अस्थायी–करार कर्मचारीलाई सासु कोषमा आबद्ध गराइने
प्युठानको झिमरुक गाउँपालिकाले अस्थायी तथा करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा आबद्ध गराउने निर्णय गरेको छ ।
भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचारलाई नियन्त्रण मात्र नभई पूर्ण रूपमा उन्मूलन गर्नुपर्ने बताउनुभएको छ ।
कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता
कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ती भरुवा बन्दुक संकलन गरिएको हो ।
गोरखापत्रकर्मी ऐडीसहित पत्रकार सम्मानित
पत्रकारिताको माध्यमबाट समाजमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको मूल्याङ्कन गर्दै गोरखापत्रकर्मी हरिकृष्ण ऐडीसहित पाँच जना पत्रकार सम्मानित हुनुभएको छ । पत्रकारलाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले एक समारोहबिच सम्मानित गर्नुभएको हो ।
सुशासन सबैको साझा दायित्व : प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सुशासन कायम गराउनु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
क्रिकेटर बिन्दु, सिता र मनिषालाई सम्मान
महिला टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक रन बनाउँदै उत्कृष्ट प्रदर्शन गर्नुभएकी बिन्दु रावललाई अमरावती बुटिक होटल प्रालिले ५० हजार रुपियाँसहित सम्मान गरेको छ ।
मुलुकलाई राजनीतिक निकास दिन संविधान पुन:लेखन आवश्यक : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई राजनीतिक निकास दिन संविधान संशोधन वा पुन:लेखन आवश्यक रहेको बताउनुभएको छ।
सुदूरपश्चिममा ३० हजार ७८६ जनालाई एचपिभी खोप लगाइने
सुदूरपश्चिम प्रदेशमा पाठेघर मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सुरु भएको छ । प्रदेशभरी ३० हजार ७८६ जना बालिकालाई उक्त खोप लगाइने भएको छ ।
‘एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबिच सहकार्य
‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालय,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
मधेसमा शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित छन् : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार उपेन्द्र यादवले वर्तमान राज्य व्यवस्था नागरिकलाई मौलिक आधारभूत सेवा प्रदान गर्न असफल भएको बताउनुभएको छ ।
समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्र्याक गर्न र नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन गरेको छ ।
‘ग्रे लिस्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि
नेपाल राष्ट्र बैँकका गभर्नर प्राडा. विश्वनाथ पौडेलले नेपाल अन्तर्राष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा निर्वाचनः एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३० जवाफ
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
बाँकेमा सात महिनामा ६५३ दुर्घटना
पछिल्लो समयमा आएर पश्चिम नेपालको केन्द्रविन्दु मानिने बाँके जिल्लामा सडक दुर्घटना बढ्दै गएको पाइएको छ ।
निर्वाचनमा गण्डकी प्रदेशः जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरू बस्तीबस्तीमा मतदाता रिझाउन पुगिसकेका छन् । हिमाल पहाड र तराईमा समेटिएको गण्डकी प्रदेश देशको मध्यभागमा भएको प्रदेश पनि हो । गण्डकीमा हुने गरेको गतिविधिले समग्र देशलाई प्रतिनिधित्व गर्छ ।
दर्ता नभएका जनशक्तिलाई नर्सिङ सेवामा नलगाउन आग्रह
नेपाल नर्सिङ परिषद्ले दर्ता नभएका नर्स तथा अनमीलाई नर्सिङ सेवामा सङ्गलन गराए कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ।
धनुषामा तेस्रो लिङ्गीको शव फेला
धनुषामा पहिचान खुल्न नसकेको एक जना तेस्रो लिङ्गीको शव फेला परेको छ ।
एघार मतदान केन्द्र : सयभन्दा कम मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङका एघार मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता सङ्ख्या रहेको छ ।
द्रुतमार्गमा काम गर्ने मजदुरको मृत्यु
मकवानपुरको भीमफेदी–८, महादेवटार छोक्रेडाँडामा निर्माणधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) मा खाडल खन्ने क्रममा एकजना मजदुरको मृत्यु भएको छ ।
खजुरा गाउँपालिकाद्वारा २८ वटा ऐन कानुन निर्माण
बाँकेको खजुरा गाउँपालिकाले हालसम्म २८ वटा कानुन निर्माण गरिसकेको जनाएको छ ।
भूमि–राजश्व प्रशासनमा विकृति बढ्दै : आयोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दो विकृति प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ ।
भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै हो : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण पहिलो शर्त भएको बताउनुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अङ्गको रहेको स्पष्ट पार्नुभयो।