोच्दा लाग्छ त्यति बेला जे भयो त्यसलाई स्वीकार गरेर चुपचाप बसेको भए र अर्कै बाटो लिएको भए हुने रहेछ । विगतको आफ्नो व्रmोध र कर्मलाई सम्झेर अहिले आफूले आफैँलाई धिक्कार्न मन लागेको छ ।
द्रौपदी ः मलाई लाग्छ त्यस्ता कुरा स्मरण गर्ने समय यो होइन ।
कर्ण ः ठिक भन्यौ, यो समय ती पुराना कुराको स्मरण गर्नु उपयुक्त छैन । विगतका त्यस्ता कुराहरू सम्झिनुको अर्थ युद्धको बेला आफैँलाई कमजोर बनाउनु हो ।
द्रौपदी ः आज तिमी त्यसै पनि कायर लाग्दै छौ ।
कर्ण ः कसरी ?
द्रौपदी ः युद्धको समयमा लुकी लुकी शत्रुकी पत्नीलाई भेट्न आउने मानिस वीर हुन सक्दैन । यस्तो त कायरले मात्र गर्छ, जो युद्ध कसरी जित्ने भन्नेबारेमा सोच्न छोडेर अन्यत्र लाग्छ ।
कर्ण ः तिम्रो अगाडि म कायर नै हुँ, द्रौपदी ।
द्रौपदी ः युद्ध चलिरहेको बेला कुनै पनि वीर पुरुषले निरीह नारीका अगाडि आफूलाई कायर सम्झिनु ठुलो कमजोरी हो ।
कर्ण ः युद्ध लडिरहेको बेलासम्म म वीर पुरुष नै हुँ तर अर्जुनबाट मेरो वध भइसकेपछि मेरो लास एउटा कायरकै लासको रूपमा रहने छ । मलाई थाहा छ– म मर्ने बेलामा मलाई एक घुट्को पानी खुवाउने मानिस हुने छैनन् । मेरो मृत्युमा आँसु झारेर कोही रुने छैनन् । त्यस युद्धमैदानमा मेरो लास कुर्ने कोही हुने छैनन् । मेरो लासमाथि झिँगाहरू आएर बस्ने छन् र भुन्भुनाएर नाच्ने छन् । मेरो लासलाई चिलगिद्धले पनि ठुङ्ने छन् । तिनलाई धपाउने मानिस पनि कोही हुने छैनन् । मलाई लाग्दै छ– मेरो लास उठाउने समेत कोही हुने छैनन् ।
द्रौपदी, मैले जस्तै तिमीले पनि धेरै अन्याय र अपमान भोगेकी छ्यौ । नारीलाई वस्तुसरह ठानेर खरिद बिव्रmी गर्नेहरूको यस समाजमा तिमीले पनि त्यसलाई भोगेर आएकी छ्यौ । द्रौपदी, कुन्ती, अहिल्या, तारा र मन्दोदरी ! यी पञ्चकन्यामा एक कन्या तिमी पनि थियौ । तिमी राजा यज्ञसेन र महारानी पृषतीकी छोरी अर्थात् राजा यज्ञसेनकी छोरी यज्ञसेनी र रानी पृषतीकी छोरी पार्षती । तिमी र तिम्रा दाजु पार्षत अर्थात् धृष्टद्युम्न यज्ञकुण्डबाट उत्पन्न भए पनि तिम्रा मातापिता तिमीहरू दुवैलाई अग्निकुण्डबाट उत्पन्न भएको होइन, आफूहरूबाटै जन्मिएको महसुस गराउन चाहनुहुन्थ्यो । त्यसमा उहाँहरू सफल पनि हुनुभयो ।
ज्ञान, विद्वता र योग्यताका दृष्टिले कुनै पुरुषको हैकममा रहन तिमीलाई सुहाउँदैन । तिमी बहुपतिकी पत्नी हुने नारी त हुँदै होइनौ । तर कसरी तिमीलाई बहुपतिकी पत्नी हुन बाध्य पारियो र पुरुषको हैकममा राखियो ? यस प्रश्नमा तिमीले कहिल्यै घोत्लिएर विश्लेषण गरेकी छ्यौ ?
द्रौपदी ः छैन ।
कर्ण ः मलाई लाग्छ, तिमीले आफ्नो जीवनका हरेक घटनालाई विश्लेषण गरेर निष्कर्ष निकाल्नु पर्छ । तिम्रो त्यही निष्कर्षमा को सही, को गलत, को धर्मी, को अधर्मी, को नायक, को प्रतिनायक देखिने छ ।
पार्षती, याज्ञसेनी, पाञ्चाली, कृष्णा, द्रौपदी आदि नाममा चर्चित तिमी हस्तिनापुर राजदरबारकी जेठी कुलवधू थियौ । पाण्डवहरूकी पटरानी मात्र होइन, महारानी नै रह्यौ । तर तिमीले जीवनमा कति अन्याय र अपमान भोग्यौ सम्झेकी छ्यौ ? तिम्रो जन्म नै कुनै वस्तुका रूपमा गराइयो यज्ञकुण्डबाट । तिम्रै पिता पाञ्चाल नरेश द्रुपदले तिमीलाई जति माया गरे पनि आखिरमा लक्ष्यभेदको सर्तमा राखेर तिमीलाई वस्तुकै रूपमा उपयोग गर्नुभएको होइन र ? तिम्रो स्वयंवर त अर्जुनसँग भएको थियो तर वस्तुका रूपमा तिमीलाई पाँच पाण्डवमा बाँडियो । त्यति मात्र होइन, तिम्रै पतिहरूले तिमीलाई वस्तुकै रूपमा, तिमीलाई नै थाहा नदिई जुवाको दाउमा लगाए । चीरहरणमा त तिम्रो हुनुसम्मको अपमान भयो, जसको एउटा अक्षम्य अपराधी म आफैँ पनि हुँ । तर तिमीले मलाई दण्ड दिनु त कता हो कता, आजसम्म घृणाभावले समेत मलाई व्यवहार गरिनौ । यो कुरो म कहाँ बिर्सन सक्छु र ?
द्रौपदी ः त्यो तिम्रो बुझाइ होला ।
कर्ण ः मलाई लाग्छ तिम्रो बुझाइ पनि भिन्न छैन । पाण्डवहरूले आफूमाथि भएको अन्यायको बदला लिने काम गरे तर तिमीमाथि भएको अन्याय र अपमानको बदला लिने काम गरेनन् । भीमले अलिकति गरे तर अरूले केही गरे ? केही पनि गरेनन् ।
द्यूतव्रmीडामा सर्वस्व हारेपछि पाण्डवहरूसँग बाँच्नका लागि केही थिएन । उनीहरूले कि त दुर्योधनका दास भएर बस्नुपथ्र्यो, कि त आत्महत्या गर्ने स्थितिमा पुग्नुपथ्र्यो । त्यस अवस्थामा राजा धृतराष्ट्रसँग तिमीले तीन कुरामध्ये दुई कुरा मागेर उनीहरूलाई पतनबाट बचाएकी होइनौ ? तर तिम्रो त्यस गुनलाई कसले सम्झेको छ ? पाण्डवहरूले कहिल्यै सम्झेका छन् ? बरु मैले नै तत्काल तिम्रो प्रशंसा गरेको थिएँ तर त्यसलाई तिम्रै पाण्डवहरूले उपहासको रूपमा लिएका थिए । मैले दुर्भावनावश तिम्रो प्रशंसा गरेको थिइन । एउटै सभामा एकछिनअघि तिम्रो निन्दा गर्ने र एकैछिनपछि प्रशंसा गर्ने मेरो कुरो सङ्गतिपूर्ण भने थिएन ।
द्रौपदी ः तिमीले आत्मसमीक्षा गर्नुपर्ने कुरा धेरै छन् ।
कर्ण ः अवश्य नै । मैले आफ्नो आत्मसमीक्षा गर्दै आएको पनि छु ।
(मौनता)
अरूले जे ठाने पनि म तिमीलाई विदुषी ठान्छु । तिमीमा विलक्षण प्रतिभा छ, त्यो पनि म मान्छु तर तिम्रा आफन्तले नै तिमीलाई आफ्नो विद्वता र प्रतिभाको प्रदर्शन गर्न दिएनन् । तिमी भाग्यवादभन्दा पनि कर्मवादमा र हठवादभन्दा पनि बुद्धिमा चल्ने नारी हौ । युधिष्ठिरसँग त तिम्रो दार्शनिक बहस नै चलेको थियो । मलाई लाग्छ तिमीले चार्वाक दर्शनको प्रारम्भिक शिक्षा पाएकी थियौ । त्यसैले तिमी आफ्नो नीतिज्ञता र वैचारिकतासहित बहसमा अग्रसर रहन्थ्यौ । तर तिम्रो त्यो बानी युधिष्ठिरलाई मन पर्दैनथ्यो । युधिष्ठिर मात्र होइन, पाण्डवहरू कसैलाई पनि मन पर्दैनथ्यो । उनीहरू कुनै पनि नारी विद्वताका साथ बहसमा उत्रिएको मन पराउँदैनन् । तिमीमाथि पनि उनीहरूले त्यही व्यवहार गरे । यहाँसम्म कि तिम्रो जीवनका इच्छा, आकाङ्क्षा र चाहनाहरूलाई व्यक्त गर्ने अवसरसमेत तिमीलाई दिइएन । तिमीसँग कुनै विषयमा रायसल्लाह लिने कामसमेत कसैले गरेन । न तिम्रा पतिहरूले त्यो काम गरे, न अरू कसैले । तिमीसँग सल्लाह माग्ने मानिस म एक जना त थिएँ । विराट् रङ्गभूमिको अस्त्रकला प्रदर्शनमा सहभागी हुने कुरामा मैले तिमीसँग सल्लाह मागेको थिएँ । तर तिमीले मलाई सकारात्मक सल्लाह दिइनौ । तथापि म तिमीप्रति दुःखी भइन ।
द्रौपदी ः दुःखी नभए पनि कुण्ठित त रहेछौ नि ।
कर्ण ः म बेलाबेलामा आफूलाई कुण्ठित मनस्थितिको ठान्थेँ तर तिम्रो जीवनलाई कुण्ठित बनाउने अनेक प्रपञ्चहरूलाई देखेर यतिबेला मैले आफूलाई कुण्ठामुक्त महसुस गरेको छु ।
(मौनता)
तिमी राजपरिवारमा उत्पन्न भयौ र राजपरिवारकै कुलवधू रहे पनि अपमानमा प¥यौ । परिवारबाटै पनि अपमान बेहो¥यौ । मैले पनि त कति अपमान बेहोरेको छु । तिमीलाई थाहा छैन होला, आफूलाई जन्मदिने आमाकै अवहेलनाबाट मेरो जीवन सुरु भएको थियो । जीवनभर सूतपुत्रका रूपमा अपमानमै परेँ । जे भए पनि अपमान त अपमान नै हो तथापि अरूबाट पाएको अपमान र आफ्नैबाट पाएको अपमानमा फरक हुने रहेछ । यसवेला म आफ्नो विगतका कतिपय कर्मप्रति पश्चात्ताप पनि गरिरहेको छु । दुर्योधनलाई खुसी पार्न मैले तिम्रा पतिहरूसँग कटु वचनका साथ बोल्नु नबोल्नु बोलेँ । अपमानजनक व्यवहार पनि गरेँ । आज त्यसप्रति पनि म पश्चात्ताप गरिरहेको छु । सम्भवतः यो मेरो जीवनको अन्तिम आत्मस्वीकारोक्ति पनि हो ।
(मौनता)
मेरो वीरतापूर्ण जीवनको आरम्भ अपमानबाट भएको थियो । मलाई लागिरहेछ मेरो वीरतापूर्ण जीवनको अन्त्य पनि अपमानबाटै हुने छ । अनेक परिवेशको पूर्वाभासमा तिम्रो मृत्यु पनि मेरो जस्तै अपमानजनक हुन सक्छ । मृत्युको क्षणमा तिम्रा वरिपरि कोही नहुन सक्छन् । तिम्रो अन्तिम वेदनालाई तिम्रै पतिहरूले समेत नसुन्ने स्थितिमा तिम्रो पीडा कति कष्टकर होला ? म तिम्रो जीवनमा त्यस्तो स्थिति नआओस् भनेर कामना गर्दछु तर मेरो कामनालाई कसले पो सुन्छ र ?
म अर्जुनसँग युद्ध लडिरहेको छु । म यस्तो युद्ध लडिरहेको छु, जसमा म आफूलाई एक्लो महसुस गरिरहेको छु । मेरै सारथि राजा शल्य मेरो पक्षमा छैनन् । उनी अनेक ढङ्गले मलाई युद्धमा हतोत्साही बनाउने, कमजोर पार्ने, अपमानित गर्ने र हराउने खेल खेलिरहेका छन् । तथापि म निष्ठाका साथ युद्ध लडिरहेछु र अन्तिमसम्म लडिरहने छु ।
हुन त श्रीकृष्णले मलाई पाण्डवहरूसँग मिलेर आत्मसमर्पण गरे सत्ता, शक्ति, सम्पत्ति र प्रेमिका सबै पाइने प्रस्ताव पनि गरेका थिए । उनले मलाई पाँच पाण्डवका ठाउँमा कुन्तीको ज्येष्ठ पुत्रको मान्यतामा छ–पाण्डवको हैसियतमा रहन निकै जोड गरेका थिए । त्यस अवस्थामा कुन्तीको ज्येष्ठपुत्र मात्र होइन, तिम्रो ज्येष्ठ पतिको मान्यता पनि मलाई नै दिलाउने वचन पनि उनले दिएका थिए । तर मैले उनको प्रस्तावलाई स्वीकार गरिनँ, ठाडै अस्वीकार गरेँ किनभने त्यो प्रस्ताव मेरा लागि अनैतिक थियो । आत्मसमर्पणको कुरोलाई म कदापि स्वीकार गर्दिनँ । बाँचेर मर्नुभन्दा मरेर बाँच्नुमा म जीवनको अर्थ देख्छु ।
आज अर्जुनको हातबाट मेरो मृत्यु हुन पनि सक्छ । आजको दिन एकैछिन भए पनि तिमीलाई भेटौँ भनेर आएको थिएँ, अब जान्छु । तिम्रो अपमानमा म अझै पनि लज्जित छु । तिम्रो अगाडि अझै पनि मैले आफ्नो शिर ठडो गर्न सकिरहेको छैन । तिमीले क्षमा गरेको भए खुसीका साथ मृत्युसमेत वरण गर्ने थिएँ तर क्षमा गरिनौ । जे भए पनि भेट्न पाएँ, खुसी लाग्यो । तिम्रो जीवन सधैँभरि सुखी रहोस् । एउटी आदर्श र साहसी नारीका रूपमा तिम्रो सम्मान सबैबाट भइरहोस् ।
(द्रौपदी गम्भीर देखिन्छिन् । कर्ण जान थाल्छन् ।)
द्रौपदी ः त्यसो किन गर्नु, आत्मसमर्पण गरे हुन्छ नि बरु । जीवन त बाँकी रहन्छ ।
कर्ण ः म सत्ताका लागि राजनीति गर्ने मानिस भएको भए आत्मसमर्पण पनि गर्न सक्थेँ तर म त्यस्तो होइन, द्रौपदी । म त आफ्नो स्वाभिमानी पहिचानका लागि लड्दै आएको योद्धा हुँ । योद्धाले त कि मार्छ, कि मर्छ, आत्मसमर्पण गर्दैन ।
द्रौपदी ः योद्धाहरूले आत्मसमर्पण गर्नै हुन्न भन्ने छ र ? कतिले आत्मसमर्पण गरेका घटनाहरू पनि छन् ।
कर्ण ः आत्मसमर्पण गर्नेले गरुन् तर म गर्दिनँ । अब मैले बाँचेरै पनि के गर्नु छ र ? तिमीले पनि त मलाई क्षमा गरिनौ ।
द्रौपदी : श्रीकृष्णको प्रस्ताव अनुसार पाण्डवहरूसँग मिले पनि त हुन्छ ।
कर्ण : मेरा लागि जीवनमा धेरै असम्भव विषयहरू छन् । श्रीकृष्णको प्रस्ताव पनि मेरो जीवनको त्यस्तै एउटा असम्भव विषय हो । तथापि जीवनको अन्तिम अन्तिम क्षणमा म तिमीसँग एउटा प्रश्न सोध्न चाहन्छु । सोधूँ ?
द्रौपदी : हुन्छ ।
कर्ण : तिमीले सबैभन्दा माया गर्ने व्यक्ति अहिले पनि अर्जुन नै हुन् ? (लामो समयसम्म द्रौपदी केही बोल्दिनन् । उनी चुपचाप उभिइरहन्छिन्) ठिकै छ मैले तिम्रो मौनताको अर्थ बुझेँ । आज म र अर्जुनका बिच अन्तिम युद्ध हुँदै छ । कुन्तीदेवीलाई मैले दिएको वचन अनुसार नै पनि म आफूलाई जीवित राख्न समर्थ हुन्छु कि हुन्न, के हुन्छ, थाहा छैन । तर मेरो अन्तिम कामना छ– तिमीले सबैभन्दा माया गर्ने मानिसका साथ तिम्रो जीवन सुखमय रहोस् ।
(कर्ण जान लाग्छन्)
द्रौपदी : कर्ण, म तिमीलाई फेरि पनि भन्छु– श्रीकृष्णको प्रस्तावलाई स्वीकार गर ।
कर्ण : म त्यस्तो घृणित पतनको बाटो रोज्दिनँ, द्रौपदी । त्यो मेरो निष्ठाको घोर विपरीत कार्य हुन्छ, जहाँ म एकछिन पनि बाँच्न सक्दिनँ । मैले अघि नै पनि भनिहालेँ नि– बाँचेर मर्नुभन्दा मरेर बाँच्नु बेस । म त चाहन्छु– मेरो जीवनको अन्त्य तिम्रो अपमानको सजाय नै बनोस् ।
द्रौपदी : (आश्चर्य भावमा) हँ ?
(मौनता)
कर्ण ः द्रौपदी, तिमी विवाह गरेर पहिलो पटक पाण्डवकुटीमा आइसकेपछि म तिमीलाई भेटेर आफ्नो रिस पोख्न त्यहीँ पुगेको थिएँ । त्यस बेला तिमीले मलाई प्रतिनायक भनेकी थियौ । यतिबेला तिमीले आत्मसमर्पण गर्ने र श्रीकृष्णको प्रस्तावलाई स्वीकार गर्ने कुरो गरेर के तिमी मलाई प्रतिनायक नै भनाउन चाहन्छ्यौ ? तिम्रो दृष्टिमा म प्रतिनायक नै हुँ त ? (द्रौपदी केही बोल्दिनन्) अब फेरि पनि म तिमीलाई भेट्न आउने छैन ।
कहिल्यै आउने छैन । तिमीसँगको यो भेट अन्तिम नै हुन सक्छ । म अन्तिम पटक तिमीसँग भन्दैछु– मलाई क्षमा गर है, द्रौपदी ।
(करुण सङ्गीत गुञ्जिन्छ । कर्ण आँखाभरि आँसु निकालेर निस्किन्छन् । द्रौपदी गम्भीर मुद्रामा कर्णतिर हेरेर उभिइरहन्छिन् । उनी टाढासम्म कर्णलाई हेरिरहन्छिन् । सङ्गीतको आवाज मधुरो हुँदै जान्छ । बिस्तारै अँध्यारो हुन्छ ।)