लालपुर्जा दिनेलाई मत
वीरेन्द्रनगर नगरपालिका–४, मित्रनगर टोलका नागरिकले जग्गाधनी पुर्जा दिनेलाई मात्र मत दिने बताएका छन् । बस्तीका करिब ७७ घरपरिवारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र मत दिने बताएका हुन् । पुस्तौँदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा राज्यका आधारभूत सेवा र सुविधा पाउन नसकेको भन्दै स्थानीयले निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग लालपुर्जाको माग गरेका हुन् ।
अस्पतालको एक्सरे सेवा ठप्प
जिल्ला अस्पताल हुम्लामा एक सातादेखि एक्सरे सेवा प्रभावित भएको छ । एक्सरे मेसिनको क्यासेट बिग्रिएपछि एक सातादेखि एक्सरे सेवा ठप्प भएको हो । दैनिक दिन एक्सरे गर्न आएका यहाँका सेवाग्राही सेवा नपाएरै घर फर्कनुपर्ने बाध्यता रहेको छ । जिल्लाका सात वटा गाउँपालिकाभित्रका धेरै स्थानीय नागरिक उक्त सेवा लिन दुई/तीन दिन लगाएर सदरमुकाम सिमकोट पुग्छन् । जिल्ला अस्पतालमा उक्त सेवा बिग्रेको जानकारी गराएपछि सेवाग्राहीले दुःख भोग्नुपर्ने बाध्यता छ ।
सदरमुकामका चोक चोकमै फोहोरको थुप्रो
रुकुमपश्चिमको प्रमुख व्यापारिक केन्द्र खलङ्गा र आसपासका बजार क्षेत्रको फोहोर एक महिनादेखि उठ्न सकेको छैन । जिल्ला सदरमुकामसमेत रहेको मुख्य बजार क्षेत्रको फोहोर चोक चोकमा जम्मा हुँदा दुर्गन्ध फैलिन थालेको छ ।
शिवाङ्गीलाई नागरिकता
कुस्ती खेलाडी शिवाङ्गी दुबे र उहाँका एक भाइ र बहिनीले लामो सङ्घर्षपछि बल्ल अङ्गीकृत नागरिकता पाउनुभएको छ । सात वर्षसम्म कागजी प्रक्रियामा अल्झिनुभएकी कुस्ती खेलाडी शिवाङ्गी दुबेले अन्ततः नेपाली अङ्गीकृत नागरिकता पाउनुभएको हो ।
रोचक बन्दै चुनावी माहोल
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहोल निक्कै तातेको छ । यस निर्वाचन क्षेत्रमा विषेश गरेर नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लाभर स्वयंसेवक परिचालन हुँदै
स्याङ्जामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि जिल्लाभर स्वयंसेवक परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले यहाँका प्रत्येक वडामा परिचालित हुने मतदाता शिक्षा स्वयंसेवक छनोट प्रक्रिया पूरा गरेको हो ।
एक वर्षमा ६२ हजारभन्दा बढी आँखाको शल्यक्रिया
लहान नगरपालिका–३ स्थित सगरमाथा चौधरी आँखा अस्पतालले सन् २०२५ मा मात्र ६२ हजार २७६ जना बिरामीको आँखाको शल्यक्रिया गर्न सफल भएको छ।
सिँजा सभ्यतादेखि स्याटेलाइट अस्पतालसम्म उम्मेदवारका एजेन्डा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि गत माघ ६ गते जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित राजनीतिक दल र एक जना स्वतन्त्र व्यक्तिले जुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिनुभएको छ ।
एक करोड पचास लाखभन्दा बढी मतपत्र छपाइ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बुधबारसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत्
स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ ।
आयोगले जारी गर्यो सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि
निर्वाचन आयोगले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि चुनाव प्रचारप्रसार र मतदानको दिन सवारीसाधन प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन सो कार्यविधि जारी गरिएको जानकारी दिनुभयो । निर्वाचन आयोग ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी आयोगले सो कार्यविधि जारी गरेको हो ।
युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् ।
दाङमा ५६३ जनाको सिकलसेल परीक्षण
दाङको राप्ता गाउँपालिका–५ स्थित सिसहनिया अस्पतालमा ५६३ जनाको निःशुल्क सिकलसेल रगत परीक्षण गरिएको छ ।
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त कुरा बताउनुभएको हो ।
पाँच दशकदेखिको प्रतीक्षा : गौरीडाँडामा अझै नआएको लालपुर्जा
बर्दिवास नगरपालिका–३, गौरीडाँडाका ७७ वर्षीय इन्द्रबहादुर भुजेलको अनुहारमा उमेरले कोरेका रेखा स्पष्ट देखिन्छन्, तर उहाँको स्वरमा अझै आशा बाँकी छ।
इन्टरपोलको समन्वयमा दस जनालाई विदेशबाट ल्याइयो
स्वदेशमा अपराध गरी विदेश भागेका दस जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ ।
सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
स्याङ्जामा आचारसंहिता कार्यान्वयनमा कडाइ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आचारसंहिता कार्यान्वयनमा स्याङ्जामा कडाइ गरिएको छ ।
बजेटको अर्धवार्षिक समीक्षा
चालु आर्थिक वर्षको सात महिना बित्न लागेको छ । साउन १ गतेदेखि आरम्भ हुने हरेक नयाँ आवको बजेटको पुस मसान्तसम्मको समीक्षा हुने गरेको छ । यसलाई अर्धवार्षिक मूल्याङ्कनसमेत भन्ने गरिएको छ । पहिलो छ महिनाको बजेट कार्यान्वयनको समीक्षा अत्यन्तै महत्वपूर्ण हुन्छ । बजेट कार्यान्वयनमा भएको कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्न सकिन्छ । अर्थ म
लमजुङका स्थानीय तहको स्वमूल्याङ्कन प्रतिवेदन सार्वजनिकमा ढिलाइ
लमजुङका स्थानीय तहहरुले आफ्नो संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा सार्वजनिक गर्न ढिलाइ गरेका छन् । कार्यविधि अनुसार निर्धारित मिति सकिदा पनि जिल्लाका कुनैपनि स्थानीय तहहरुले सामान्य प्रशासन मन्त्रालयको वेभसाइटमा संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा नराखेको पाइएको हो ।
संयुक्तमा विभक्त हुने अभ्यास
संयुक्त राज्य अमेरिकाका लागि सन् २०२६ विशेष महत्व राख्ने वर्ष हो । विगत २५० वर्षका उपलब्धिबाट उत्साह बटुलेर त्यसभन्दा रहरलाग्दो अर्को क्षितिज छुने लक्ष्य तय गर्नुपर्ने घडी छ । ‘अमेरिकालाई फेरि विशिष्ट बनाउनु छ’ भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नारा वल्लो समुद्रीतटदेखि पल्लो समुद्रीतटसम्म गुञ्जिन थालेको एक वर्ष नाघिसक्यो । अवसर अनुसारका सभा–समारोहको तयारी चल्दैछ ।
गुल्मीमा फरार प्रतिवादी पक्राउ
गुल्मीमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका– ८ का २५ वर्षीय डिल बहादुर डिमडुङ हेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।