• १६ भदौ २०८१, आइतबार

बुद्धकृष्णले नवौं पटक जिब्रो छेडे

तस्बिरमा जिब्रो छेड्ने जात्रा

blog

तस्बिरः शेखर चौलागाईं

भक्तपुर, वैशाख २ गते। मध्यपुरथिमि नगरपालिका बोडेमा ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष  बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउनु भएको छ। 

नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष नवौं पटक जिब्रो छेडाउनुभएको हो। आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको उहाँले बताउनुभएको छ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत खान नखाने चलन छ। 

परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि कोरोना सङ्क्रमणका कारण विसं २०७६ मा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ। तस्बिरः शेखर चौलागाईं