• १३ साउन २०८१, आइतबार

काँग्रेस एक्लै चुनाव लडे पनि गन्तव्यमा पुग्छ : डा. कोइराला

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काँग्रेस नेता डा. शेखर कोइराला । तस्बिरः केशब गुरुङ्ग

काठमाडौं, वैशख ७ गते। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस एक्लै लडे पनि गन्तव्यमा पुग्ने बताउनुभएको छ। 

बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा. कोइरालाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेस एक्लै लडे पनि गन्तव्यमा पुग्ने आत्मविश्वास  व्यक्त गर्नुभएको हो। 

नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। स्थानीय निर्वाचनमा गठबन्धन आवश्यक नभएको उहाँको भनाइ छ। 

‘निर्वाचनमा आज के कारणले र किन हामी गठबन्धन गरेर अगाडि गइरहेका छौं ?’, डा. कोइरालाले प्रश्न गर्दै भन्नुभयो। गठबन्धनका शीर्ष नेताबीच चुनावी तालमेलको सहमति भएकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पार्टीको सिद्धान्त रहेको विषय उल्लेख गर्नुहुदै उहाँले निर्वाचनमा घर–घर गएर काँग्रेसको उम्मेदवार विजयी गराउन आह्वान गर्नुभएको छ।

काँग्रेसको कुरा गर्दा बीपी कोइराला, किसुनजी, गणेशमान सम्झनुपर्ने उहाँको भनाइ छ। काँग्रेसको पृष्ठभूमि अरुभन्दा भिन्नै भएकोसमेत उहाँले सम्झना गर्नुभएको छ।