• १४ जेठ २०८१, सोमबार

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

blog

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउनुहुँदै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गा नारायण श्रेष्ठ। तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, वैशाख १२ गते। बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ हुने दिन यही वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी काम काजको भाषा शुभारम्भ भएको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले वैशाख २४ गते नै प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको वसन्तपुरमा सार्वजनिक समारोहका बिच सम्बोधन गरेर प्रदेश सरकारी काम काजको भाषा प्रदेशभर शुभारम्भ भएको घोषणा गर्ने कार्यक्रम तयभएको जानकारी दिनुभयो। 

उहाँले मन्त्रिपरिषद् बैठकले वैशाख २४ गतेबाटै प्रदेश सरकार, निकाय, मातहतका कार्यालयका साइनबोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा लेखिने बताउनुभयो।