• १८ असार २०८१, मङ्गलबार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख ५ गते। पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। 

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले आधा घण्टादेखि बैठक चलिरहेको जानकारी दिनुभयो। 

गठबन्धनको बैठक सोमबार बिहान बसेको बैठकमा आज साँझसम्म गठबन्धनमा स्थानीय तहको चुनावी तालमेल सम्बन्धमा टुंगो लाग्ने जनाइएको छ। 

यसअघि गठबन्धनका शीर्ष नेताबीच बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिकाबारे आजसम्म टुंगो लाग्ने बताइएको छ। 

बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी लगायत गठबन्धन दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ।