• ६ जेठ २०८१, आइतबार

परेवामा जासुसी क्यामरा

blog

जासुसी गर्नका लागि परेवाको प्रयोग गरिँदै आएको छ । परापूर्व कालमा मानिसले चिठीपत्र आदानप्रदान गर्न परेवाको खुट्टामा पत्र बाँधिदिन्थे र परेवालाई हुलाकीका रूपमा प्रयोग गर्दथे भन्ने सुनिन्थ्यो । तर अहिलेको एआईको जमानामा समेत मानिसले परेवालाई जासुसका रूपमा प्रयोग गर्न छाडेका छैनन् । 

पहिलो विश्वयुद्धमा परेवाको प्रयोग निकै धेरै भएको थियो । धेरै ठाउँमा शत्रुपक्षको निगरानी वा जासुसीका लागि परेवाको प्रयोग गरिन्थ्यो । यसका आफ्नै फाइदा छन् किनभने यसमा खासै ठुलो प्रविधिको प्रयोग हुँदैन ।

जासुसीका लागि ड्रोनको प्रयोग गर्दा पक्रिने सम्भावना हुन्छ तर परेवा वा अन्य पन्छीलाई जासुस बनाउँदा अर्को पक्षले थाहा पाउने सम्भावना न्यून हुन्छ । यस्तोमा परेवालाई क्यामरा जडान गरिदिएर उसलाई जासुसीका लागि छाडिन्छ ।

अमेरिकी गुप्तचर निकाय (सिआइए) ले धेरै पहिले नै परेवाबाट जासुसी गर्नका लागि एउटा विशेष क्यामरा उपकरणको विकास गरेको थियो । सो क्यामरा परेवामा बाँधेर परेवालाई छाडिन्छ । परेवा एउटा साधारण पन्छी भएको हुनाले त्यो जहाँ सुकै जान सक्दछ, त्यसैले यसलाई लिएर खासै शङ्का पैदा हुँदैन ।