तोडफोड गर्नेविरुद्ध जाहेरी
जिल्ला सरकारी वकिल कार्यालय महेन्द्रनगर, कञ्चनपुरले जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोड गर्नेबारेमा छानबिनको मागसहित प्रहरीमा जाहेरी दिएको छ ।
फोरजी सेवा विस्तार
हुम्लाको सर्केगाड गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको छ । जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाले फोरजी सेवा सञ्चालनमा ल्याएपछि खार्पुनाथ गाउँपालिकालाई समेत सहज भएको हो ।
साताव्यापी विवाहपञ्मी महोत्सव : आज चौथो दिन तिलकोत्सव
त्रेता युगमा मर्यादा पुरुषोतम भगवान राम र जगत जननी माता सिताबिच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने साताव्यापी राम जानकी विवाहपञ्मी महोत्सवको आज चौथो दिन आइतबार भगवान रामको तिलकोत्सव कार्यक्रम हुने छ ।
दुई सय वर्ष पुरानो पौवा दरबार जीर्ण
दैलेखको दुल्लु नगरपालिका–८, पादुकास्थित रहेको पौवा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । झन्डै दुई सय वर्ष पुरानो (पौवा दरबार) दुल्लु सांस्कृतिक सङ्ग्रहालय लामो समयसम्म मर्मतसम्भार नभएपछि जीर्ण बन्दै गएको हो ।
‘साहित्यमा एआईको प्रयोग’ परिचर्चा
साहित्य सन्ध्याको ४७० औँ नियमित मासिक विशेष शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा परिचर्चा तथा विशेष कवि गोष्ठी आयोजना गरिएको छ ।
अहिलेको मौसम उपयुक्त रहेकाले कामलाई तीव्रता दिन मन्त्री घिसिङको आग्रह
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।
शिलान्यासको छ वर्षसम्म बनेन सडक
चार करोड रुपियाँ पेस्की लिएर ठेकेदार फरार भएपछि विराटनगर महानगरपालिकाको चार वटा वडालाई जोड्ने सडक छ वर्षदेखि अलपत्र छ । विराटनगर महानगरपालिका अन्तर्गत कोशी राजमार्ग पश्चिमको विकल्पका रूपमा विराटनगर–५, ६, ११ र १२ नम्बर वडालाई जोड्ने सडक शिलान्यास भएको छ वर्ष र निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिएको तीन वर्ष बितिसक्दा समेत बन्न सकेको छैन ।
तीन पालिकामा खटाइयो चिकित्सक
कर्णाली प्रदेश सरकारले हुम्लाका तीन गाउँपालिकामा स्वास्थ्य सेवा प्रदानका लागि चिकित्सकको व्यवस्था गरेको छ । ग्रामीणस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारको सामाजिक विकास कार्यालयले चिकित्सकको व्यवस्था गरेको हो ।
न्वागी पर्वमा सार्वजनिक बिदा
न्वागी पर्वको अवसरमा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले आइतबार न्वागी पर्वको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
अतिक्रमित संरचना हटाउन आग्रह
बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडकसीमा केन्द्र रेखादेखि २५/२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिइएको छ ।
तनहुँमा सुन्तला बगैँचा सुदृढीकरण अभियान तीव्र
तनहुँका पहाडी बस्तीमा यतिबेला सुन्तलाको रङले डाँडा–काँडा झन् सुनौलो देखिन थालेको छ । किसानको मेहनत, अनुकूल मौसम र बजारको बढ्दो मागसँगै जिल्लामा सुन्तला बगैँचा सुदृढीकरण अभियान तीव्र बन्दै गएको छ ।
अन्यायमै द्वन्द्वकालमा बलात्कृत : घर र समाजकै डर
१० बर्से सशस्त्र द्वन्द्वका बेला सामूहिक बलात्कारको सिकार भएकी रुकुमपश्चिमकी ४२ वर्षीय सम्झना (नाम परिवर्तित) लाई आफ्नो शारीरिक र मानसिक अवस्थाले जिउँदो बनेको जस्तो लाग्छ । सामूहिक बलात्कार अनि यौनाङ्गमा बन्दुकको नाल घुसारेर दिइएको यातनाले सम्झनालाई अहिले पनि बेहोसी अवस्थामा पुर्याउँछ ।
एनपीएलःसोमबार दुई खेल हुने
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो ।
गलेश्वरधामको जग्गा अतिक्रमण
हिमाली जिल्ला म्याग्दीको सदरमुकामनजिकै बेनी नगरपालिकामा अवस्थित गलेश्वरमा नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामाथि स्वयम् उत्पन्न ज्योतिर्लिङ्ग रहेको छ । गलेश्वर शिवालय क्षेत्र ऐतिहासिक धार्मिक तथा पर्यटकीय तबरले पनि सबैको मन लोभ्याउने गरेको छ ।
सिडिओ कार्यालय अगाडिको अव्यवस्थित पार्किङ हटाइयो
सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडिको सडकमा रहेको अव्यवस्थित पार्किङ हटाइएको छ । मलङ्गवा नगरपालिका १० नं. वडा कार्यालयले सिडिओ कार्यालय अगाडिको सडकमा अवस्थित मोटरसाइकल पार्किङ हटाएको हो ।
पाँच दशकको भेडीगोठ यात्रा
धवलागिरि गाउँपालिका अन्तर्गत गुर्जाका ६७ वर्षीय गोरे छन्त्यालका पाँच दशकभन्दा बढी उमेर भेडीगोठमा बित्यो । १० वर्षकै उमेरदेखि नै भेडाबाख्रासँग हिँड्न थाल्नुभएको उहाँ अहिले पनि फुर्तिलो र सक्रिय हुनुहुन्छ ।
म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै
म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ ।
तोकिएको भाडा लिने सहमति
लमजुङका यातायात व्यवसायीले तोकिएको भाडादर कायम गर्न प्रतिबद्धता जनाएका छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेर तोकिएको भाडादर मात्र लिन प्रतिबद्धता जनाएका हुन् ।
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा रु एक अर्ब १५ करोड ७८ लाख ५१ हजार बढी राजस्व सङ्कलन गरेको हो ।
राम–सीता विवाह उत्सवको तयारी गर्दै रामपुर
धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्न रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा राम–सीता विवाह उत्सवको तयारी गरेको छ ।
तरकारीखेतीले फेरिँदै जीवनशैली
बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन् । खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ । गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन् । उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन् ।
अमाह सिमसार पर्यटकीय गन्तव्य
बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौँ पर्यटकको गन्तव्य बनेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
रामजानकी विवाह महोत्सवको ‘मटकोर’को तयारी
मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ ।