• १० माघ २०८१, बिहिबार

विपत्तिले जनता फेरि गरिब हुने भए : सांसद सूर्यमान तामाङ

blog

काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्यमान तामाङ (दोङ)

काठमाडौँ, कात्तिक १० गते । सूर्यमान तामाङ (दोङ) नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य, पूर्व ऊर्जा राज्यमन्त्री एवम् काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। २०२७ वैशाख १ गते बुबा इमान सिं तामाङ र माइली मापा तामाङको कोखबाट काभ्रेपलाञ्चोक जिल्लाको तेमालस्थित खस्पामा  जन्मनुभएको हो। मोटो मसालबाट राजनीतिक सुरु गर्नुभएका तामाङसँग तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म गरेको जनयुद्धमा प्रत्यक्ष सहभागी भएर जनतासँगसँगै काम गरेको अनुभव छ। 

उहाँ २०५१ साल फागुनबाट पूर्णकालीन रुपमा सशस्त्र युद्धमा सक्रिय हुनुभयो। युद्धको सुरुवाती दिमा पार्टीको काभ्रे जिल्ला सदस्यसँगै पूर्वी कमाण्डको कार्यालयको कर्मचारी बनेर काम गर्नुभएका तामाङ २०५३ सालपछि चार वर्षसम्म इलाका इन्चार्ज बन्नुभयो। २०५७ सालमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनपछि काभ्रे जिल्ला इन्चार्ज बन्नुभएका तामाङले त्यसपछि फौजी र संगठनमा २०६० सालसम्म महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभयो। युद्धको समयमा माओवादी सैन्य क्षेत्रीय कमिसार (बटालीयन कमिसार) भएर काम गर्नुभएका तामाङ २०६२/६३ को आन्दोलनमा काभ्रे जिल्लाको इन्चार्जको भूमिकामा हुनुहुन्थ्यो। 

तामाङ माओवादी शान्ति वार्तामा आएपछि केन्द्रीय संगठन र राष्ट्रिय राजनीतिमा केन्द्रित हुनुभएको हो। २०६३ सालमा माओवादीको तर्फबाट अन्तरिम व्यवस्थापिका सदस्य बन्नुभएका तामाङ २०६४ सालमा सम्पन्न पहिलो संविधान सभाको चुनावमा काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित हुनुभयो। संविधान निर्माण र केन्द्रीय राजनीतिमा सक्रिय तामाङ २०६८ सालमा ऊर्जा राज्यमन्त्रीसमेत बन्नुभएको छ। 

प्रस्तुत छ काभ्रे क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्यमान तामाङ (दोङ)सँग गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेलले ‘सांसदलाई सवाल’मा गरेको कुराकानीः 

भिडियोः मनोजरत्न शाही र केशब गुरुङ