• १२ साउन २०८१, शनिबार

गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच छलफल

निर्वाचनमा सहभागी हुन हामी सकारात्मक छौं : प्रकाण्ड

blog

काठमाडौं, वैशाख २ गते । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा भएको भेटमा नेता प्रकाण्डले स्थानीय तह निर्वाचनमा सहभागी हुन आफूहरू सकारात्मक रहेको बताउनुभएको थियो ।

निर्वाचनमा सहभागिताका लागि नेकपाले विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखिरहेको जानकारी गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले दिनुभयो ।

यही विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले सहमतिको अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन् ।

सरकारले कानुन बमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ गरेपछि वार्ता सरकारात्मक बनेर सहमतिको नजिक पुगेको हो ।

वार्तामा गृहमन्त्री खाणले कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताउनुभको थियो ।