• १३ साउन २०८१, आइतबार

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस

blog

वासिङ्टन, वैशाख २ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन् ।

बुधबार, अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्चस्तरीय अधिकारीलाई कीभ पठाउने बिचार गरिरहेको छ । उक्त उच्चस्तरीय टोलीमा  उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ । ‘होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौं, साकीले सो कुरा बताएको पोलिटिको ह्वाइट हाउस संवाददाता यूजीन डेनियलले उद्धृत गर्दै उल्लेख गरेका छन् ।

थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक्रेन भ्रमण गरिरहेका छन् र रुसी सैन्य कारबाहीको विरुद्धमा युक्रेनको पक्षमा समर्थन व्यक्त गरेका छन् ।