एनपिआर, पिबिएस सार्वजनिक कोष कटौती गर्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार संस्थाहरूलाई पक्षपाती भएको आरोप लगाउँदै बिहीबार एनपिआर र पिबिएसको सार्वजनिक कोष कटौती गर्न खोज्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
भेनेजुएलाका आप्रवासीको कानुनी सुरक्षा खारेज गर्न ट्रम्प प्रशासनको आग्रह
ट्रम्प प्रशासनले बिहीबार सर्वोच्च अदालतलाई तीन लाख ५० हजार भेनेजुएलालीबाट अस्थायी कानुनी सुरक्षा हटाउन आग्रह गरेको छ । यसले उनीहरूलाई निर्वासनको जोखिममा पार्न सक्छ ।
धनेवा खोलाको तटबन्ध मर्मत गरिँदै
नवलपरासी पश्चिमको सरावल गाउँपालिकाले डुबान नियन्त्रण गर्न धनेवा खोलाको तटबन्ध मर्मत कार्य अगाडि बढाएको छ । बर्सेनि झेल्दै आएको सरावल गाउँपालिका –६ मा रहेको धनेवा खोलाबाट बस्ती डुबान र कटानको समस्यालाई नियन्त्रण गर्न तटबन्ध मर्मतको काम अघि बढाइएको हो ।
युपिआरबारे प्रदेशस्तरीय कार्यशाला नेपालगन्जमा
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (युपिआर)बारे प्रदेशस्तरीय कार्यशाला नेपालगन्जमा सम्पन्न भएको छ ।
राजदूत घिमिरेद्वारा राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेस
बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
आठौं तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज हुन्छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौं तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरूलाई मन्त्रालयबाट दिइने कुनैपनि सुविधा नदिने बताउनुभएको छ ।
प्रहरी निरीक्षकबिच कुटाकुट
विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीन जना बहालवाला प्रहरी निरीक्षकबिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ ।
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
आठ वर्षमा पनि पूर्णता पाएन दुई हजार मिटर सडकले
२०७४ चैत २९ गते गजुरमुखी निर्माण सेवाले सडक डिभिजन कार्यालय बाँकेसँग ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि निर्माण व्यवसायीको लापरबाहीका कारण पनि सडकले पूर्णता पाउन नसकेको हो ।
ताकमगाउँमा चलचित्र ‘माइतीघर’को छायाङ्कन
गुर्जा चुरेन र धौलागिरि हिमालको लस्करलाई नजिकबाट देख्न सकिने म्याग्दीको पर्यटकीय गाउँ ताकममा चलचित्र ‘माइतीघर’ को छायाङ्कन सुरु गरिएको छ । धवलागिरि गाउँपालिका–७ ताकमगाउँ धौलागिरि पदमार्गअन्तर्गत पहिलो पर्यटकीय बस्तीका रुपमा परिचित छ ।
बागमतीमा प्रदेश युवा सम्मेलन हुने
बागमती प्रदेश युवा परिषदले आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म ‘प्रदेश युवा सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ । गत २०८० सालदेखि निरन्तर आयोजना हुँदैआएको यो सम्मेलन परिषदको तेस्रो शृङ्खला हो ।
मुग्लिन–पोखरा सडक
पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्ड छिर्कन, बेलभन्ज्याङ, नाहाला क्षेत्रमा ४ लेन सडक विस्तारसँगै चिटिक्क देखिएको सडक ।
अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ देखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
पाहुना कुर्दै रेमी सामुदायिक होमस्टे
उत्तरमा सेता हिमाल छ । समथर रेमी गाउँमा टम्म परेको घर छन् । शान्तिपुर बजारबाट निस्कएपछि नजिकैको रेमी गाउँ पुगिन्छन् । रेमीको थाप्लोमा आर्कषक टिमुरे ताल छ ।
सशस्त्र प्रहरी बल विपद् उद्दारमा अब्बल बन्दै गएको छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले हरेक स्थानमा हुने विपदमा उद्दार र सीमा सुरक्षामा सशस्त्र प्रहरी बल अब्बल बन्दै गएको बताउनुभएको छ ।
अमेरिकी व्यापार वार्ताको प्रस्तावप्रति चीन खुला तर भन्सार शुल्क समाप्त गर्ने चाहना
चीनले शुक्रबार भन्सार शुल्कमा वार्ताका लागि अमेरिकी प्रस्तावको मूल्याङ्कन गरिरहेको तर वार्ता सुरु हुनुअघि विश्वव्यापी बजार र आपूर्ति शृङ्खलालाई हल्लाएको करहरू हटाउन वासिङ्टन तयार हुनुपर्नेमा जोड दिएको छ ।
वसन्तकालिन यामको धौलागिरि आरोहण सुरु हुँदै
वसन्तकालिन याममा धौलागिरि हिमाल आरोहणको तयारी गरिएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने ८ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि शेर्पाहरुको टोलीले तयारी गरेको हो ।
पोखरा विमानस्थलको न्यायिक छानबिन गरौँः महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे न्यायिक छानबिन गर्न माग गर्नुभएको छ ।
दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री राष्ट्रपति पदको दौडमा
पूर्व राष्ट्रपतिको महाभियोगबाट सुरु भएको आकस्मिक चुनावमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री हान डक–सूले शुक्रबार राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको नौ बुँदे सहमतिमाथि असन्तुष्ट व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ ।
अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटवार्ता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबिच भेटवार्ता भएको छ ।
प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवन निर्माण
१२ करोड रुपियाँको लागतमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको निर्माणाधीन मुख्य प्रशासनिक भवन अन्तिम चरणमा पुगेको छ ।
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।
असिना पानीले तरकारी बालीमा क्षति
बिहीबार परेको असिना पानीले रोल्पाको त्रिवेणी गाउँपालिकामा लगाइएको तरकारी बालीमा क्षति पुर्याएको छ ।