• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिम सरकारले भाषासम्बन्धि कानुन बनाउने

blog

भवानी ऐर

गोदावरी (कैलाली), बैशाख ४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भाषासम्बन्धि कानून चाँडै ल्याउने बताउनुभएको छ । भाषा आयोगका अध्यक्ष डा. लबदेव अवस्थी नेतृत्वको टोलिसँगको भेटघाटमा मुख्यमन्त्री भट्टले सो कुरा बताउनुभयो । 

आईतबार मुख्यमन्त्री भट्टसँग भाषा आयोगको टोलीले भेटघाट गर्दै प्रदेशमा सरकारी कामकाजको भाषा कार्यान्वयनमा ल्याउनुपर्ने आग्रह गर्नु भएपछि मुख्यमन्त्री भट्टले प्रदेश ऐन आउँदो अधिवेशनमै पेश गरिने बताउनुभयो ।

भाषा आयोगले हालै प्रकाशनमा ल्याएको आफ्नो पाँचौं बार्षिक प्रतिवेदनबारे सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र मुख्यमन्त्री भट्टलाई जानकारी गराएको बताउनुभयो । आयोगका अध्यक्ष डा. अवस्थीले सुदूरपश्चिम प्रदेशमा बोलिने भाषाबारे र सरकारी कामकाजको भाषासम्बन्धि संवैधानिक प्रावधानअनुसार बहुसंख्यक जनताले बोल्ने भाषालाई प्रदेश कानूनमा समेट्न सुझाएको बताउनुभयो ।