ताजा जनादेश उपयुक्त मौका
आउँदो फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदै छ । मङ्सिर महिना लागेसँगै चुनावी माहोल पनि सुरु भएको छ । चुनावलाई लोकतन्त्रको आत्मा मानिन्छ । कतिपय विद्वान्ले चुनावलाई लोकतन्त्रको ‘अक्सिजन’ पनि भनेका छन् ।
खाल्टै खाल्टा भएको विद्युतचोक सडक कालोपत्रे
तम्घास सडकमा खाल्टै खाल्टै भएका कारण ज्यानै जोखिममा राखी सवारी चलाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
अधिक तरलता समस्या
लगानीको सेचुरेसन तथा सन्तृप्ति भन्नाले बैङ्क तथा वित्तीय संस्थाहरूका आफ्नो लगानी गर्ने क्षमता र स्रोतको सीमा सकिएको भन्ने बुझाउँछ । बैङ्क तथा वित्तीय संस्थामा आउने यस्तो अवस्था, जहाँ लगानी गर्न नियामकले तोकिदिएको सीमा पूरा हुनु, पुँजी वा तरलता अभाव हुनु, नयाँ लगानी गर्न बजारमा उपयुक्त वातावरण अनुकूल नभइरहनु, जोखिम उठाउने क्षमता सीमित रहनु तथा नहुनु जस्ता परिस्थितिलाई लगानीको सन्तृप्ति भनिन्छ ।
“विशिष्ट साधक सम्मान २०८२" सम्पन्न
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले कला क्षेत्रमा विशिष्ट योगदान दिनुहुने तीन अग्रज-श्रष्टाहरुलाई "विशिष्ट साधक सम्मान २०८२" ले सम्मान गरेको छ । ललितकलाका विविध क्षेत्रमा लामो समयदेखि समर्पित रही नेपाली कला र गीत-संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने ने
सवारी दुर्घटनामा परी समाजसेवी न्यौपानेको मृत्यु
समाजसेवी राममणी न्यौपाने सवारी दुर्घटनामा परी निधन हुनुभएको छ । उहाँ सवार बा१८च८९७३नं.को बलेरो कालिका नगर पालिका वडा नम्बर ११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा शनिबार राति १०ः३० बजे दुर्घटना भएको हो ।
वज्रगुरु दुङ्डुप पूजा सम्पन्न
हिमाली लामा समुदायको वज्रगुरु दुङ्डुप पूजा आयोजना गरिएको छ । प्राणी जाति र समाजमा शान्ति कायम गर्नका लागि उक्त पूजा गर्ने गरिने सिमकोट गाउँपालिका–३ का छिरिङ लामाले बताउनुभयो ।
उत्तर पूर्वको पृष्ठभूमिको कथा ‘दी फ्यामिली म्यान ३’
पछिल्ला समय बलिउडमा चलचित्रले भन्दा वेभ सिरिजहरूले प्रभुत्व जमाएका छन् । वेभ सिरिज हेर्ने दर्शक दिनप्रतिदिन बढ्दै जानु यसको ज्वलन्त उदाहरण हो । चलचित्र ‘दी फ्यामिली म्यान ३’ ले वेभ सिरिजको लोकप्रियता अझ बढाउने अपेक्षा गरिएको छ ।
शैलुङमा गोरखापत्र साहित्य सम्मेलन सम्पन्न
गोरखापत्र संस्थानद्वारा आयोजित दुईदिने ‘पर्यटनका लागि साहित्य : गोरखापत्र साहित्य सम्मेलन सम्पन्न’ भएको छ । शुक्रबार र शनिबार पर्यटन प्रवर्धनका लागि समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइको धार्मिक एवं पर्यटकीय स्थल शैलुङमा कविता वाचनसहित सम्मेलन सम्पन्न भएको हो ।
आइटी एकेडेमी मार्फत ५९ युवाले पाए रोजगारी
ताप्लेजुङको एक मात्र आइटी एकेडेमीमार्फत दुई वर्षको अवधिमा ५९ जना युवाले रोजगारी पाएका छन् । उक्त एकेडेमीमा नै सीप सिकेका युवाहरूले रोजगारी पाएका हुन् ।
वास्तविक मूल्यभन्दा आधा कमको बिल
‘कालो सुन’ भनेर चिनिने अलैँचीको निर्यातबाट नेपालले ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गरिरहेको छ तर यसको आडमा नजानिँदो ढङ्गबाट करोडौँ रुपियाँ राजस्व अपचलन हुने गरेको तथ्य फेला परेको छ ।
देउराली–रेसुङ्गा विमानस्थल सडक कालोपत्रे अन्तिम चरणमा
सालझण्डी–खर्ज्याङ–तम्घास सडकखण्डअन्तर्गतको देउराली–रेसुङ्गा विमानस्थल सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा रहेको छ । ४.५ किलोमिटर कालोपत्रे सडक निर्माणको सम्झौता इन्द्रा. एम.के जेभी ललितपुरले पाएको थियो ।
श्रम स्वीकृति लिने पन्ध्र प्रतिशतले बढे
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८१/८२ को चार महिनाको तुलनामा चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या १५ प्रतिशतले बढेको हो ।
म्याग्दीमा थपिए दुई हजारभन्दा बढी मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरेर थालिएको मतदाता नामावली सङ्कलन तथा अध्यावधिकमा म्याग्दीमा दुई हजार दुई सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
पचास करोडको रोजगार बचतपत्र खुला
सरकारले ५० करोड रुपियाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पाँच वर्ष अवधिको बचतपत्र निष्कासन गरेको हो । बचतपत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
कृषिमा बाइस अर्ब विदेशी लगानी प्रतिबद्धता
विदेशी लगानीकर्ताको धेरै आकर्षणको क्षेत्रमा नरहेको नेपालको कृषि क्षेत्रमा यस पटक भने उच्च लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा मात्रै नेपालको कृषिक्षेत्रमा करिब २२ अर्ब रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
चार अर्ब राजस्व उठ्ने अनुमान
उपल्लो मुस्ताङको कोरला नाकाबाट मङ्सिरसम्म चार अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । मुस्ताङ भन्सार कार्यालय नेचुङका प्रमुख रमेश खड्काका अनुसार शुक्रबारसम्म तीन अर्ब ८३ करोड रुपियाँ राजस्व सङ्कलन भएकोमा यो महिनासम्म चार अर्ब रुपियाँभन्दा बढी राजस्व उठ्ने अनुमान छ ।
रौतहटमा हतियारसहित एक जना पक्राउ
रौतहटको चन्द्रनिगाहपुरबाट सशस्त्र प्रहरीले शनिबार पेस्तोल तथा म्यागजिनसहित एक जनालाई पक्राउ गरेको छ ।
धान बिक्री नहुँदा किसान समस्यामा
धान बिक्री नभएपछि कैलालीका किसान समस्यामा परेका छन् । धान बेचेर गहुँको बिउ र मलको जोहो गर्दै आएका कृषक यस वर्ष धान बिक्री गर्न नपाएपछि समस्यामा परेका हुन् ।
कार्गो रेल सम्झौताले पूर्वका उद्योगी उत्साही
सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीले नेपाल–भारत द्विपक्षीय पारवहन सन्धि संशोधनले उद्योग–व्यापारमा सहजीकरणको बाटो खोलेको बताएका छन् ।
वैकल्पिक चिकित्सा बलियो बनाउनुपर्ने
सभामुख देवराज घिमिरेले अकुपन्चरले नेपालको वैकल्पिक स्वास्थ्य क्षेत्रलाई बलियो बनाएको बताउनुभएको छ । विश्व अकुपन्चर दिवसका अवसरमा नेपाल अकुपन्चर मोक्सब्युसन एन्ड एकुप्रेसर एसोसिएसन र चाइनिज मेडिसिन डक्टर सोसाइटी अफ नेपालले आयोजना गरेको कार्यक्रममा सभाभुख घिमिरेले नेपालमा वैकल्पिक चिकित्सा, प्राकृतिक उपचार तथा अकुपन्चर सेवाको उन्नति र जनस्तरमा विस्तारका लागि लाग्नुपर्ने बताउनुभयो ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा र बिक्रीदर १४३ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
प्रसाईंको आन्दोलन फिर्ता
दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता गरिएको छ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबिच शनिबार भएको वार्तामा यस्तो सहमति भएको हो ।
मिर्गौला प्रत्यारोपित आत्मनिर्भर
मिर्गौला प्रत्यारोपण गरेपछि पनि आत्मनिर्भर भएर परिवार पाल्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ– गजेन्द्र मुडभरी । कैलालीका मुडभरीले मिर्गौला प्रत्यारोपणपछि पनि व्यवसाय गर्दै परिवारको सम्पूर्ण जिम्मेवारी समाल्दै आउनुभएको छ ।
विद्युतीय राहदानी आपूर्ति अब सहज
विद्युतीय राहदानी आपूर्ति अब सहज हुने भएको छ । पुरानै आपूर्तिकर्ता फ्रान्सको आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटीसँग राहदानी विभागले सम्झौता गरेसँगै हाल कायम राहदानीको अभाव पूर्ति हुने भएको हो ।