• १४ असार २०८१, शुक्रबार

प्रशिक्षक संघमा राजेन्द्र

blog

काठमाडौँ, वैशाख ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत नेपाल प्रशिक्षक संघको अध्यक्षमा राजेन्द्र तामाङ निर्वाचित हुनुभएको छ । संघको शनिबार चितवनमा सम्पन्न निर्वाचनले राजेन्द्रको अध्यक्षतामा नयाँ समिति निर्विरोध  चयन गरेको हो । 

संघको उपाध्यक्षमा समीर लिम्बू, सुरेन्द्र तामाङ र हेमबहादुर गुरुङ तथा सदस्यहरुमा अर्जुन चौधरी, मन्जित पुन, सनोज श्रेष्ठ, बिमन श्रेष्ठ, रामचन्द्र थापा, विजय श्रेष्ठ, धनेश्वर प्रजापति, सरोज श्रेष्ठ, विनोद महर्जन, अनिल तामाङ र महिला सदस्यमा भगवती रानामगर निर्वाचित हुनुभएको छ । एन्फाको असार ६ गते हुने नयाँ कार्यसमिति निर्वाचनमा प्रशिक्षक संघबाट एकजनालाई मताधिकार  छ । 

यसैगरी एन्फा निर्वाचनका लागि एन्फामा आवद्ध ४८ जिल्लामध्ये ४५ जिल्ला, ‘ए’ डिभिजन क्लबबाट १४, ‘बी’ बाट ११ र ‘सी’ डिभिजन क्लबलाई नौ, खेलाडी संघ, महिला र रेफ्री संघलाई एकम एक मताधिकार प्रदान गरेको छ । एन्फाले राष्ट्रिय लिगका लागि छनोट भएका मोफसलका चार क्लबलाई पनि यसपटक निर्वाचनमा मताधिकार दिएको छ ।