• १८ असार २०८१, मङ्गलबार

सत्ता गठबन्धन बैठक

गठबन्धनबाट साझा उम्मेदवार तय गर्ने विषयमा छलफल जारी

blog

फाइल तस्विर

काठमाडौं, वैशाख ५ गते । सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले सवा दश बजेदेखि सत्ता गठबन्धन दलको बैठक जारी रहेको जानकारी दिनुभयो ।

उहाँले बैठकमा स्थानीय तह निर्वाचन तयारी र गठबन्धनको साझा उम्मेदवार तय गर्ने विषयमा छलफल हुने जानकारी दिनुभयो । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि समय तय गरेको छ ।

जारी बैठकमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बावुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेता सहभागी हुनुहुन्छ ।