• १९ वैशाख २०८२, शुक्रबार

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटवार्ता

blog

काठमाडौँ,  वैशाख १९ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबिच भेटवार्ता भएको छ ।

उहाँहरूबिच आज बिहान अर्थ मन्त्रालयमा भेट भएको हो । 

त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । रासस