दिक्तेललाई तराईसँग जोड्ने बाटोको महभिर फोड्न सुरु
जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोध गरिरहेको महभिर फोड्ने काम सुरु भएको छ । महभिरमा ठूलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन ।
मोबाइलबाटै सिक्नुहोस् मतदान गर्ने तरिका
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुँदैछ ।
सडक बन्न नसकेको मतदाताको गुनासो
बाजुराका विभिन्न ठाउँका सडक स्तरोन्नति नभएको भन्दै यहाँका मतदाताहरूले उम्मेदवारलाई गुनासाे गर्ने गरेका छन् ।
क्यान्सर जोखिम घटाउन पौवादुङमामा किशोरी लक्षित एचपिभी खोप अभियान
यहाँको पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालनको तयारी सुरु गरिएको छ । किशोरी अवस्थामै क्यान्सरबाट जोगाउने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
कालीगण्डकी नदी र हिमशृङ्खला
मुस्ताङको थासाङ गाउँपालिका-१, बेनी-जोमसोम-कोरोला सडकखण्डबाट बिहीबार देखिएको कालीगण्डकी नदी र पृष्ठभूमिमा धौलागिरि हिमशृङ्खला ।
गुडिरहेकाे बसमा आगलागी
काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको बस तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
बाजुरामा भोट भाषामा पढाइ सुरु
बाजुरामा भोट भाषाको पढाइ सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सङ्गठन प्रमुख भट्टराई पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टीका कपिलबस्तुका सङ्गठन प्रमुख रिखिराम भट्टराई साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बेथिति र अव्यवस्थाको लोडसेडिङ अन्त्य गर्छौं : अध्यक्ष घिसिङ
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पहलमा विद्युत क्षेत्रमा लोडसेडिङ अन्त्य गरेको जनताले बुझेको बताउँदै अब मुलुकका अन्य क्षेत्रमा रहेको “लोडसेडिङ” अन्त्य गर्ने बताउनुभएको छ ।
एकमहिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु
म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि आजदेखि हटेको छ ।
मतदाता शिक्षाका लागि बाँकेका ८१ वडामा ८१ जना स्वंयसेवक परिचालन
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदातालाई सही मतदान गर्ने तरिका सम्बन्धी जानकारी दिनुका साथै मतदान गर्न उत्पे्ररित गर्ने उदेश्यले गाउँ गाउँमा मतदाता शिक्षा दिने तयारी सुरु गरिएको छ ।
रुकुम पश्चिममा निर्वाचन प्रहरीको प्रशिक्षण सम्पन्न
रुकुमपश्चिममा आगामी फागुन २१ मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको प्रशिक्षण सम्पन्न भएको छ ।
बाघको आतङ्कले कालीमाटीका स्थानीय त्रसित
बाँके राष्ट्रिय निकुञ्जबाट फैलिएको पाटेबाघलगायत वन्यजन्तुको आतङ्क बढ्दै जाँदा सल्यानको कालीमाटी गाउँपालिकाका स्थानीय बासिन्दा त्रसित बनेका छन् । समस्या समाधानको माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सल्यानले सरोकारवालासँग आन्तरक्रिया तथा विरोध कार्यक्रम आयोजना गरेको छ ।
तोलामा एक सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा आज तोलामा १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने ५० ले बढेको छ ।
बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु
बन्दुकको छर्रा लागेर डोटीमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार घरमा बिजुलीको वायरिङ्ग गरिरहेको समयमा बन्दुक पड्किदा डोटीको बोगटान फुड्सिल गाउँपालिका –१ लफडा गाउँका ३० वर्षीय कलम धामीको ज्यान गएको हो ।
देउखुरीमा टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु
दाङको देउखुरीमा टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु छ । देउखुरीको कालाकाटेमा टिप्परले अटोलाई ठक्कर दिँदा चालक गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोरकुमार पुन रहेको प्रहरीले जनाएको छ ।
कांग्रेस उम्मेदवार चौधरीको तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक
पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुभएको छ ।
सदरमुकाममै रिङरोड निर्माण सुस्त
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा सुरु गरिएको रिङरोड निर्माण निकै सुस्त बनेको छ । आठ किलोमिटर लम्बाइको उक्त रिङरोड निर्माणको भौतिक प्रगति छ वर्षको अवधिमा हालसम्म २
अवैध साल काठ बरामद
जङ्गलसहिया सब–डिभिजन वन कार्यालय रौतहट र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले अवैध रूपमा ओसारपसार भइरहेको साल जातको काठ बरामद गरेको छ।
हराउँदै परम्परागत कुँडुले घर
२७ वर्षअघिसम्म निस्दी गाउँपालिकाको खादर गाउँमा कुँडुले घर मात्रै थिए । खादरसँगै मगर समुदायको बाहुल्यता रहेको पाल्पाका अधिकांश बस्तीमा परम्परागत घुमाउरो घर अर्थात् कुँडुले घर प्रशस्तै देखिन्थे ।
रौतहटमा मत माग्दै बालेन्द्र
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार रौतहट आइपुग्नुभएको छ । चुनावी माहोल तताउन र पार्टी उम्मेदवारको मनोबल उच्च राख्न शाह मधेशका जिल्लामा आउनुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
निर्वाचनलक्षित संयुक्त सुरक्षा गस्ती
बर्दिया जिल्लामा निर्वाचनलक्षित योजना अन्तर्गत संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने मिति नजिकिँदै गर्दा यस जिल्लामा पनि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको हो ।
गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीको चाप बढ्यो
सप्तरी जिल्लाको राजविराजस्थित एकमात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि सेवा प्रदान गर्न कठिनाइ भइरहेको छ।