• १२ पुस २०८१, शुक्रबार

आरोपित त्रिमूर्ति ! (निबन्ध)

blog

प्रकृति, ईश्वर र मानवको त्रिकोणात्मक सम्बन्ध संसारमा अस्तित्व छ । ब्रह्मा, विष्णु र शिव त्रिदेवबाट संसार परिचालित छ, ओमकार नै त्रिदेव हो । सर्वस्व हो भनी सनातनवादी आध्यामिकहरू त्रिमूर्तिप्रति नतमस्तक भई माथ झुकाउँछन् । मेरो अन्तरहृदयमा बिजुलीका झट्का लागेसरी सयौँ विचार उत्पन्न हुन्छन् । त्रिमूर्ति के हो ? त्रिदेवको अस्तित्व संसारले कुन रूपले स्वीकार गर्दै आइरहेको छ ? यो विचारको तरङ्ग मेरो माथमा ल्याउनुमा विश्वविद्यालयका एक विद्वान् महोदयको गहन भूमिका छ । हामी तीन अररा (असोज, रवि, रामेश्वर) विश्वविद्यालय अध्ययन गर्न जाने व्रmममा हाम्रो एकसाथ आगमनलाई देखेर हामीलाई लक्षित गरी महोदयको मुखरविन्दुबाट अकल्पनीय शब्दको वर्षा भयो– लौ त्रिमूर्तिको आगमन भयो । तत्पश्चात् पाश्चात्य साहित्यजगत्का विद्वान् वायनरको सारगर्भित महावाणीको मेरो दिमागमा विम्ब पनि चम्कियो । “एक थोपा मसीले लाखौँ विचार उत्पन्न हुन्छ ।” दिमागको कसीले भ्याएसम्म मसी खर्चेर त्रिमूर्ति गवेषणा गर्न जमर्को गर्दै छु ।

ऋग्वैदिक कालमा देव शृङ्खलामा अग्नि, वरुण एवं इन्द्र सर्वप्रमुख त्रिदेवका रूपमा लिएका थिए भनी संस्कृतिविद् मेरा गुरुवर हरिराम जोशीज्यू लेख्नु हुन्छ । साथै त्रिदेव स्वरूप ब्राह्मण, कर्माचार्य र जोशी सामाजिक कर्मकाण्ड पूजन परम्परामा अस्तित्व रहेको कुरालई त्रिदेवको स्वरूप स्थापना गर्दछन् । मलाई लाग्छ त्रिआयमिकभित्र मानव जीवन चल्छ । यो एक स्वाभाविक चव्रm हो । बाल, युवा, वृद्धमा भन्नु यस धरतीमा जन्मुन, कर्म गर्नु, मरणलाई आत्मसात गर्नु त्रिआयमका लीला । त्रिकाल संसार त्रि–अभियानका साथ सञ्चालन भइरहेको छ । ऋतु वसन्तको आगमनमा भर्खर गुलाफका बिरुवामा मुना पलाउँदो छ । समयसँगै फूलका कली आउने छ र केही समयसम्म मुस्कुराउँदो हो अन्तमा ओइली जान्छ । मुना पलाउनु मुस्कुराउँदै उज्यालो प्रकाश दिएर फुल्नु, ओइलाउनु त्रिआयामका एक उपमा हुन् । यही त्रिआयमिक चव्रmमा समस्त जीवजगत् चराचर मानवजीवनको पद्धति बेरोक चल्छ । यी मेरा अनुभव र अनुभूति, भोगाइहरू म अस्वाभाभिक मान्दिनँ । सपना, जपना, विपनाभरि अब त्रिमूर्तिको रूपध्यान झलझलाकार प्रकाश भएर आफ्नो सामु, विम्ब र प्रतीक भएर दिमागमा सल्बलाई रहेछ । 

त्रिमूर्ति भवनसामु अघिल्तिर जब म पुग्छु, तब त्रिदेवको याद आउँछ । बरु आपैmँलाई भुुुुल्छु । पूर्वीय संस्कृतिमा मानवलाई देवत्वको एक अंश प्राप्त जीव मान्छन् । त्रिगुण (रज, तम, सत्व) गुण पनि मानवमा स्वभाविक रूपमा पाइने हुँदा ‘त्रि’ कारको परिधिमा जीवन घुमिरहन्छ जस्तो मलाई अनुभव हुन्छ । त्रिमूर्ति बनेको होइन, बनाइयो । म महाशयलाई प्रतिप्रश्न गर्न चाहन्छु । तीन जना एक साथ हिँडेको देखेर या हामीमा त्रिदेवको कुनै अंशको प्रतिछाया 

देखर ? त्रिमूर्तिको आगमन भयो भनियो अथवा आरोपित कर्ता महाशयको मनभित्र अचानक त्रिगुणमध्येको एक गुण मनमा जागृत भएर हामीलाई त्रिमूर्तिको परिकल्पना गरियो । म अन्जान छु । म अज्ञानी छु । 

पाश्चात्य साहित्यकार विलियम सेक्सपियर जो मानव जीवन एक नाटक हो भन्छन् । नाटक नै सही मानिलिउँ हामी यतिखेर यस संसार रूपी मञ्च स्पष्ट भनूँ यस विश्वविद्यालयको डबलीमा त्रिमूर्तिरूपी पात्रको अभिनय गर्न उद्यत छौँ । एक सशक्त अभिनय ज्ञान आर्जन गरी प्राप्त ज्ञानलाई कसरी समाजमा सम्पे्रषण गर्ने ? पिरलोले मटुु कुटु कुटु खाइरहेछ भित्रभित्रै । काँधमा गह्रँगो भारी छ । हर रात, हर दिन समयका कुनै टुव्रmालाई पनि खेर नफाली जतनसाथ सँगालेर अध्ययन गर्नु हाम्रो परम धर्म । अध्ययन पुनः अध्ययन, वैचारिक बहस, ज्ञानको गहिराइमा डुबुल्की मारेर प्राप्त ज्ञानलाई दर्शकसामु धाराप्रवाह संवाद सिञ्चन गर्नु हाम्रो कार्य हो ।

गुरुहरूको कुशल निर्देशन, विश्वविद्यालय परिसर (रङ्गमञ्च) दर्शकदीर्घा (समाज, पाठक, बुद्धीजीवी) को मन जित्न आरोपित पात्रहरूले अथक प्रयास गर्नै पर्छ । अब काल्पनिक त्रिमूर्ति भए पनि स्वयं एक एक मूर्तिमा विलीन हुन्छौँ । मनभित्र नयाँ हलचल छ । निर्देशन रङ्गमञ्च, पात्र प्रवेश, कर्म कर्तव्य, दायित्वको बोझले तन मन थिलथिलो छ । “कर्म गर फलको आशा नगर” द्वापरयुगका युगपुरुषको महावाणी आत्मसात गर्दै अघि बढ्छौँ । कति मोडहरू आए गए । 

कति दोबाटो पार ग¥यौँ । त्रिवेणीमा नुहाउन बाँकी नै छ । असत्य, अज्ञानता, अभद्रताका मयल पखाली सद्मार्ग ज्ञानी र सभ्य मानव बन्नु छ । सत्य, तथ्य, सही विचारको बिजाधान दिमागमा भएपश्चात् ती ज्ञानयुक्त विचारका पुञ्जहरू मानव कल्याणका खातिर मानव समाजमा छर्ने आकाङ्क्षा हृदयभरि पलाएको छ ।

यतिखेर मनभित्र त्रिताप बोकेर हिँडिरहेछु । त्रिमूर्तिको संज्ञा पाउँदा मनमा हल्का खुसीको लेपन भएको त छ । तर परीक्षा, पढाइ, लेखाइ औ जीवन भोगाइका कठिन कठिन परीक्षाहरूबाट कसरी विमुक्ति हुने हो ? सफलता विफलता, तितीक्षाहरूबाट गुज्रिरहेको अवस्थामा छु । पथभरि काँढाहरू छन्, हिँड्न सजिलो छैन । पत्थर बिझाउने प्रस्तर छन् पीडाका पिरामिड छन् । उचाइहरू चढ्नु छ अझ पनि कतिपय । शिखर पुग्ने लक्ष्य लिएका छौँ विडम्बना आधारशिविरसम्म पुग्न सकिरहेका छैनौँ । हामी आरोपित त्रिमूर्तिबिच कहिले बाक्लै भेटघाट त हुन्छ । कहिले भने एक मूर्ति अर्को मूर्तिसँग भेट्न पनि कठिन हुन्छ ।

सामाजिक समस्या, घरायसी समस्या विविध त्रिआयामिक समस्याहरूले ज्ञान हासिल गर्न चिन्तन, मनन गर्न र वैचारिक बहस गर्न संयोग जुरिरहेको छैन । समस्याका धारले लछार्छ, पछार्छ नराम्रोसँग थचार्छ । हामी अति टाढाका पनि हैनौँ ज्यादा नगिचका पनि हैनौँ । यही त्रिपुर (कान्तिपुर, भक्तपुर, ललितपुर) भित्रकै अभिन्न मित्रहरू हौंँ । अकस्मात् एक मूर्ति बेखबर हुन्छ । खोजी गरेँ तर सम्भावनाका धर्साहरू देखिन्न । स्यालको सिङ जसरी नै बेपत्ता भयो । यस्तो अत्याधुनिक साइबर युगमा पनि सञ्चार विच्छेद । 

मलाई अचम्म लाग्छ । मलाई ताजुब लाग्छ ।  समयको अन्तरालमा हराएको मूर्ति पुनः उपस्थित हुन्छ । अर्को मूर्ति सञ्चारविहीन हुन पुग्छ । भेट्नु छुट्नु एक लीला, एक खेल जस्तो लाग्न थाल्छ । सत्य, द्वापर, त्रेतायुगमा महानयुगपुरुषहरूले जीवनकल्याण गर्न एवं जगत् कल्याण गर्नका खातिर अनेकन लीला रच्तथे । विविध रूप धारण गरेर समय समयमा बेपत्ता हुन्थे र रूप रूपान्तर भई पुनः वास्तविक रूपमा आउँथे । तर आजको उत्तर आधुनिक युगमा मान्छे समस्याको भुँवरीमा फसेपछि हराउँदा रहेछन् कहाँ कहाँ ? महान युगपुरुषहरूमा अद्वितीय शक्ति थियो । सर्वसाधारण मान्छेमा त्यस्तो विराट् शक्ति कहाँबाट होस् । पुनः विचारका तरङ्ग उठ्यो मनमा समुद्रमा ज्वारभाटा उठेसरी ।

समस्याले मान्छेलाई जन्माएको हो कि ? मानव आफैँले कठिन मोडमा धकलिन समस्या जन्माएको । मानव, समाज र समस्याबिच त्रिकोणात्मक सम्बन्ध त छैन कतै ? रुमानी लेखक ज्याक रुसोको भनाइ स्मृति पटलमा च्वास्स छाउँछ । “मान्छे जन्मिँदा स्वतन्त्र भएर जन्मिन्छ तर उसले चारैतिर सिव्रmीले बाँधेको पाउँछ ।” वास्तवमा समस्याबिनाको मान्छे हुँदैन । समस्याहरू काँढा हुन । समस्याहरू गुरु हुन् । समस्याहरू भावी सफलताका कडी 

हुन् । हरपल जीवनपथमा आउने समस्याहरूलाई सुद्धि, बुद्धि र युक्तिले सजिलै पन्छाउँदै अघि बढ्न सके शिखर चुम्न सकिन्छ । यतिखेर त्रिमूर्तिको रूपध्यानमा छु अनन्त शक्ति सङ्घर्ष औ सव्रिmयताको संस्मरणमा विचरण गर्दछु । ब्रह्मा, विष्णु, महेश्वरबाट जीवजगत् कल्याणका लागि के कस्ता सङ्घर्ष झेले ? युद्ध गरे नकरात्मक शक्तिसँग प्रतिरोध गरी सद्भाव सदाचार र सद्मार्गको निर्माण गरे । मानव सर्वश्रेष्ठ प्राणी सद्मार्गमा गमन गर्दै अनिवार्य आआफ्नो काम कर्तव्य दायित्व पूरा गर्नु पर्दछ । मानवीय मूल्य मान्यताबाट कोही पनि चुक्नु हँुदैन । हाम्रा पुर्खाहरू कर्तव्यपरायण छन् । 

यही सद्गुणलाई अनुसरण गर्दै लाग्नुपर्ने हाम्रो पनि कर्तव्य हो । पूर्वीय संस्कृति परम्परा अनुसार मान्छे जन्मिँदै तीन ऋण काँधमा बोकेर आएको हुन्छ । देवऋण, पितृऋण र ऋषिऋण । यी ऋणहरूलाई चुकाउन सकिए जीवनमा सार्थकता भेटिन्छ । अग्रजहरूको मतलाई अनुसरण गर्नु हाम्रो राम्रो संस्कार । यद्यपि समाजमा विद्यमान छ । पूर्वीय संस्कृति, परम्परा, सभ्यता हाम्रो दिव्य भण्डार हुन् । जिन्दगीको मध्यान्हमा चारैतिर आँसुको घडा थापेर बाँच्छ मान्छे । यस अवस्थामा ऊ काम, कर्तव्य र दायित्वको बोझले यति थाक्छ कि हाँस्न बिर्सिन्छ । अब आरोपित त्रिमूर्तिमा पनि यस्तो कठिन मोड आएको भान हुन्छ । पाश्चात्य मिथकथामा सिसिफस जसरी उचाइमा पुग्ने प्रयास गरिरहेको हुन्छ । त्रिमूर्तिहरू पनि कठिनाइबिच गन्तव्य खोजिरहेका छन् । 

मूलतः ऋषिऋणलाई चुकाउन अविराम सङ्घर्षका यात्रामा यात्रावत् छन् । लयमा लय तालमा ताल विचारमा बहस निष्कर्षमा पुग्न भागीरथ प्रयासरत हुन्छन् । भाषा साहित्य संस्कृतिभित्र अनन्त गहिराइको ज्ञान हासिल गर्न, प्राप्त ज्ञानलाई समाज कल्याण गर्नका लागि समर्पण गर्न उत्सुक छन् । त्रिकुटः (समस्या, अभाव, पीडाका तीन चुचुरा) छन् । त्रिकाल 

(भाषा, साहित्य, संस्कृति) बुझ्नु छ । त्रिकोण (बाँच, कर्म गर र बचाऊ) सबल सक्षम भई काम गर्दै पढ्दै परिवार पाल्नुपर्ने अवस्था छ । त्रिगणः (धर्म, अर्थ, काम) समाज कल्याणको भावना, परिवार पालन व्यवस्थापन र कर्तव्यको पथमा डटेर लड्नु छ । यसरी विचार मन्थन गर्दा त्रिकार मानव जीवनको अभिन्न अङ्ग त्रिव्या (वृत्तको बिचदेखि परिधिसम्मको रेखा) मा परिणत भएको महसुस हुन्छ । एकान्तमा बर्बराउँछु । त्रिमूर्ति... त्रिमूर्ति... आपैmँसँग आत्मलाप गर्छु । दुनियाँले मलाई अर्कै संसारबाट आएको मान्छे ठान्छ । जे जस्तो भनून् या ठानून् । ज्ञान प्राप्त गर्ने अभिलाषाले मनभरि अगाध आस्था विश्वास राखेर पुनः त्रिमूर्तिकै संस्मरण गर्छु । मनभित्र अहङ्कार, घमण्ड र कुभाव बोकेर कसरी मान्छे मानवताको दर्जामा दरिन सक्छ ? यसर्थ म सामान्य मान्छे, असल मान्छेको औसत उचाइमा पुग्ने प्रयास गर्छु । पूर्वीय परम्परामा त्रिमूर्तिको महिमा वन्दनीय छ । पुर्खाले आदर गर्दै आइरहेको संस्कारलाई अनुज पुस्ताले पनि स्वीकार गर्दै आएका छन् । इतिहास, दर्शन, भाषा, कला, साहित्य संस्कृति मानव जीवनको दर्पण हो । 

दर्पण गर्विलो भए मानवको जीवनगाथा गौरवमय अवश्य हुन्छ । म आँखा बन्द गरेर गम्भीर हुन्छ । पुनः सोचमग्न छु । त्रिमूर्तिकै विषयमा घोत्लिरहन्छु । ब्रह्मा सृिष्टकर्ता, विष्णु पालनहार, शङ्कर संहारकर्ता गजबको त्रिआयामिक मेल छ । कार्यशैली पृथक् छ । के आरोपित मूर्तिहरूमा केही संस्मरणीय गुण छ त ? मनमनै सम्झिएर छामछुम छामछुम गर्छु । एक भाषामा धेरथोर ज्ञान भएको । दोस्रो समाज संस्कृतिप्रति झुकाव राख्ने तेस्रो साहित्य अनुरागी । भाषा संवादको प्रथमद्वार भाषा नभई विचार सम्प्रेषण गर्न नसकिने तसर्थ महìव छ । दोस्रो संस्कृति अध्येता सामाजिक कार्यमा खट्न सक्ने समाजका लागि आवश्यक छ । तेस्रो सरल तरिकाले बाँच्न सकिने उपाय सुल्झाउन सद्भाव पैmलाउन उद्यत यावत् गुण गौण रूपमा रहेको अनुभव गर्दछु । 

त्रिमूर्तिमा सारा जग अडेको विश्वास छ । काल्पनिक त्रिमूर्तिमा केही खास गुण नभए पनि केही खास गुणलाई अपनाउन सक्ने खास गुण थोरै मात्रामा रहेछ कि भन्ने महसुस गर्छु । जानेर या नजानेर उहाँ विद्वान् महोदयले सामान्य मान्छेलाई काल्पनिक त्रिमूर्तिको उपमा दिँदा वा त्रिमूर्ति आरोपित गर्दा मुट्ठीभरको खुसीको बहार छाउँछ । पीडा दुःख पचाएर अब भने वास्तविक त्रिमूर्तिप्रति नतमस्तक हुने छन् । अथक् श्रम खर्चेर, मनभरि उत्साह उमङ्ग साँचेर त्रिमूर्तिप्रति श्रद्धा भाव राख्ने छन् । 

काल्पनिक त्रिमूर्ति नै सही देश समाज मानव कल्याणका लागि आरोपित त्रिमूर्तिबाट एक नयाँ गारेटोको खाका कोर्न उद्योग गर्दै छन् । ज्ञान कर्म र सदीच्छामार्पmत । नव वर्ष नवीनतम् कार्य विचार मानव समाजका लागि सदैव लाभान्वित होस्, सबैको कल्याण होस् ।