नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सचिव, पूर्व मन्त्री एवम् अछाम-१ का प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले युवालाई गाउँमा नदेख्दा मन कटक्क दुख्ने गरेको बताउनु भएको छ।
नेपाली कांग्रेसका नेत्री एवम् प्रतिनिधि सभा सदस्य कुसुमदेवी थापाले नेपालको कान्छो जिल्ला रुकुमपूर्वले सम्भावना बोके पनि आवश्यक बजेट विनियोजन नहुँदा विकास निर्माणमा पछि परेको बताउनुभएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दिनेशकुमार यादवले मधेशका जनताको मन जित्नेगरी काम भइरहेको बताउनुभएको छ ।
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले निर्वाचन आयोगले मतदातालाई सांसदको भूमिकाबारे शिक्षा दिनुपर्ने बताउनुभएको छ।
नेपाल कमयुनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले कानुन मात्र बनाउँछु भन्ने उम्मेदवारले चुनाव नजित्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व अर्थराज्यमन्त्री एवम् ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उदय शमशेर जबरा राणा विकासका लागि स्थिर सरकार आवश्यक रहेको बताउनुहुन्छ।
२०२७ वैशाख १ गते बुवा इमान सिं तामाङ र माइली मापा तामाङको कोखबाट काभ्रेपलाञ्चोक जिल्लाको तेमालस्थित खस्पामा जन्मनुभएको हो। मोटो मसालबाट राजनीतिक सुरु गर्नुभएका तामाङसँग तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म गरेको जनयुद्धमा प्रत्यक्ष सहभागी भएर जनतासँगसँगै काम गरेको अनुभव छ।
घटस्थापनादेखि देवीस्थलमा भक्तजनको भिड सुरू हुन्छ ।
नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धादिङको निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले नेपालको संविधानले स्थानीय तहलाई सरकारको अधिकार दिएको बताउनुभएको छ।
संविधान तथा राष्ट्रिय दिवसको अवसरमा गोरखापत्रको ‘संविधान बहस’मा कुराकानी गर्नुहुँदै संविधान एवम् प्रशासनविद् दाहालले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो, ‘कुनै संविधान पूर्ण हुँदैन त्यसलाई व्याख्या गरेर पूर्णता दिन सकिन्छ।’
नेपालगञ्ज नगरका पूर्व नगर प्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर जबराले सडक र पूर्वाधार विकासमा नेपालगञ्ज नगर काठमाडौँभन्दा राम्रो रहेको बताउनुभएको छ।
ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले आफू सांसद भएपछि भौगोलिक हिसाबले विकट ताप्लेजुङ जिल्लाका ९ वटा स्थानीय तहका ६१ वटै वडामा सडक पुगेको बताउनुभएको छ ।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले परिवर्तित प्रणालीलाई आत्मसाथ गर्न नसक्ने कर्मचारीले पद ओगटेर बसिरहनु आवश्यक नभएको बताउनुभएको छ। निजामती सेवा दिवसको अवसरमा गोरखापत्रसँगको विशेष कुराकानीमा उहाँले पुरानो कार्यशैलीले अब काम गरेर सेवाग्राहीलाई सन्तुष्टि दिन नसकिने भन्दै यस्तो बताउनुभएको हो।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री एवम् बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नेपालका माननीय विकासका ठेकेदार मात्र बनेको टिप्पणी गर्नुभएको छ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव, पूर्वमन्त्री एवम् रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले संसद्को भूमिका बदल्न कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने विषयमा आफूले बहस गरिरहेको बताउनुभएको छ ।