तोकियो मधेश प्रदेशका मन्त्रीहरुको जिम्मेवारी
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सोमबार मधेश प्रदेश सरकारका मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको छ ।
चाङ्गाबाट देखिने मनोरम हिम शृङ्खला
म्याग्दीको मङ्गला गाउँपालिका –५, स्थित पर्यटकीयस्थल चाङ्गाबाट देखिने धौलागिरी, चुरेन, पुथा, गुर्जा, माछापुच्छ्रे लगायत सुन्दर चाङ्गा हिम शृङ्खलाको दृश्य अवलोकन गर्दै आन्तरिक पर्यटक । समुन्द्री सतहदेखि करिब दुई हजार दुईसय मिटर उचाइमा यो अवस्थित छ । तस्बिरः साधन घर्ती
जङ्गलमा मृत भेटिए युवकयुवती
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –९ मा रहेको काँक्रेविहार जंगलमा युवायुवती मृत भेटिएका छन् । मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका –७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका वडा –१० खजुराकी १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
फरार भएका एकसय ४९ प्रतिवादी पक्राउ
कैलाली प्रहरीले फरार १४९ प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता
नेपाल-चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ ।
व्यवस्था परिवर्तन भए पनि आफू अझै पीडामा रहेको पूर्वलडाकुको गुनासो
माओवादीका पूर्व लडाकुले आफूहरुको योगदानकै कारण मुलुकमा राजनीतिक व्यवस्था भइ गणतन्त्र स्थापना भए पनि आफू अझै पीडामा रहनुभएको भनी दुखेसो पोखेका छन् ।
लुम्बिनी प्रदेशसभामा जेनजी आन्दोलनको विषय प्रवेश
लुम्बिनी प्रदेशसभाका सदस्यले जेनजी आन्दोलनको विषय उठान गर्नु भएको छ ।
लागुऔषधसहित दुई जना पक्राउ
प्रहरीले काठमाडौँ महानगरपालिका-२६ केशरमहल चोकबाट अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
भुम्लुमा जग्गाधनी पहिचान गर्दै लालपुर्जा दिइँदै
भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उनीहरुले ५० वर्षपछि लालपुर्जा पाउन थालेका छन् ।
एकतिस लाख हिनामिना : नाैजनाविरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडामा कोभिड–१९ का लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री खरिद प्रक्रियामा अनियमितता भएकाे ठहर गर्दै मुद्दा दायर गरेकाे छ ।
गाजामा युद्धविराम उल्लङ्घन जारी, चार जना प्यालेस्टिनीको मृत्यु
गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ ।
नाइजेरियामा अपहरण गरिएका ८९ जनाको उद्धारः राष्ट्रपति
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको मध्य क्षेत्रमा गत हप्ताको सुरुमा अपहरण गरिएका कम्तीमा ८९ जना पीडितको उद्धार भएको पुष्टि गर्नु भएको छ ।
कर्णाली टस जितेर बलिङमा
त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।
सभापति देउवाले ‘सुवर्ण पथ’ पछ्याउन सक्नुहुन्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी महाधिवेशन अब पनि नियमितरूपमा सम्पन्न गर्न सकिने बताउनु भएको छ ।
नुनका नदी : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष
विशाल हिमाली नदी समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको तटीय डेल्टाको त्यही पानीले जीवनको हरेक लय, हरेक सङ्घर्ष र हरेक परिवर्तनलाई परिभाषित गर्दछ ।
मलेसियामा बाढीका कारण दश हजारभन्दा बढी मानिस विस्थापित
मलेसियामा हालै आएको बाढीको कारण दश हजार भन्दा बढी मानिसलाई विस्थापित भएको उल्लेख गर्दै उत्तरी राज्य केलान्टान सबै भन्दा बढी प्रभावित भएको अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।
एनपिएल : सन्दीपको कप्तानी बलिङमा विराटनगरको लगातार तेस्रो जित
कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिएपछि विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई नौ रनले हरायो ।
पूर्व प्रधानमन्त्री खालिदा जिया छातीको सङ्क्रमणका कारण अस्पतालमा भर्ना
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ ।
वासिङ्टन-किएभको जोड : युक्रेनको पूर्ण सार्वभौमिकता कायम रहने शान्ति सम्झौता आवश्यक
जेनेभामा अमेरिकी, युक्रेनी र युरोपेली अधिकारीबिच सम्पन्न ‘रचनात्मक’ वार्तापछि वासिङ्टन र किएभले आइतबार संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै रुससँगको युद्ध रोक्ने कुनै पनि अन्तिम सम्झौताले युक्रेनको सार्वभौमसत्ता पूर्णरूपमा सुरक्षित राख्नैपर्ने स्पष्ट सन्देश दिएका छन् ।
स्वदेश फर्कियो दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता टोली
दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।
ह्वाइट हाउस भेटपछि पनि ममदानी ट्रम्पप्रतिको ‘फासीवादी’ तथा ‘तानाशाह’ टिप्पणीमा अडिग
न्युयोर्क सहरका मेयर-निर्वाचित जोहरान ममदानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो औपचारिक भेट गर्नु भएको छ ।
प्रधानमन्त्रीद्वारा नेपाल दृष्टिविहीन महिला टी-२० विश्वकपका उपविजेता टिमलाई बधाई
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेका टिमलाई प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिनुभएकाे छ ।
४९ जिल्लाका ६ लाखभन्दा बढी गरिबलाई परिचयपत्र वितरण
सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ ।
धादिङमा थपिए आठ हजार ४ सय ३१ मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धादिङमा ८ हजार ४३१ जनाले नयाँ नामावलीमा नाम दर्ता गराएका छन् ।