पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर
धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन ।
पालुङटारको चुक्ति खोलामा मोटरेबल पुल निर्माण
गोरखाको पालुङटार नगरपालिका–९ सेराफाँटको चुक्ती खोलामा चार महिनामा ६० प्रतिशत मोटरेबल पुल निर्माण समपन्न भएको छ ।
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको छ । श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भयो ।
फेरियो माल पोखरीको मुहार
कुनै समय मालपोत र नापी कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही र बटुवाको शौच गर्ने ठाउँको रुपमा रहेको सदरमुकाम मलङ्गवास्थित माल पोखरीको मुहार फेरिएको छ ।
कैलालीमा सात प्रतिशतले घट्यो धान उत्पादन
पट्के खडेरी, मल अभाव, सिँचाइमा विद्युत आपूर्ति नहुनु लगायतको कारणले गतवर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
लमजुङमा थपिए साढे चार हजार मतदाता
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा ४ हजार ५ सयभन्दा बढी नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।
हराएकी महिला १० दिनपछि मृत फेला
गुल्मीको धुर्कोट गाउँपालिका–६ लाहाता बस्ने ४० वर्षीया सीता थापा १० दिनपछि मृत अवस्थामा फेला परेकी छन्।
त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल खेल्दै नेपाली महिला टोली
इन्डोनेसियामा हुने फिफा टायर पहिलो त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागीता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोली आइतबार इन्डोनेसिया प्रस्थान गरेको छ ।
मुक्तिनाथको १०८ धारामा प्लाष्टिक र रेनकोट ओढेर स्नान गर्न नपाइने
हिन्दू तथा बौद्धमार्गीको महत्त्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरमा रहेको १०८ धारामा छाता, प्लाष्टिक र रेनकोट ओढ्न र दुई कुण्डमा सुइमिङ ड्रेस लगाएर नुहाउन रोक लगाइएको छ।
५० किलोमिटरमा बिछ्याइयो खानेपानी पाइप
विराटनगरको खानेपानी गुणस्तर सुधार आयोजनाअन्तर्गत महानगरपालिकाका क्षेत्रमा ५८ किलोमिटर दूरीमा पाइप विछ्याउने काम चलिरहेको छ ।
रास्कोट नगरपालिकामा २१ करोड बेरुजु
कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा एक वर्षमा थप दुई करोड छ लाख बेरुजु थपिँदा यहाँको बेरुजु २१ करोड ४५ लाख १६ हजार ६५७ रुपियाँ पुगेको छ ।
पाँच महिनादेखि केरुङ नाका बन्द : चीनबाट सामान आयातमा समस्या
गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा छ ।
अजिरकोटमा स्याउ खेती, किसान उत्साहित
गोरखाको अजिरकोट गाउँपालिका–२ मुलखर्कमा हरियालीले ढकमक्क ढाकिएको स्याउको सुबासले झनै जीवन्त बनेको छ ।
मुटुरोग परीक्षणमा ३५० जनाले लिए सेवा
कावासोतीमा सञ्चालन गरिएको दुई दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा तीनसय ५० जनाले सेवा लिएका छन् । रोटरी क्लब अफ नवलपुर, कावासोतीको आयोजना तथा मध्यविन्दु प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा मुटु रोग परीक्षण गरिएको हो ।
सञ्चारमन्त्री खरेल गृह जिल्लामा
नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल आइतबार आफ्नो गृह जिल्ला दोलखा पुग्नुभएको छ। दोलखा पुग्नुभएका मन्त्री खरेल विभिन्न कार्यक्रमहरुमा सहाभागी हुनुहुने बताइएको छ ।
गोरखापत्र संस्थानद्वारा विद्यालयलाई पुस्तक, पत्रपत्रिका सहयोग
गोरखापत्र संस्थानले दोलखाको दुर्गा माध्यमिक विद्यालयलाई पुस्तक, पत्रपत्रिका तथा शैक्षिक सामग्री उपलब्ध गराएको छ । दोलखाको शैलुङ–४, मागादेउरालीमा अवस्थित विद्यालयलाई सो सामग्री हस्तान्तरण गरिएको हो ।
विराटनगरमा टेन्टकै इजलासबाट दश वटा मुद्दा फर्छ्याेट
गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा विराटनगर महानगरपालिकाको भवन आगजनी भयो । प्रशासनिक भवन आगजनी हुँदा एक अर्ब बराबरको क्षति पुग्यो।
निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम जारी छ ।
म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो
थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गति लिएको छ । अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ ।
विपन्नलाई बाख्रा उपहार
पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा ५ को दलित समुदायमा बाख्रा वितरण गरिएको छ । विपन्न परिवारको आर्थिक स्तर वृद्धि गर्न ४५ वटा बाख्रा र एउटा खरी जातको बोका वितरण गरिएको हो ।
‘उच्च हिमाली क्षेत्रलाई भेडा हब बनाउँछौँ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको उच्च हिमाली क्षेत्रलाई भेडा हबको रुपमा विकास गरिने बताउनुभएको छ ।
क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु
पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनःनिर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
समालोचना सङ्ग्रह विमोचन
डा. ज्योति तुलाधरको ‘आधुनिक काव्य व विद्रोहया सः–छगू विश्लेषण’ समालोचना सङ्ग्रह पाटन सङ्ग्रहालयमा विमोचन गरिएको छ ।
जेनजी आन्दोलनका सहिदः सरकारले जागिर लगाइदिने आशामा सहिदकी पत्नी मञ्जु
जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद हुनुभएको इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्नुहुन्थ्यो । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उहाँलाई खासै जानकारी थिएन् ।