• १३ साउन २०८१, आइतबार

एमालेको गतिलाई कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

blog

बेलिना थापा

लमजुङ, बैशाख २ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिजयपथमा लम्किसकेकाले अव कसैले एमालेको गतिलाई रोक्न नसक्ने बताउनुभएको छ । एमाले लमजुङले शुक्रबार बेँसीसहरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

पार्टीका कमिटी, जनसंगठन झन् बढी सक्रिय भएको उहाँले दावी गर्नुभयो । एमालेले छोटो अवधीमा विधान महाधिवशेन गरी नीति, कार्यक्रम व्यवस्थित गरेको, संगठनात्मक संरचनाको व्यवस्था गरेको बताउनुभयो । नीतिगत रुपमा पार्टी सञ्चालन गर्न, पार्टीलाई अनुशासित र गतिशील बनाउन राष्ट्रिय महाधिवेशन आयोजना गरिएको उहाँले बताउनुभयो । 

एमाले स्थानीय तह निर्वाचनमा केन्द्रीत भएर लागेको, राष्ट्रियता जोगाउने अभियानमा लागेकाले मत परिणाम नआउने बेलासम्म ननिदाउने बताउनुभयो । नेता, कार्यकर्तालाई पनि निर्वाचन सम्पन्न भएपछि मात्र ढुक्कले निदाउन उहाँले निर्देशन दिनुभयो । 

कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय कार्यालय सचिव डा. भिष्मनाथ अधिकारी, केन्द्रीय सदस्य तथा लमजुङ इन्चार्ज मायानाथ अधिकारी, केन्द्रीय सदस्य जमिन्द्रमान घले, टुका हमाल, गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रदेश, जिल्ला, पालिका कमिटीका नेता, कार्यकर्ताको उपस्थिति थियो ।