• १३ साउन २०८१, आइतबार

कर्णाली नदीमा डुबेर दुई बालक बेपत्ता

blog

प्रतिनिधि तस्बिर

शिवराज ढुंगाना 

अछाम, वैशाख ५ गते।  कर्णाली नदीमा पौडी खेल्ने क्रममा अछामका २ बालक डुबेर बेपत्ता भएका छन्। पन्चदेवल विनायक नगरपालिका-८ बारला निवासी ११ वर्षीय विराज जैसी (सञ्ज्याल) र ६ वर्षीय अभिषेक जैसी (सञ्ज्याल) सोमबार दिउँसोबाट बेपत्ता भएका हुन्। 

बारलाको कर्णाली नदीमा दिउँसो करिब ३ बजेतिर पौडी खेलिरहेको अवस्थामामा डुबेर बेपत्ता भएको अछाम प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो।  बेपत्ता रहेका बालकको स्थानीय, प्रहरीले खोजीरहेको बताइएको छ।