नवलपुरमा देवचुली महोत्सव हुने
बोमलाल गिरी नवलपुर, मंसिर ८ गते । नवलपुरको देवचुलीमा पुस १५ गतेदेखि छैठौ देवचुली महोत्सव हुने भएको छ । देवचुली उद्योग वाणिज्य संघको आयोजनामा माघ ९ गतेसम्म महोत्सव हुन लागेको हो । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी देवचुली नगरपालिका –१५ को देवचुली मल्टिपलेक्सको प्राङगणमा महोत्सव हुने जानकारी दिएको हो । महोत्सव करिव एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने र १५ करोड आर्थिक कारोबार हुने अनुमान गरिएको संघका अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिनुभयो । जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, उद्योग, व्यापार र सवास्थ्य क्षेत्रमा टेवा दिने लक्ष्यसाथ महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । महोत्सवबाट बचत भएको रकमबाट ५० प्रतिशत संघको फिक्स डिपोजिटमा राख्ने, बाँकी ५० प्रतिशतलाई सय प्रतिशत मानेर शिक्षामा १५ प्रतिशत, स्वास्थ्य सहयोग बिमामा २० प्रतिशत, व्यवशायिक हितका लागि २० प्रतिशत, पूँजि निर्माणमा २० प्रतिशत र विविधमा १० प्रतिशत छुट्याइने अध्यक्ष भुसालको भनाइ छ । मगर, बोटे, माझी, थारु, दराई, गुरुङ, तामाङ, नेवार, बाहुन, क्षेत्री लगायत विभिन्न जातजातिको भेषभुषा झल्कने सामग्रीको प्रदर्शनीमा राखिने, सोही जातजातिका घरहरु निर्माण गरिने, हस्तकलाका मूर्ति प्रदर्शन गरिने तथा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । महोत्सवमा पत्रकारहरुका लागि पानी पिउने प्रतियोगिता पनि आयोजना गरिएको भुसालले बताउनुभयो । महोत्सवमा एकसय ५० भन्दा बढी व्यावशायिक स्टल राखिने बताइएको छ ।
सरकारको प्राथमिकता सुशासन र चुनाव : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको मुख्य प्राथमिकतामा सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दोलखाद्वारा आज यहाँ आयोजित भेटघाट कार्यक्रममा उहाँले राज्य संयन्त्रलाई सरकारले हस्तक्षेप नगर्ने तर प्रभावकारी बनाउन मद्दत गर्ने बताउनुभयो ।
तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’ : ६० विद्यालयले भाग लिने
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
विश्वकप उपविजेता नेपाली टोली सम्मानित
प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गर्नुभएको छ।
सीमाका अवाञ्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण होस’
गृह मन्त्री ओमप्रकाश अर्यालले सोमबार रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको स्थलगत निरीक्षण भ्रमण गर्नु भएको छ।
डिजिटल हिंसा न्यूनीकरण गर्न कानुन आवश्यक
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा महिलामाथि डिजिटल हिंसा बढ्दै गएकोमा सरकार चिन्तित रहेको बताउनु भएको छ ।
विद्यालय पूर्वाधार विकासका लागि सप्ताह ज्ञान महायज्ञ
विद्यालयको शैक्षिक तथा पूर्वाधार विकासका लागि घोराही –१७ क्वाडीस्थित प्राथामिक विद्यालयमा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। २०३५ सालमा रात्री विद्यालयका रुपमा स्थापना भएको क्वाडी प्राथामिक विद्यालयले शैक्षिक सुधार सप्ताह ज्ञान महायज्ञ आयोजना गरेको हो ।
एनपिएल : बलर चम्किएपछि सुदूरपश्चिमको लगातार तेस्रो जित
कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै बलरहरु चम्किएपछि साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ ।
‘संस्कृति र साहित्यले सामाजिक सम्वन्ध बलियो बनाउँछ’
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले हाँडीगाउँको ऐतिहासिक महत्व, सम्पदा र संस्कृतिले लिच्छविकालिन पहिचाहनलाई स्थापित गरेको बताउनुभएको छ। काठमाडौंको हाँडीगाउँमा कैलाशकुट सामाजिक अभियानको तेस्रो साधारण सभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
महोत्सवमा दुई लाख राशीको भलिबल प्रतियोगिता
आठौं बागलुङ महोत्सवमा दुई लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म हुने बाङेचौर खेलमैदानमा महोत्सव हुँदैछ ।
एघारौं महाधिवेशनले युवालाई प्राथमिकता दिन्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको ११ औं महाधिवेशनले युवा पङ्तिलाई नेतृत्वमा ल्याउन स्पष्ट आरक्षणको व्यवस्था गर्न लागेको बताउनुभएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको महाधिवेशन केन्द्रित प्रचार रणनीतिसम्बन्धी आजको बैठकमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।
बेथिती रोक्न प्रदेश सरकार लागिपरेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले भष्टाचार र बेथिती रोकेर सुशासन कायम गर्नमा प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
पर्यटकीय गन्तव्य बन्दै ‘रानीघाट’ (फोटो फिचर)
बाँकेको कोहलपुरस्थित चप्परगौडी बजारको दक्षिणतर्फ करिब ५ किलोमिटरको दूरीमा रहेको रानीघाट पर्यटकको गन्तव्यको रुपमा विकास भइरहेको छ ।
सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको मध्यम लक्ष्य
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनायो ।
तोकियो मधेश प्रदेशका मन्त्रीहरुको जिम्मेवारी
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सोमबार मधेश प्रदेश सरकारका मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको छ ।
चाङ्गाबाट देखिने मनोरम हिम शृङ्खला
म्याग्दीको मङ्गला गाउँपालिका –५, स्थित पर्यटकीयस्थल चाङ्गाबाट देखिने धौलागिरी, चुरेन, पुथा, गुर्जा, माछापुच्छ्रे लगायत सुन्दर चाङ्गा हिम शृङ्खलाको दृश्य अवलोकन गर्दै आन्तरिक पर्यटक । समुन्द्री सतहदेखि करिब दुई हजार दुईसय मिटर उचाइमा यो अवस्थित छ । तस्बिरः साधन घर्ती
जङ्गलमा मृत भेटिए युवकयुवती
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –९ मा रहेको काँक्रेविहार जंगलमा युवायुवती मृत भेटिएका छन् । मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका –७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका वडा –१० खजुराकी १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
फरार भएका एकसय ४९ प्रतिवादी पक्राउ
कैलाली प्रहरीले फरार १४९ प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता
नेपाल-चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ ।
व्यवस्था परिवर्तन भए पनि आफू अझै पीडामा रहेको पूर्वलडाकुको गुनासो
माओवादीका पूर्व लडाकुले आफूहरुको योगदानकै कारण मुलुकमा राजनीतिक व्यवस्था भइ गणतन्त्र स्थापना भए पनि आफू अझै पीडामा रहनुभएको भनी दुखेसो पोखेका छन् ।
लुम्बिनी प्रदेशसभामा जेनजी आन्दोलनको विषय प्रवेश
लुम्बिनी प्रदेशसभाका सदस्यले जेनजी आन्दोलनको विषय उठान गर्नु भएको छ ।
लागुऔषधसहित दुई जना पक्राउ
प्रहरीले काठमाडौँ महानगरपालिका-२६ केशरमहल चोकबाट अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
भुम्लुमा जग्गाधनी पहिचान गर्दै लालपुर्जा दिइँदै
भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उनीहरुले ५० वर्षपछि लालपुर्जा पाउन थालेका छन् ।
एकतिस लाख हिनामिना : नाैजनाविरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडामा कोभिड–१९ का लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री खरिद प्रक्रियामा अनियमितता भएकाे ठहर गर्दै मुद्दा दायर गरेकाे छ ।