• १२ साउन २०८१, शनिबार

टुँडालदेवीलाई खटमा राखेर मध्यराति लगियो भाटभटेनी

blog

काठमाडौँ,  वैशाख  गते । काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मङ्गलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ ।    

 खट भाटभटेनी मन्दिरमा ल्याएर जुधाई अहिले त्यहीँको द्यो छेँ अर्थात् देउताको घरमा राखिएको छ । यो खटमा टुँडालदेवीलाई तीन दिनपछि मात्र फर्काइने जनाइएको छ । यसअघि मङ्गलबार दिउँसो लावा छरेर जात्रा गरिएको थियो ।

लावासहितको जात्रापछि भाटभटेनी मन्दिरमा यस क्षेत्रका महिलाको समूह निशा पुचः ले दुई घण्टा विशेष पूजा गरेको महानगरपालिका–५ का अध्यक्ष एवं जात्रा सञ्चालन समितिका अध्यक्ष रमेश डङ्गोलले जानकारी दिनुभयो ।    

टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि हाँडीगाउँ क्षेत्रमा जात्रा सुरु हुन्छ । जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिने जात्रा सम्पन्न गरिएको थियो ।