आठ लाख मतदाता थपिए
प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि सुरु भएको मतदाता नामावली दर्ता प्रक्रियामा उत्साह देखिएको छ । निर्वाचन आयोगका अनुसार आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ताका लागि निवेदन दिएका छन् । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले सरकारले अध्यादेशबाट नामावली दर्ता प्रक्रिया सुरु गर्ने घोषणा गरेयता आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ता गराएका छन् ।
पहिरो छल्न राजमार्गमा छानो
मुलुकको सडक पूर्वाधारको इतिहासमा पहिलो पटक सिद्धार्थ राजमार्ग अन्तर्गत ‘रक सेड’ निर्माण गर्न लागिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको दुवै ‘पोर्टल’ सँगै निर्माण हुन लागेको ‘रक सेड’ को डिजाइन तयार भइसकेको छ ।
जलवायु परिवर्तनको असर भान्सासम्मै
जलवायु परिवर्तनको असर हेवाँ खोला र तमोर नदी सङ्गमस्थल वारिपारि बसोबास गर्ने माझी समुदायका भान्सासम्म नै परेको छ ।
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक
आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ ।
नेपाली जनता दल र जनयुग पार्टीबिच एकता
शनिबार नेपाली जनता दलका अध्यक्ष हरिचरण साह र जनयुग पार्टीका अध्यक्ष जवराज सुवेदीले संयुक्ति वक्तव्य सार्वजनिक गर्दै एकताको जानकारी गराउनुभएको हो।
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताउनुभएको छ।
महामन्त्री सिंहद्वारा बाह्रबुँदे अवधारणा प्रस्तुत
राष्ट्रिय जनमोर्चाले जेनजी आन्दोलन हुनुका पछाडिका कारणबारे १२ बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ ।
कांग्रेसको निष्कर्षः वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन
नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन नै भएको निष्कर्ष निकाल्र्दै निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
विराटनगरको लगातार दोस्रो जित : काठमाण्डु पाँच विकेटले पराजित
नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।
नवयुवाका लागि एनपिएल प्रभावकारी मञ्चः कोच गौचन
काठमाडौँमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपिएल नवयुवाका लागि प्रतिभा उजागर राउने प्रभावकारी मञ्चका रूपमा रहेको बताउनुभएको छ।
सूर्यास्त
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ खड्गवारस्थित रानीघाट मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको वनक्षेत्रमा रहेको ‘रानीघाट पिकनिक पार्क’ नजिकैको रानीखोलाबाट देखिएको सूर्यास्तको दृश्य ।
काठमाडौंले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगर
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
४६ वर्षपछि ‘गिद्दे प्रेस’ गोरखापत्रमा फर्काइयो
नेपालको पहिलो ऐतिहासिक प्रिन्टिङ्ग प्रेस ‘गिद्दे प्रेस’ शनिवार राष्ट्रिय संग्रहालय छाउनीबाट गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ ।
जहाँ नरिवललाई आफ्नै प्रतिक मानेर पुजिन्छ (फोटो फिचर)
धनकुटाको सहिदभूमि गाउँपालिका गुर्धम, छिन्ताङ, धापलगायत स्थानका तीन सय भन्दा बढी परिवारका सदस्य मङ्सिर शुक्लपक्षमा सेता कुर्तासुरुवाल लगाएर गुर्धममा रहेको सत्सङ भवनमा भेला हुन्छन् ।
ट्रम्पद्वारा युक्रेनलाई अमेरिकी शान्ति योजना स्वीकार गर्न नोभेम्बर २७ को अल्टिमेटम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामा युक्रेनको प्रतिक्रिया प्राप्त गर्न नोभेम्बर २७ को कडा समयसीमा तोक्नुभएको छ ।
काबुल-इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित
काबुल र इस्लामाबादबिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै आएका अफगान आप्रवासीलाई कठिनाइ भएको जनाइएको छ ।
महानायक हमाल दाङमा
नेपाली चलचित्रका महानायक राजेश हमाल शनिबार दाङ आइपुग्नुभएको छ। उहाँ एक साहित्य उत्सवको अवसरमा दाङको घोराहीमा आयोजित कार्यक्रमका प्रमुख आकर्षणका रूपमा सहभागी हुनुभएको हो।
नाइजेरियामा सामूहिक विद्यालय अपहरण : पीडित सङ्ख्या ३१५ पुगेको इसाई समूहको दाबी
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालसालै विद्यालयलाई लक्षित गरी भइरहेका निरन्तर अपहरण घटनाले सुरक्षा जोखिम झनै गम्भीर बन्दै गएको छ ।
कास्कीमा थपिए १७ हजार बढी मतदाता
निर्वाचन आयोगले ९ असोजदेखि ५ मङ्सिरसम्म खुला गरेको मतदाता नामावली सङ्कलनमा कास्कीमा १७ हजार आठ सय ९४ मतदाता थपिएका हुन् ।
विद्यार्थी अपहरणको श्रङ्खला बढेपछि नाइजेरियाका विद्यालय बन्द
आतङ्कवादी समूहद्वारा विद्यार्थीको अपहरणको श्रङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालय बन्द गर्ने आदेश दिएको छ ।
ममदानीसँगको भेटमा आठ शान्ति-सम्झौता गराएको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको द्वन्द्व न्यूनीकरणमा आफैँले निर्वाह गरेको ‘केन्द्रीय भूमिका’ सम्बन्धी दीर्घकालीन दाबीलाई फेरि दोहोर्याउनुभएको छ ।
अफ्रिकाको पहिलो जी-२० शिखर सम्मेलनः महत्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबिच सुरु
अफ्रिकी भूमिमा पहिलो पटक आयोजना भएको समूह-२० (जी-२०) शिखर सम्मेलन शनिबार अत्यन्तै महत्वाकांक्षी र दीर्घकालीन चुनौतिमा केन्द्रित एजेन्डासहित आरम्भ भएको छ ।
राजधानीमा एमालेको प्रदर्शन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो ।
सिउँदो पुछियो, फर्किने आशा अझै
२३ वर्ष अगाडि तत्कालीन सुरक्षा फौजले श्रीमान् राजकुमार थारुलाई बाटो देखाइदिन भनेर लगेका थिए । राजकुमारको अवस्था अझै अज्ञात छ तर बाध्यताबस राजकुमारको परिवारले कुशको शव बनाएर अन्त्येष्टी गरिएको छ ।