• १७ असार २०८१, सोमबार

वडाबाट प्रयोग गर्दै आएको सवारी साधन फिर्ता

blog

शेरबहादुर सार्की
बाजुरा, वैशाख ६ गते ।
बाजुराको बूढीगङ्गा नगरपालिका–३ का वडा अध्यक्ष खडकबहादुर अधिकारीले वडाबाट प्राप्त गरेर प्रयोग गर्दै आउनुभएको सवारी साधन फिर्ता गर्नुभएको छ ।

बूढीगङ्गा नगरपालिका–३ को वडापालिकाको ३ नं वडाको बैठकमा उहाँले सरकारी सेवा सुविधा नलिने र प्रयोग गर्दै आउनुभएको से१ब १२४६ नं को मोटर साइकल र ल्याप्टप नगरपालिकामा बुझाउनुभएको हो ।

वडाअध्यक्ष अधिकारीले निर्वाचन आचारसंहिता लागू भएको र चुनावी चहलपहल बढेकाले जनप्रतिनिधिमा लाग्ने आरोप प्रत्याआरोपलाई लक्षित गर्दै आफुले सो साधान नगरपालिकामा बुझाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारी सेवा सुविधा र सरकारी साधन प्रयोग गर्दा नकारात्कम असर पर्ने भएकोले आफूहरुले वैशाख ६ गते नै सबै सरकारी साधन नगरपालिकामा फिर्ता गरेको हुँ ।’’

बाजुराको नौ वटा स्थानीय तहमा ६९ वडा छन् । जिल्लाका अन्य ६८ वडाका वडाअध्यक्षहरुले भने अहिले पनि सरकारी सामग्री तथा सवारी साधन प्रयोग गर्दै आइरहेका स्थानीयले बताएका छन् ।
स्थानीय तहको नियम अनुसार जनप्रतिनिधिले पाइरहेको सरकारी सेवा अवधि समापनपछि फिर्ता गर्नुपर्ने हुन्छ ।

अहिले सबैभन्दा पहलिा बूढीगङ्गा नगरपालिका–३ नं वडाको वडा अध्यक्ष खडकबहादुर अधिकारीले नै सबैभन्दा पहिला वडाबाट प्राप्त गरिरहेको सवारी साधान फिर्ता गर्नुभएको बूढीगङ्गा नगरपालिकाको कार्यालयले जनाएको छ ।