• १३ साउन २०८१, आइतबार

आजदेखि एसईई परीक्षा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ९ गते ।  गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा गरी कुल पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सम्मिलित हुँदैछन् । प्राविधिक धारतर्फ १४ हजार ५६४ परीक्षार्थी छन् । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४५४ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षाका लागि देशभरि दुई हजार सात परीक्षा केन्द्र कायम गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) अर्जुनबहादुर रायमाझीले यस वर्ष जापानमा १९ जना परीक्षार्थी परीक्षामा सम्मिलित हुने जानकारी दिनुभयो । जापानमा इमेलबाट प्रश्नपत्र पठाइएको छ ।

अनिवार्य विषयका प्रश्नपत्र हरेक प्रदेशको फरक फरक छ । देशभरि ११ हजार ६१५ विद्यालयका विद्यार्थीले एसईई दिँदैछन् । तीमध्ये २९९ विद्यालय प्राविधिक धारका हुन् । साधारणतर्फ ६१ विषय र प्राविधिकतर्फ ४२ विषयमा परीक्षा सञ्चालन हुँदैछ ।