• १८ असार २०८१, मङ्गलबार

सत्ता गठबन्धनको बैठक

सत्ता गठबन्धनको बैठक पुनः दिउँसो बस्दै

blog

काठमाडौं, वैशाख ५ गते । पाँच दलीय सत्ता गठबन्धनको बैठक दिउँसो पुनः बस्दैछ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको बैठक निरन्तर बस्दै आएकोमा आइतबार बिहान बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिकाबारे सोमबारसम्ममा टुंगो लाग्ने बताइएको थियो ।

सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यी विविध विषयमा छलफल गर्न गठबन्धनको बैठक आज दिउँसो पुनः बस्ने जानकारी दिनुभएको हो ।

यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले गठबन्धनको चुनावी तालमेलबारे आज साँझसम्म निष्कर्षमा पुग्ने बताउनुभयो ।

त्यस्तै,  प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले लन्च ब्रेकका लागि रोकेको र केही समयपछि पुनः बैठक बस्ने जानकारी दिनुभयो ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर पुनः बैठक बस्ने जानकारी दिनुभयो ।

सोमबार बिहान सवा दश बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको थियो ।

स्थानीय चुनावमा गठबन्धनका तालमेलका सन्दर्भमा आइइतबार काँग्रेसका वरिष्ठ नेता एवम् निर्वाचन तयारी तथा अनुगन समितिका संयोजक रामचन्द्र पौडेलको नेतृत्वमा बैठक बसेको थियो ।

सो बैठकले शीर्ष नेताहरु समक्ष आ–आफ्नो धारणा व्यक्त गर्ने भने बमोजिम सत्ता गठबन्धनको बैठक आज बिहान बसेको हो ।

त्यसो त, चुनावी तालमेलका लागि गठबन्धनले यसअघिनै सात बुँदे मापदण्ड जारी गरिसकेको छ ।