आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजना मात्र रोकिएको हो : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको बताउनुभएको छ ।
जेनजीको प्रमुख मुद्दालाई हामीले आफ्नो मुद्दा बनाएका छौँ : घिसिङ
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।
लमजुङमा जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
टी–२० विश्वकप : ऐतिहासिक दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी
अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराउँदै दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टी–२० विश्वकपको इतिहासमै दोस्रो सुपर ओभरमा खेल पुगेको यो पहिलो पटक हो ।
दबाबबिच इरानमा क्रान्ति दिवस
इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औँ वार्षिकोत्सव बुधबार मनाएको छ, तर देश भित्री असन्तोष र बाह्य दबाबका कारण संवेदनशील अवस्थामा रहेको छ ।
गस्ती गर्दै नेपाली सेना
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मुस्ताङको लोमान्थाङ गाउँपालिका-५, थुर्लुङ फाँटमा गस्ती गर्दै नेपाली सेना ।
साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स
जापान एयरलाइन्सले आफ्ना वस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनाधिकृत पहुँच भएको पुष्टि गरेको छ । प्रारम्भिक विवरण अनुसार करिब २८ हजार प्रयोग कर्ताको व्यक्तिगत जानकारी चुहिएको हुन सक्ने अनुमान गरिएको छ ।
झापा–५ मा चुनावी माहोल, प्रचारप्रसारमा दल
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ मा उम्मेदवारहरूले प्रचारप्रसारलाई आक्रामक बनाएका छन् । सबैको ध्यान केन्द्रित भएको यस क्षेत्रमा उम्मेदवार यतिबेला मतदातासँगको भेटघाट र घरदैलोमा व्यस्त छन् ।
निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकार बङ्गलादेशमा
बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औँ आम चुनाव र जुलाईमा हुने जनमत संग्रह अनुगमन गर्न कम्तिमा ३९४ जना अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक र १९७ विदेशी पत्रकार बंगलादेश आइपुगेको जनाइएको छ ।
डिजिटल पूर्वाधार सुरक्षामा श्रीलङ्काको निर्णायक कदम
श्रीलङ्काले बढ्दो डिजिटल जोखिम र प्रविधि सम्बन्धी अपराधलाई ध्यानमा राख्दै देशको साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन व्यापक योजना अघि बढाएको छ ।
क्यानडामा गोलीकाण्ड, नौ जनाको मृत्यु
पश्चिमी क्यानडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गोली हानेर मारिएका छन् ।
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड सुरु भएको छ, जसलाई संसारकै सबैभन्दा ठुलो मानव आवागमन मानिन्छ ।
टी–२० विश्वकप : इटालीलाई हराउने नेपालको लक्ष्य
पहिलो खेलमा सानदार प्रदर्शनसहित जित नजिक पुगेर हार खेपेको नेपालले समूहको दोस्रो खेल बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र इटालीबिचको खेल बिहीबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा ३:१५ बजे सुरु हुनेछ ।
मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु
मिथिला तथा तराई–मधेसको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमाको तयारी थालिएको छ । प्रत्येक वर्ष फागुन शुक्लपक्ष प्रतिपदाका दिन धनुषाको मिथिला बिहारी नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु हुने १५ दिने पदयात्राको तयारी सुरु गरिएको हो ।
नरैनापुर गाउँपालिकाको सेवा नयाँ भवनबाट
लामो समयको प्रतीक्षापछि बाँकेको नरैनापुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएसँगै पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
अस्थायी–करार कर्मचारीलाई सासु कोषमा आबद्ध गराइने
प्युठानको झिमरुक गाउँपालिकाले अस्थायी तथा करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा आबद्ध गराउने निर्णय गरेको छ ।
भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचारलाई नियन्त्रण मात्र नभई पूर्ण रूपमा उन्मूलन गर्नुपर्ने बताउनुभएको छ ।
कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता
कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ती भरुवा बन्दुक संकलन गरिएको हो ।
गोरखापत्रकर्मी ऐडीसहित पत्रकार सम्मानित
पत्रकारिताको माध्यमबाट समाजमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको मूल्याङ्कन गर्दै गोरखापत्रकर्मी हरिकृष्ण ऐडीसहित पाँच जना पत्रकार सम्मानित हुनुभएको छ । पत्रकारलाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले एक समारोहबिच सम्मानित गर्नुभएको हो ।
सुशासन सबैको साझा दायित्व : प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सुशासन कायम गराउनु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
क्रिकेटर बिन्दु, सिता र मनिषालाई सम्मान
महिला टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक रन बनाउँदै उत्कृष्ट प्रदर्शन गर्नुभएकी बिन्दु रावललाई अमरावती बुटिक होटल प्रालिले ५० हजार रुपियाँसहित सम्मान गरेको छ ।
मुलुकलाई राजनीतिक निकास दिन संविधान पुन:लेखन आवश्यक : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई राजनीतिक निकास दिन संविधान संशोधन वा पुन:लेखन आवश्यक रहेको बताउनुभएको छ।
सुदूरपश्चिममा ३० हजार ७८६ जनालाई एचपिभी खोप लगाइने
सुदूरपश्चिम प्रदेशमा पाठेघर मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सुरु भएको छ । प्रदेशभरी ३० हजार ७८६ जना बालिकालाई उक्त खोप लगाइने भएको छ ।
‘एआई’ प्रविधिद्वारा किसानलाई ‘डिजिटल’ कृषि सल्लाह उपलब्ध गराउन ‘कनेक्ट’ किसान र एनएएएमपीबिच सहकार्य
‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालय,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ ।