एनपीएलमा अनलाइनमार्फत् सट्टाबाजी गर्ने आठ भारतीय नागरिक पक्राउ
क्रिकेट एसोसियसन अफ नेपालद्वारा सञ्चालित एनपीएलको दोस्रो संस्करणको क्रिकेट प्रतियोगितमा अनलाइनमार्फत सट्टाबाजी कार्यमा सङ्लग्न आठ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जेनजी आन्दोलनले बनाएको सरकारले घाइते र मृतकको योगदान खेर जान दिँदैन : मन्त्री खरेल
नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनले बनाएको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने बताउनुभएको छ ।
रेडियो अडियोका सञ्चालक खनिया मृत भेटिए
काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उहाँ बस्दै आउनु भएको घरमा पत्रकार खनिया आइतबार मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।
‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्नु आवश्यक छ : पूर्व प्रधानमन्त्री भट्टराई
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताउनुभएको छ । आज यहाँ आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा सभामा उहाँले विश्वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
बृद्धाश्रमलाई सामग्री हस्तान्तरण
तनहुँको दमौलीस्थित रहेको राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा सञ्चालित बृद्धाश्रमलाई एक कार्यक्रमबिच शैयासहितको सामग्री शनिबार हस्तान्तरण गरिएको छ ।
विद्यार्थीले सम्झिए ‘न्वागी पर्व’
‘न्वागी’ माटो, कृषि र पशुपालनसँग जोडिएको एक पर्व हो । पछिल्लो आधुनिक र डिजिटल दुनियाँमा छुट्टै पहिचान बनाएको बागलुङ पश्चिमकै ठुलो मेला ‘न्वागी पर्व’ मा लाग्ने गर्छ ।
दाङमा थपिए पाँच हजार बढी मतदाता
दाङमा पाँच हजार बढी नयाँ मतदाताले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नाम दर्ता गराएका छन् ।
तीन दुर्घटनामा तीनजनाको मृत्यु
तीन जिल्लामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
सहकारीलाई धान नबिक्ने चिन्ता
सरकारले तोकेको समर्थन मूल्यमा आफ्ना शेयर सदस्य किसानको धान खरिद गरिरहेका सहकारी संस्थालाई धान नबिक्ने चिन्ताले सताउन थालेको छ ।
कर्मचारीले समयमै निर्णय नगर्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहेको छ : मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले आफूले लिएका ठेक्काको काम नगर्दा र कर्मचारीले जिम्मेवारीको निर्णय समयमै नगर्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहनु परेको बताउनुभएको छ ।
लमजुङ क्याम्पसमा विद्यार्थीले लगाए ताला
लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।
विद्यालय व्यवस्थापन र निजी बोर्डिङ सञ्चालकमाथि भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रूपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पर्यटकलाई आकर्षित गर्न जलजलामा ताल बनाइने
तीन जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीय स्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा पर्यटकीय ताल निर्माण गरिने भएको छ ।
एक करोड ३८ लाख रुपियाँको धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग एक करोड ३८ लाख रुपियाँभन्दा बढीको धान खरिद गरेको छ ।
एआई एक्सरेबाट क्षयरोगीको खोजी
पश्चिम नवलपरासीको रामग्राम र पाल्हीनन्दनमा समुदायस्तरमा शिविर सञ्चालन गरेर क्षयरोगी (टिबी) को खोजी गरिएको छ । रामग्राम –१८ बन्जरीयामा एआई प्रविधिसहितको एक्सरेमार्फत शङ्कास्पद व्यक्तिहरूको चेकजाँच गरिएको छ ।
घोडाघोडीमा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव
कैलालीको विश्व सिमसार तथा जैविक विविधताले महत्वपूर्ण क्षेत्र घोडाघोडीमा आइतबार घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सवको उद्घाटन भएको छ ।
निर्वाचन तयारी : सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो प्रक्रिया
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनको खरिद अनुमति दिएसँगै प्रक्रियासमेत अघि बढेको छ।
खर काट्न व्यस्त महिला
पहाडी जिल्लाको ग्रामीण भेगका महिला खर काट्न निकै व्यस्त छन्। घर गोठ छाउनुका साथै गाईवस्तुका लागि दसैँ अघिदेखि खर काट्न ग्रामीण भेगका महिला निकै व्यस्त रहेका छन्।
खेलाडी आफैँले गरे क्रिकेट पिच निर्माण
सप्तरीका क्रिकेट खेलाडी क्रिकेट अभ्यासका लागि श्रमदान गरेर पिच निर्माण गर्न जुटेका छन् ।
विवाहपञ्चमी महोत्सव अन्तर्गत धनुष यज्ञ सम्पन्न
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगतजननी माता सीताबिच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष मनाइने साताव्यापी राम–जानकी विवाहपञ्चमी महामहोत्सव अन्तर्गत शनिबार धनुष यज्ञ कार्यक्रमको आयोजना गरिएको छ ।
पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर
धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन ।
पालुङटारको चुक्ति खोलामा मोटरेबल पुल निर्माण
गोरखाको पालुङटार नगरपालिका–९ सेराफाँटको चुक्ती खोलामा चार महिनामा ६० प्रतिशत मोटरेबल पुल निर्माण समपन्न भएको छ ।
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको छ । श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भयो ।
फेरियो माल पोखरीको मुहार
कुनै समय मालपोत र नापी कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही र बटुवाको शौच गर्ने ठाउँको रुपमा रहेको सदरमुकाम मलङ्गवास्थित माल पोखरीको मुहार फेरिएको छ ।