यो विकर्षण नेताको हो कि पार्टीको ?
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सञ्जयकुमार गौतमले संघीय संसदका दुई ठूला दल मिलेर सरकार बन्नु असहज कुरा भए पनि देशमा राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताउनु भएको छ ।
‘संविधानको कमजोरी सच्याउन दुई दलको गठबन्धन’
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले संविधानमा विद्यमान कमजोरी सच्याउन प्रतिनिधिसामा रहेको प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) विच पछिल्लो गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।
पहिलो पटक रिङमा पस्दा निकै डराएँ
कराते खेलको चर्चाको शिखरमा हुनुहुन्छ, एरिका गुरुङ । नेपाललाई १९औँ एसियाली खेलकुद (एसियाड) मा रजत पदक जिताएपछि २० वर्षीया एरिकाको चर्चा देश विदेशमा चुलिएको हो ।
बल्खुमा बाढीको वितण्डा : चार सय नागरिक विस्थापित
बल्खु क्षेत्रमा बस्दै आउनुभएकी गायत्री सापकोटा खोला बढेर आउँदा खाना पकाउँदै हुनुहुन्थ्यो । ६० वर्षीय गायत्री मुटुरोगी समेत हुनुहुन्छ ।
‘उपत्यकाको जमिनले ठुला संरचना थेग्न सक्दैन’
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले भूगर्भविदहरुका अनुसार ठुला संरचना उपत्यकाको जमिनले थेग्न नसक्ने भएकाले सङ्घीय राजधानी दाङमा सार्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्ने व्यवस्था गर्नुपर्छ : खतिवडा
ओखलढुङ्गाका प्रतिनिधि सभा सदस्य एवम् संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्नुपर्ने बताउनुभएको छ।
संविधान छिटो कार्यान्वयन गर्ने देशमा नेपाल पर्छ
यो जनताको प्रतिनिधिले बनाएको संविधान हो, यसमा जनताको भावना र अपनत्व जोडिएको छ । हाम्रो आवश्यकताका आधारमा कार्यान्वयन अलि ढिलो भयो भन्ने गरिन्छ तर संविधान छिटो कार्यान्वयन भएको एउटा देश विश्वमा नेपाल हो भन्ने यसले प्रष्ट पार्छ ।
केन्द्रले प्रदेशमा हस्तक्षेप गर्नु हुँदैन
संविधान राजनीतिक र कानुनी दस्ताबेज हो । यो गर्दै सिक्दै जाने कुरा हो । थोरै गल्ती भयो भन्दैमा आत्तिनु हुँदैन । बच्चा रोयो भनेर फ्याँक्नु हुँदैन ।
संविधानले स्थानीय तहलाई सरकारको अधिकार दिएको छ : भीमप्रसाद ढुंगाना
नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धादिङको निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले नेपालको संविधानले स्थानीय तहलाई सरकारको अधिकार दिएको बताउनुभएको छ।
धवलशमशेर जबरालाई प्रश्न- सांसदको जिम्मेवारी के रहेछ ?
नेपालगञ्ज नगरका पूर्व नगर प्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर जबराले सडक र पूर्वाधार विकासमा नेपालगञ्ज नगर काठमाडौँभन्दा राम्रो रहेको बताउनुभएको छ।
तुइनको त्रास कायमै
केही दिन अघि, ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका– ६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलामा फेरि बन्यो, तुइन । यो वर्खामा पहिरोले झोलुङ्गे पुल भत्काएपछि यस क्षेत्रमा तुइन सञ्चालनमा आयो ।
बिपीले ओमप्रसाद थकालीलाई लेख्नुभएको पत्र
प्रिय साथी ओमप्रसादजी, देशको परिस्थितिका सम्बन्धमा मैले तपाईंलाई विशेष केही लेखिरहनु पर्दैन । नेपालको व्यवस्था अत्यन्त नाजुक छ । क्रान्तिपछि जुन शक्तिको उदय भएको थियो । त्यो शक्तिलाई कसैले अज्ञानताले, कसैले स्वार्थले दबाउने प्रयत्न गरी रहे जसले गर्दा देशले जुन उन्नति गर्नुपर्थ्यो, त्यो गर्न सकेन ।
योगेश भट्टराईलाई प्रश्न : दुई पटक सांसद हुँदा ताप्लेजुङमा के के काम गर्नुभयो ?
ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले आफू सांसद भएपछि भौगोलिक हिसाबले विकट ताप्लेजुङ जिल्लाका ९ वटा स्थानीय तहका ६१ वटै वडामा सडक पुगेको बताउनुभएको छ ।
पुरानो कार्यशैलीले सेवाग्राहीलाई सन्तुष्टि दिन सकिँदैन : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले परिवर्तित प्रणालीलाई आत्मसाथ गर्न नसक्ने कर्मचारीले पद ओगटेर बसिरहनु आवश्यक नभएको बताउनुभएको छ। निजामती सेवा दिवसको अवसरमा गोरखापत्रसँगको विशेष कुराकानीमा उहाँले पुरानो कार्यशैलीले अब काम गरेर सेवाग्राहीलाई सन्तुष्टि दिन नसकिने भन्दै यस्तो बताउनुभएको हो।
‘पानी नपिई व्रत बस्दा स्वास्थ्य समस्या निम्तन्छ’
तिजको दिन विशेषगरी नेपाली हिन्दु नारीले व्रत बस्ने प्रचलन छ । कतिपयले यो दिन पानी पनि नपिई व्रत बस्न गर्दछन् । वरिष्ठ पोषणविद् प्रा.डा.मनसा थापा ठकुराठीले व्रत बस्नु शरीरका लागि स्वास्थ्यकर भएको बताउनुहुन्छ ।
चित्रबहादुर केसीलाई प्रश्न : सांसदको जिम्मेवारी के हो ?
राष्ट्रिय जनमोर्चाका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री एवम् बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नेपालका माननीय विकासका ठेकेदार मात्र बनेको टिप्पणी गर्नुभएको छ।
भैंसेपाटीको नवनिर्मित भवनमा सर्दै मन्त्रीहरु
सङ्घीय सरकारका मन्त्रीहरु ललितपुरको भैंसेपाटीस्थित नवनिर्मित भवनमा सर्न सुरु गर्नुभएको छ । यसअघि उहाँहरु पुल्चोकस्थित हरिहर भवन मन्त्री निवासमा बस्नुहुन्थ्यो ।
संसद्को भूमिका बदल्न कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्छ : जनार्दन शर्मा
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव, पूर्वमन्त्री एवम् रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले संसद्को भूमिका बदल्न कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने विषयमा आफूले बहस गरिरहेको बताउनुभएको छ ।
मङ्कीपक्स रोग लाग्नै नदिने यस्ता छन् उपाय
हाल अफ्रिकी मुलुकमा तीव्र रूपमा फैलिरहेको मङ्कीपक्स सङ्क्रमणबाट पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ । अफ्रिकी मुलुकमा मात्र सीमित यो रोग केही वर्षदेखि विश्वका विभिन्न देशमा देखिँदै आएको छ ।
सांसद बनेको २० महिनामा मतदाताले सम्झने के काम गर्नुभयो ?
गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त राउतले विकसित देशमा भन्दा नेपालमा संसदको जिम्मेवारी फरक रहेको बताउनुभएको हो।
गणेश राईको सिंहदरबार यात्रा
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजी सचिवालयमा गणेश राईलाई नियुक्त गर्नुभएसँगै उहाँ चर्चाको पात्र बन्नुभएको छ ।
सांसदको काम विकास गर्ने कि कानुन बनाउने ?
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सोबिता गौतमले सांसदको काम स्थानीय विकास नभएर कानुन निर्माण गर्ने भनेर मतदातालाई बुझाउन कठिन भएको बताउनु भएको छ ।
‘तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन’
पिंकी गुरुङ जसलाई फरक पहिचान भएका तेस्रो लिङ्गीको गतिविधिसँग स्वयम् डर लाग्दथ्यो ।पुरुषको जैविक शरीरमा जन्मनुभएका पिंकीलाई हुर्कने, बढ्ने क्रममा जब परिवार र साथीभाइबिच छोरा मान्छेले यो गर्नुहुन्छ, त्यो गर्नुहुन्न भनेर बढीजसो प्रतिक्रिया आउन थाल्यो, तब उहाँ सोच्न बाध्य हुनुभयो कि वास्तवमा मेरो पहिचान के हो भनेर ।
तेह्रथुमलाई पर्यटन गन्तव्य बनाउँछौँ : पूर्वमन्त्री गुरुङ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व सहरी विकासमन्त्री तथा प्रतिनिधि सभा सदस्य सीता गुरुङले तेह्रथुमको समृद्धिका लागि सुरु भएका विकास आयोजना सम्पन्न हुनेक्रममा रहेकाले जिल्लावासीले चाँडै अनुभूति गर्न पाउने बताउनुभएको छ ।