फुङ्लिङ, पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश
ताप्लेजुङमा सञ्चालन भइरहेको कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।
सार्वजनिक सम्पत्ति रक्षा पहिलो सर्त
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सार्वजनिक सम्पत्तिको रक्षामा सबै पक्ष चनाखो हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ । उहाँले निजी क्षेत्र वा सरकार जोकोहीले सिर्जना गरेको सम्पत्तिको रक्षा पहिलो सर्त रहेको बताउनुभयो ।
भरुवा बन्दुक पड्काउने शाही पुनः पक्राउ
पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही (ठकुरी भेना) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
गुल्मीको छत्रकोटले बाँझो जग्गा उपयोग गर्दै
गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्रका बाँझो उपयोग गर्ने नीति अगाडि सारेको छ । गाउँपालिकाले कृषियोग्य बाँझो जग्गामा सामुहिक र व्यवसायिक कृषि खेती अगाडि बढाउन थालेको हो ।
पुनर्निर्माण कोषमा डेढ करोड थपियो
नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड ५० लाख रुपियाँ प्रदान गरेको छ । उक्त रकमसहित कोषमा आइतबारसम्म ११ करोड ८२ लाख रुपियाँ जम्मा भएको छ ।
बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव
कोशी, मधेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
छ उद्योगले तिरे थप किस्ता
डेडिकेटेड र ट्रङ्क लाइन महसुलको बक्यौताबापत छ उद्योगले थप किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार दोस्रो किस्ता भुक्तान गर्नेमा अशोक स्टिल्सले ६३ लाख, हुलास स्टिल्सले ५० लाख ४३ हजार, हामा आइरनले २० लाख ८९ हजार रुपियाँ भुक्तान गरेका छन् ।
जेनजी आन्दोलनमा सुरक्षा त्रुटि , डिएसपी कुँवरलाई कारबाही सिफारिस
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा आफ्नो हतियार र सुरक्षा प्रदान गर्ने कार्यालय जोगाउन नसकेको आरोपमा सशस्त्र प्रहरी बल मुख्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम कुँवरलाई विभागीय कारबाहीको सिफारिस गरेको छ ।
आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने तथा वडा नं. ७ का तत्कालीन वडाध्यक्ष दलबहादुर विश्वकर्मासमेत आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
निर्वाचन तयारीबारे जानकारी
राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा अध्यक्ष नारायणप्रसाद दाहाल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबिच भेटवार्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । विभिन्न पक्षबाट निर्वाचनको विषयमा संशय भइरहँदा आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता कार्यक्रम सम्पन्न गरेलगत्तै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी तोकिएकै मितिमा निर्वाचन हुने स्पष्ट सन्देश दिएको हो ।
नेपाल विचरणमा प्रेमिल चरा
भूगोलसँगै सुन्दर प्रकृतिमा रमाउन विदेशी मानिस मात्र होइन, सुन्दर चरा पनि बर्सेनि नेपाल आउने गर्छन् । हिउँदमा हिमालदेखि तराईसम्मको फरक भूगोल र मौसमको रसास्वादन गर्न कैयौँ हजार किलोमिटरको दुरी तय गर्दै चरा नेपाल आएर विचरण गरिरहेका छन् ।
मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम
नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको नियमित काम सुरु गरेको छ । मर्मतसम्भार गरी पुरानै भवनबाट पार्टीको काम सुरु गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ भने ५०८ जना अझै बेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।
‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधान अनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ ।
कांग्रेस महाधिवेशनमा नयाँपुस्तालाई समेटेर क्रियाशील सदस्यता वितरण गर्ने निर्णय
नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि क्रियाशील सदस्य तथा नयाँ क्रियाशील सदस्य मङ्सिर २० गतेभित्र वितरण गर्ने निर्णय भएको छ ।
राष्ट्रिय लिग फुटबल पुसमा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल पुस २५ गतेबाट सुरु गर्ने भएको छ ।
मेयरकप फुटबल : बेनी, प्रहरी र पैयुँ विजयी
बागलुङमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा सोमबार गण्डकी प्रदेश प्रहरी, बेनी नगरपालिका र पैयुँ गाउँपालिका विजयी भएका छन् ।
टीकापुरमा शीतभण्डार सञ्चालनमा ढिलाइ
प्राविधिक लगत तयार गर्दा आवश्यक काम छुटेपछि टीकापुरमा बनेको शीत भण्डार सञ्चालनमा आउन ढिलाइ भएको छ । हिउँदबाट प्रयोगमा ल्याउने भनिए पनि काम ढिला भएपछि असार मसान्तसम्म सर्ने बताइएको छ ।
राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब
जापानकी अत्यन्त प्रिय राजकुमारी आइकोलाई प्रायः पप-स्टार झैँ स्वागत गरिन्छ ।
साहित्यिक अक्षयकोष स्थापना गर्न एक रुपियाँ अभियान
मोरङको बेलबारीस्थित ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले एक करोड रुपियाँको साहित्य कला अक्षयकोष निर्माण गर्न एक रुपियाँ अभियान सुरु गरेको छ ।
पुटिन-अमेरिकी राजदूत भेटको तयारी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग मङ्गलबार दिउँसो क्रेमलिनमा भेटवार्ता गर्नुहुने भएको छ ।