• १० माघ २०८१, बिहिबार

‘मुलुकमा समाजवाद ल्याउने हाम्रो साझा सपना छ’

blog

काठमाडौँ, कात्तिक १७ गते । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सल्यान क्षेत्र नं. १ का सांसद प्रकाश ज्वालाको राजनीतिक जीवन संघर्षशील छ । २०२३ मंसिर १२ गते सल्यानको कुपिण्डे–१, बनगाडमा जन्मनुभएका ज्वाला विद्रोही स्वभावको हुनुहुन्छ । 

ज्वाला नाम राखेकै कारण पटक पटक यातना र जेल जीवन बिताउन बाध्य राजनीतिज्ञ ज्वाला नामले आफूलाई फरक पहिचान दिएको बताउनुहुन्छ । तत्कालीन पञ्चायत विरोधी संघर्ष गरेपछि तीन वर्ष जेल बस्नुभयो । २०७४ मा सल्यान (ख) बाट निर्वाचित ज्वाला कर्णाली प्रदेशको अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभयो । २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा  ३५ हजार ७०० मत ल्याएर निर्वाचित उहाँ यसअघिको प्रचण्ड नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा योजना मन्त्रीको समेत जिम्मेवारी निर्वाह गर्नुभयो ।

लामो समय नेकपा (एमाले) मा रहेर राजनीतिमार्फत जनताको सेवा गर्दै आउनुभएका ज्वाला पछिल्लो समय एमालेबाट विद्रोह गरी नेकपा (एस) मा लाग्नुभयो । प्रस्तुत छः सल्यान क्षेत्र नं. १ का सांसद प्रकाश ज्वालासँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’ का लागि निमित्त सम्पादक लक्की चौधरी, भिडियोमा मनोजरत्न शाही र केशब गुरुङद्वारा लिइएको भिडियो अन्तरवार्ता-

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।