रामजानकी विवाह महोत्सवको ‘मटकोर’को तयारी
मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ ।
सावधानी अपनाउन प्राधिकरणको आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईवटा घटना घटेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा आठ हजार ३६६ मतदाता थपिए
जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा आठ हजार ३६६ मतदाता थपिएका हुन् ।
गन्धर्व समुदायको परम्परागत सिप संरक्षणमा चुनौती
गन्धर्व समुदायको परम्परागत सिप संरक्षणसँगै नयाँ पुस्तालाई सारङ्गी बजाउन सिकाएर आयआर्जनसँग जोड्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय दाङले प्रशिक्षकका लागि सार्वजनिक सूचना निकाल्यो ।
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य
अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो ।
बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द : चार जिल्लाका गर्भवती समस्यामा
प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ ।
बन्दीपुर भ्रमण वर्ष : आठ लाख पर्यटक भित्र्याउने लक्ष्य
तनहुँको ऐतिहासिक तथा सांस्कृतिक पहाडी बस्ती बन्दीपुरले भ्रमण वर्षलाई लक्षित गर्दै आठ लाख पर्यटकलाई आकर्षित गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।
निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द
बाँकेका प्रमुख निजी अस्पतालहरूबाट आमा सुरक्षा कार्यक्रम हटाइएपछि अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप बढ्दै गएको छ । नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगन्जमा हालै मात्र सञ्चालनमा आएको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको हो ।
थपिएका मतदाता अधिकांश युवा
जिल्ला निर्वाचन कार्यालय बर्दियामा नयाँ मतदाता थपिने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म दुई हजार ४०८ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हाल जिल्लामा थपिएका मतदाता अधिकांश युवापुस्ताका रहेका छन् । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रबाट सिधै मतदाता नामावलीमा दर्ता गर्न सकिने व्यवस्था गरेपछि आवेदन दिनेको सङ्ख्या बढेर पाँच हजार ३४६ पुगेको छ ।
अलपत्र चिदिचौर खेलमैदानको निर्माण कार्य तीव्र
गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित चिदिचौर खेलमैदान केहि समय अलपत्रजस्तै बन्यो । चिदिचौर खेलमैदानलाई व्यवस्थित र आकर्षक बनाउनका लागि काम सरुभएको केहि समयपछि काम रोकिँदा अलपत्र बनेको थियो ।
न्याय र परिपूरणमा ढिलाइ
न्याय दिन ढिलो गर्नु न्याय नदिनु हो भनिन्छ । तत्कालीन विद्रोही नेकपा (माओवादी) को विद्रोहबाट पीडित पक्षले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । माओवादीको सशस्त्र विद्रोह २०५२ साल फागुन १ गतेबाट सुरु भई २०६३ साल मङ्सिर ५ गते शान्ति सम्झौतासँगै अन्त्य भएको थियो । १० बर्से विद्रोहलाई राजनीतिक अवतरण गराएको यो विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पूरा भएको
बागलुङको बडिगाडमा आगलागी : एक जना घाइते
बागलुङको बडिगाड गाउँपालिका–५, दाँगमा आइतबार बिहान भएको आगलागीमा एकजना घाइते भएका छन् भने करिब ६ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको छ ।
निर्वाचन सफल पार्न गोलमेच
विसं २०३१ देखिको राजनीतिक आन्दोलनलाई नियालेर हेर्दा २०८२ को आन्दोलन एक प्रकारको विद्रोह जस्तो देखिन्छ । हुन त विद्रोह एक्लैले पनि गर्न सकिन्छ । विद्रोही एक्लै पनि हुन्छन् । सङ्गठित विद्रोह पनि हुन्छ ।
सप्तरीमा क्रिकेट खेलेर फर्केका भाईको मृत्यु, दाजु बेहोस
सप्तरीको शम्भुनाथ नगरपालिकामा क्रिकेट खेलेर घर फर्किएका दाजु–भाई मध्ये भाईको बेहोस भएर मृत्यु भएको भएको छ भने दाजु बेहोस भएर अस्पताल भर्ना भएका छन् ।
पहिचान जोगाउने मौलिक मार्ग
जब बिहानीको सूर्य हिमालको टाकुरामा ठोकिन्छ र पहिलो किरणले हाम्रो माटोलाई स्पर्श गर्छ, तब हामी नेपालीले एउटा शाश्वत प्रश्नको सामना गर्नु पर्छ– हाम्रो यात्राको दिशा कुन हो ? के हामीले आफ्नो मौलिक पहिचान बिर्सेर अरूको पदचाप पछ्याइरहनु पर्छ ?
ए .आइ. एक्सरे प्रविधिद्वारा समुदायस्तरमा क्षयरोग जाँच
पश्चिम नवलपरासीमा आर्टिफिसियल इन्टेलिजेन्स एक्सरे प्रविधिद्वारा समुदायस्तरमा क्षयरोगको खोजपडताल तीव्र पारिएको छ ।
विकास माग्न लिमीवासी आइपुगे सदरमुकाम सिमकोटमा डेलिगेशन
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको तीन बस्तीका स्थानीय विकास माग्न सदरमुकाम सिमकोटमा आइपुगेका छन् । पाँच हजार मिटर अग्लो न्यालु लेकमा जमेको हिउँ र बरफ फुटाएर उनीहरु लिमीबाट सदरमुकाम सिमकोटमा आइपुगेका हुन् ।
ताजा जनादेश उपयुक्त मौका
आउँदो फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदै छ । मङ्सिर महिना लागेसँगै चुनावी माहोल पनि सुरु भएको छ । चुनावलाई लोकतन्त्रको आत्मा मानिन्छ । कतिपय विद्वान्ले चुनावलाई लोकतन्त्रको ‘अक्सिजन’ पनि भनेका छन् ।
खाल्टै खाल्टा भएको विद्युतचोक सडक कालोपत्रे
तम्घास सडकमा खाल्टै खाल्टै भएका कारण ज्यानै जोखिममा राखी सवारी चलाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
अधिक तरलता समस्या
लगानीको सेचुरेसन तथा सन्तृप्ति भन्नाले बैङ्क तथा वित्तीय संस्थाहरूका आफ्नो लगानी गर्ने क्षमता र स्रोतको सीमा सकिएको भन्ने बुझाउँछ । बैङ्क तथा वित्तीय संस्थामा आउने यस्तो अवस्था, जहाँ लगानी गर्न नियामकले तोकिदिएको सीमा पूरा हुनु, पुँजी वा तरलता अभाव हुनु, नयाँ लगानी गर्न बजारमा उपयुक्त वातावरण अनुकूल नभइरहनु, जोखिम उठाउने क्षमता सीमित रहनु तथा नहुनु जस्ता परिस्थितिलाई लगानीको सन्तृप्ति भनिन्छ ।
“विशिष्ट साधक सम्मान २०८२" सम्पन्न
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले कला क्षेत्रमा विशिष्ट योगदान दिनुहुने तीन अग्रज-श्रष्टाहरुलाई "विशिष्ट साधक सम्मान २०८२" ले सम्मान गरेको छ । ललितकलाका विविध क्षेत्रमा लामो समयदेखि समर्पित रही नेपाली कला र गीत-संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने ने
सवारी दुर्घटनामा परी समाजसेवी न्यौपानेको मृत्यु
समाजसेवी राममणी न्यौपाने सवारी दुर्घटनामा परी निधन हुनुभएको छ । उहाँ सवार बा१८च८९७३नं.को बलेरो कालिका नगर पालिका वडा नम्बर ११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा शनिबार राति १०ः३० बजे दुर्घटना भएको हो ।
वज्रगुरु दुङ्डुप पूजा सम्पन्न
हिमाली लामा समुदायको वज्रगुरु दुङ्डुप पूजा आयोजना गरिएको छ । प्राणी जाति र समाजमा शान्ति कायम गर्नका लागि उक्त पूजा गर्ने गरिने सिमकोट गाउँपालिका–३ का छिरिङ लामाले बताउनुभयो ।