जैमिनी चिनाउन ‘जैमिनी ऋषि’को मूर्ति तयार
बागलुङको जैमिनी नगरपालिकाले जैमिनी ऋषिको तपोभूमिको रुपमा रहेको जैमिनी धामकोे महिमा चिनाउन पूर्वाधारलाई जोड दिएको छ ।
बर्दिबास–७ बालविवाहमुक्त वडा
‘बालविवाहको अन्त्य, समृद्ध समाजको गन्तव्य’ भन्ने मूल नाराका साथ बर्दिबास नगरपालिका–७ बालविवाहमुक्त वडा घोषित भएको छ ।
तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन
म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ ।
पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक
बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउँदा पर्यटक खुसी हुन थालेका छन् । जिल्लाका प्रसिद्ध पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड लाग्न थालेको पर्यटन व्यवसायीले जनाएका छन् ।
पौवादुङमाको चाँपे गाउँमा घरघरमा जडान
पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको चाँपे गाउँमा ‘एक घर एक धारा’ जडान भएपछि स्थानीयवासी सहज भएका छन् । गाउँपालिका र वडाको पहलमा पिउने पानीको समस्या झेल्दै आएका ३० घर परिवारमा घरघरमा धारा जडान गरिएको हो ।
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नौ करोड ३० लाख जम्मा
सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट रु एक करोड एक लाख जम्मा भएको छ ।
बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता
आगामी २१ फागुनको निर्वाचनका लागि बागलुङमा पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो ।
तोकियो बाघ गणनाको मिति
आगामी पुस १ गतेबाट बाघ गणना गर्ने तयारी भएको छ । बाघ पाइने निकुञ्ज र संरक्षित क्षेत्रमा गणना गर्न लागिएको हो । बाघ गणना सकिएलगत्तै गैँडा गणनासमेत गरिने तयारी भएको छ ।
छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु
कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
कहिले सुल्झेला मध्यपहाडी लोकमार्गको सास्ती
सडकको ट्रयाक खुलेको २५ वर्ष भइसक्यो । सडक कालोपत्र नभएर स्थानीय हैरान छन् । गत महिना बागलुङको काठेखोला गाउँपालिका वडा नं. ५ र ६ बिहुँका बासिन्दाले यो पटक पनि सडक ठप्प पार्ने चेतावनीबाट पछि हटेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना गर्दा ....
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि आँखा जाँच गर्नुभएको थिएन । तर, अहिले गाउँमै शिविर आएपछि जाँच गर्दा दाँया आँखामा मासु पलाएको रहेछ ।
बर्दघाटमा शैक्षिक सुधारको अभियान : पढाउने होइन, सिकाउने’ अभियान
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले शैक्षिक गुणस्तर सुधारको अभियान थालेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले ‘पढाउने होइन, सिकाउने’ अभियानबाट शिक्षकहरूमा सकारात्मक ऊर्जा थपी समग्र शैक्षिक गुणस्तरमा गुणात्मक वृद्धि हुने विश्वास लिएको बताउनुभयो ।
एनपिएल : आज दुई खेल हुँदै
हाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपराह्न ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ ।
विद्यार्थीलाई न्यानो कपडा वितरण
पुतलीबजार नगरपालिका वडा नं.–५ पौवैगौडेको गौडेको सितला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
जलवायु परिवर्तनको बहुअसर
जलवायु परिवर्तनको असर विश्वभर छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) भर्खरै मात्र ब्राजिलको बेलेम सहरमा सम्पन्न भयो । नेपालको कोपमा बर्सेनि सहभागिता छ ।
जेनजी अन्दोलनका क्रममा फरार भएका कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक फरार कैदीलाई पक्राउ गरी पुनः कारागार चलान गरिएको छ ।
मधेशमा राजनीतिक अस्थिरता
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
बाँसलाई संरचना निर्माणमा प्रयोग गर्न डिजाइन मार्गदर्शन स्वीकृत
सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन, २०८२ स्वीकृत गर्नुभएको हो ।
वित्तीय प्रणालीमा सुधार
कुनै पनि देश कमजोर हुनु भनेको अर्थतन्त्र बलियो नहुनु हो । सन् २०२२ मा श्रीलङ्का टाट पल्टियो भन्नुको अर्थ श्रीलङ्काली अर्थतन्त्र निकै कमजोर भएको अवस्था थियो । अर्थतन्त्र टाट पल्टिए पनि देश सार्वभौम रहिरहन्छ ।
लागुऔषधसहित एक जना पक्राउ
रौतहटको गौर नगरपालिका वडा नं. २ स्थित भन्सार एरियाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
नवप्रवर्तनमुखी शिक्षा आवश्यक
नेपालको शिक्षा प्रणाली लामो समयदेखि प्रमाणपत्र–केन्द्रित मानसिकतामा जकडिँदै आएको छ ।