• १३ साउन २०८१, आइतबार

लडेर र तातो पानीमा डुबेर तनहुँका दुई बालकको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, वैशाख ७ गते। लडेर र तातो पानीमा डुबेर तनहुँका दुई बालकको मृत्यु भएको छ।  व्यास नगरपालिका– ६ स्याउली बजार बस्ने भुपाल परियारकी छोरी तीन वर्षीया आकांक्षा परियार खेल्ने क्रममा आफ्नै घरको दुई तलामाथिबाट लड्दा मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले गम्भीर घाइते आकांक्षाको  उपचारको क्रममा फेवासिटी अस्पताल पोखरामा  मङ्गलबार साँझ मृत्यु भएको उहाँले जानकारी दिनुभयो। 

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।  यस्तै भानु नगरपालिका–१२ रतनपुर बस्ने सन्तोष घर्तीकी छोरी दुई वर्षीया आरोही घर्तीको गाईवस्तुलाई पकाएको खेलेमा डुबेर मृत्यु भएको छ। 

तातो खोलेमा डुबेपछि उपचारार्थ पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा उपचारको क्रममा मङ्गलबार साँझ मृत्यु घर्तीको मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिनुभयो। दुवै घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।