• १३ साउन २०८१, आइतबार

पाँच वर्षमा २७ वटा वडा कार्यालय भवन निर्माण

blog

राजन रावत

हुुम्ला, बैशाख २ गते । पाँच वर्षको अबधिमा जिल्लाका सातवटा गाउँपालिकामध्ये छ वटाका २७ वटा वडाहरुको आफ्नै भवन बनेर कार्यालय सञ्चालनमा आएका छन् । नयाँ भवन बनेका वडालाई कार्यालय सञ्चालनमा सहजता आएको छ भने बाँकी वडाहरु अहिले पनि भाडाकै भवनमा काम गर्दैआएका छन् ।

 नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुुबहादुर लामाले छ वटै वडाका नयाँ भवन बनेर सञ्चालनमा आएको बताउनुुभयो । आफुु निर्वाचित भएपछि सबै वडाका आफ्नै भवन बनाउने भनेअनुुसारको कार्य पुुरा भएको उहाँले बताउनुुभयो । वडा १, २, ३ र ६ को भवन बनेर सञ्चालनमा आइसकेको र बाँकी ४ र ५ नम्बर वडाको भवन निर्माण कार्य अन्तिम चरणमा पुुगेको उहाँले बताउनुभयो । जेठ महिनासम्म काम सम्पन्न भएर सञ्चालनमा आउने उहाँको भनाई छ । 

 यता सदरमुुकाम रहेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले आठवटा वडामध्ये २, ६ र ८ को मात्रै आफ्नै भवन निर्माण भएको र बाँकीको हुुन नसकेको बताउनुुभयो । यी वडाको आफ्नै नाममा जग्गा नभएको कारण पनि भवन निर्माणमा समस्या भएको हो । 

यता खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले पाँचवटै वडाका नयाँ भवन निर्माण गरेर सञ्चालनमा आएको बताउनुुभयो । त्यसैगरी मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाका आठवटा वडामध्य वडा नम्बर २ बाहेक अन्य सबैको आफ्नै भवन निर्माण भएर सञ्चालनमा आएका छन् । त्यसैगरी अदानचुली गाउँपालिकाको पनि वडा २, ३ र ४ को भवन निर्माण भएका छन् । 

त्यस्तै, वडा १, ५ र ६ को भने नयाँ भवन निर्माण हुन बाँकी छ । बाजुुरा जिल्लासँग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालकाअनुसार पाँचवटै वडाका आफ्नै भवन निर्माण भएर सञ्चालनमा आएका छन् । यी भवनहरुमध्ये अधिकांश गाउँपालिकाले निर्माण गरेका हुुन भने केही मिलान कोष साझेदारीमा र केही अन्य सहयोगी निकायको सहयोगमा निर्माण गरिएका हुन । गाउँपालिकाले जनाएअनुसार बाँकी १७ वटा वडाका भवन वडाको नाममा जग्गा नभएका कारण भवन निर्माण हुन नसकेका हुन ।