वित्तीय प्रणालीमा सुधार
कुनै पनि देश कमजोर हुनु भनेको अर्थतन्त्र बलियो नहुनु हो । सन् २०२२ मा श्रीलङ्का टाट पल्टियो भन्नुको अर्थ श्रीलङ्काली अर्थतन्त्र निकै कमजोर भएको अवस्था थियो । अर्थतन्त्र टाट पल्टिए पनि देश सार्वभौम रहिरहन्छ ।
लागुऔषधसहित एक जना पक्राउ
रौतहटको गौर नगरपालिका वडा नं. २ स्थित भन्सार एरियाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
नवप्रवर्तनमुखी शिक्षा आवश्यक
नेपालको शिक्षा प्रणाली लामो समयदेखि प्रमाणपत्र–केन्द्रित मानसिकतामा जकडिँदै आएको छ ।
स्थानीय उत्पादनको प्रवर्धन गर्न माघमा वालिङ महोत्सव हुने
स्याङ्जाको वालिङमा आगामी माघमा महोत्सव हुने भएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा ‘नवौ वालिङ महोत्सव’ गर्न लागेको हो । माघ १४ देखि २५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीमा संघ जुटेको हो ।
गोदाममा लुकाएर राखिएका १३४ बोरा मल प्रहरी नियन्त्रणमा
सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिकाबाट अवैध रुपमा लुकाएर राखिएको रसायनिक मल डिएपी नियन्त्रणमा लिएको छ ।
बिजुली उत्पादनबाटै दिगो विकास
विकास एक निरन्तर प्रक्रिया हो । यसको विद्युत्सँग गहिरो सम्बन्ध हुन्छ । जुन देशमा बिजुलीको बढी खपत हुन्छ, त्यहाँ बढी आर्थिक विकास हुन्छ तर जुन देशमा बिजुलीको खपत कम हुन्छ, त्यहाँ पछौटेपन बढी हुन्छ । नेपाल जलस्रोतका लागि धनी मानिन्छ । यो विश्वको एक विपुल जलभण्डार हो । जसको सही परिचालनबाट जलविद्युत् मात्र नभई बढ्दो सिँचाइ एवं खानेपानीको समस्या समाधान गर्न सकिन्छ ।
आगलागीपीडितलाई मन्त्री हाङ्गामको आर्थिक सहयोग
ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले आर्थिक सहयोग गर्नुभएको छ ।
स्वास्थ्यमा लालबन्दी नगरपालिका मधेश प्रदेशमै पहिलो
आर्थिक वर्ष २०८१/८२ मा सम्पादित स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरी निर्धारित सूचकको आधारमा सर्लाहीको लालबन्दी नगरपालिका मधेश प्रदेशमै पहिलो भएको छ ।
रेसुङ्गाको दिगो सौन्दर्यीकरण : ५० संस्थाले ३६ खण्डमा स्वतर्स्फुत काम गर्ने
केहि समय अगाडिसम्म झाडी बढेर सडक छोपेपछि गर्जुरादेखि रेसुङ्गा महापोखरीसम्म सवारी दुर्घटनाको निकै जोखिम रहेको थियो । स्थानीयलाई खासै मतलब थिएन् । बरु यो विषयमा बाहिरबाट आउने पर्यटकहरुले दुःख व्यक्त गर्थे ।
कसरी खेलिन्छ दृष्टिविहीन क्रिकेट
दृष्टिविहीन खेलाडीलाई तीन समूह बी वान, बी टु र बी थ्रीमा विभाजन गरिन्छ । बी वानमा पूर्ण रूपमा दृष्टिविहीन, बी टुमा अलि अलि दृष्टिले कमजोर (पाँच मिटर टाढा नदेख्ने) र बी थ्रीमा (बिस मिटर टाढा नदेख्ने) अल्पदृष्टिविहीन हुन्छन् । हरेक टिमले तिनै प्रकारका खेलाडीलाई मैदानमा उतार्नु पर्छ । चार खेलाडी पूर्ण रूपमा दृष्टिविहीन हुनु पर्छ ।
विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा तीन दिन विद्यालय बन्द रहने
विवाह पञ्चमी महोत्सवको तयारी तीव्र भइरहेका बेला जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनका लागि उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गराएको छ ।
समालोचनासङ्ग्रह विमोचित
डा. ज्योति तुलाधरको ‘आधुनिक काव्य व विद्रोहया सः–छगू विश्लेषण’ समालोचनासङ्ग्रह शनिबार पाटन सङ्ग्रहालयमा विमोचन गरिएको छ । उक्त सङ्ग्रह नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरको प्रमुख आतिथ्यमा वरिष्ठ साहित्यकारहरू प्राध्यापक नर्मदेश्वर प्रधान, भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, प्रतिसरा सायमि, डा. योगेन्द्र प्रधान, रजनीमिलाले सामूहिक विमोचन गर्नुभयो ।
पशुपतितत्व विमर्श तथा विद्वत् सभा
महेश संस्कृत गुरुकुलको आयोजनामा शङ्कराचार्य मठ पशुपतिमा पशुपतितत्व विमर्श तथा विद्वत् सभा सम्पन्न भएको छ । महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमनानन्द गिरीको सत्सङ्कल्पमा शङ्कराचार्य मठमा राष्ट्र शान्तिको पावन उद्देश्य लिएर श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु भएको हो ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरू
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन सोमबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ । अधिवेशनको पहिलो बैठकका लागि प्रदेशसभा सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
थाइल्यान्डबाट भैरहवा अवतरण गर्ने बढे
थाइल्यान्डको बैङ्ककबाट भैरहवा आएको थाई एयर एसियाको विमान आइतबार लगभग पूर्ण क्षमतासहित अवतरण गरेको छ । विमान १६१ जना यात्रु लिएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश यात्रु बौद्ध धर्मावलम्बी छन् ।
सुनसान बन्यो कोशी पर्यटन वर्ष
चालु आर्थिक वर्ष २०८२/८३ लाई कोशी पर्यटन वर्ष मनाउने प्रदेश सरकारले घोषणा गरे पनि चार महिना बितिसक्दा पनि सुनसान छ । तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रमा २०८१ चैत ३० गते पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिएको थियो ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा र बिक्रीदर १४३ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
अर्घाखाँची सिमेन्ट र त्रिरुपति फुडलाई जरिबाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट कम्पनी र त्रिरुपति फुड प्रोसोसिङ इन्डस्ट्रिजलाई जरिबाना गरेको छ ।
पुनर्निर्माण कोषमा एक करोड छयहत्तर लाख सहयोग
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले एक करोड एक लाख रुपियाँ हस्तान्तरण गरेको छ ।
मौलाकाली केबुलकार सञ्चालन
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि बन्द रहेको मौलाकाली केबुलकार शनिबारदेखि सञ्चालनमा आएको छ । आन्दोलनका क्रममा आगजनी तथा तोडफोड हुँदा केबुलकार गत भदौ २५ गतेदेखि बन्द रहेको थियो । मौलाकाली केबुलकार प्रालिका व्यवस्थापक सुरज पौडेलले दुई महिनापछि केबुलकार पुनः सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “प्राविधिकहरूद्वारा केबुलकारको आवश्यक मर्मत तथा परीक्षण गरेर पुनः सञ्चालनमा ल्याएका छौँ,” उहाँले भन्नुभयो ।
भटमासले बढायो नेपालको आयातनिर्यात
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनाको आयातनिर्यात आँकडालाई भटमासको तेलले उकासेको देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको आँकडा अनुसार नेपालबाट सबैभन्दा बढी भटमास तेल ३८ अर्ब ४३ करोड रुपियाँ बराबरको १८ करोड ५२ लाख ५५ हजार किलो निर्यात भएको छ भने ३७ अर्ब ९६ करोड ४२ लाख ६३ हजार रुपियाँ बराबरको भटमास आयात भएको छ ।
सरकारी र निजी स्कुलका आठ जनालाई मुद्दा
सरकारी विद्यालयको जग्गा गैरकानुनी रूपमा निजी विद्यालयलाई दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कास्कीको पोखरा–१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो चार रोपनी जग्गा र उक्त जग्गामा बनेको भौतिक संरचना स्थानीय अञ्जुली बोर्डिङ स्कुललाई गैरकानुनी रूपमा भाडामा दिएको आयोगले जनाएको छ । यस कार्यमा संलग्न भएको आरोपमा आयोगले दुवै विद्यालयका पदाधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
सरकारको प्राथमिकता अनुसार नै कर्मचारी व्यवस्थापन
सरकारले आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन, भ्रष्टाचार नियन्त्रण, चुस्त प्रभावकारी सेवा प्रवाह र शान्तिसुरक्षा कायम गर्ने प्रमुख लक्ष्य राखेको छ । उक्त लक्ष्य हासिल गर्न सरकारले निरन्तर पैरवी, समन्वय र सचेतना अभिवृद्धिलगायत कार्य गर्दै आएको छ । निर्वाचन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह र शान्तिसुरक्षा कायम गर्ने निकायमा अहिले सरकारले आवश्यक कर्मचारी पूर्ति गर्न कुनै पनि कसर बाँकी राखेको छैन ।
विश्वविद्यालयले भेटेन उपकुलपति
कैलालीको गेटामा खुल्न लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान गरे पनि सम्भावित योग्य पात्र भेटिएको छैन । दुई पटकसम्म सार्वजनिक रूपमा सूचना आह्वान गर्दा पनि कसैले पनि आवेदन दिएको छैन । उपकुलपतिको योग्यता सम्बन्धमा विश्वविद्यालय ऐनले नै कडा प्रावधान तोकेका कारण उपयुक्त पात्र भेट्न नसकिएको शिक्षा, विज्ञान तथा