प्रदेशस्तरीय ब्याडमिन्टन सम्पन्न
पाँचथरको फिदिममा सम्पन्न कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल तर्फ संखुवसभाका सुनिलजंग कार्की प्रथम हुनुभएको छ ।
गेटाफेमाथि रियलको कठिन जित
बुधबार राति भएको खेलमा रियलले गेटाफेलाई उसैको मैदानमा १–० गोलले हरायो ।
भूकम्पको १० वर्ष : पीडितका अधिकांश घरमा ताला, खाली हुँदै गाउँ
बिनाशकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ। ०७२ साल वैशाख १२ गते आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भुकम्प गएको थियो। उक्त भूकम्पमा परेर देशभर ठुलै मानवीय क्षति भएको थियो।
‘लोकतन्त्र सुदृढीकरणका लागि सबै एकजुट हुनु जरुरी छ’
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले लोकतन्त्र सुदृढीकरणका लागि सबै एकजुट हुनु जरुरी रहेको बताउनुभएको छ ।
गण्डकी प्रदेश स्वास्थ्यमन्त्री पाठकद्वारा दमौली अस्पतालको निरीक्षण
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश अस्पताल दमौलीको बिहीबार आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
देश विकासका लागि युवा एकतामा जोड
युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बिहीबार लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्दै विचार राखेका थिए ।
क्यानद्वारा लोहनीको उपचारमा पाँच लाख सहयोग
नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बिहीबार ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भाषा र संस्कृतिको संरक्षणमा प्रतिबद्ध छौँ : मुख्यमन्त्री लामा
नेपाल भाषा खलःको हेटौँडा उपमहानगरपालिका १ स्थित भिन्तुनापथमा भवन निर्माण सुरु गरिएको छ ।
नेपाल युथ गेम्स मङ्सिरमा
सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मङ्सिर १३ देखि २० गतेसम्म काठमाडौँमा हुने भएको छ ।
विद्यालयका योजना कार्यान्वयन अन्तिम चरणमा
सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजित योजनामध्ये अधिकांश योजना कार्यान्वयन भई निर्माण सम्पन्न हुने चरणमा पुगेको जनाएको छ ।
‘निर्वाह भत्ता खातामा नआउँदासम्म आन्दोलन रोकिँदैन’
आन्दोलनरत आवासीय चिकित्सकको खातामा सरकारी आठौँ तह सरह निर्वाह भत्ता खातामा नआउँदासम्म आन्दोलन नरोकिने बताएका छन् ।
आर्सनलको बराबरीले लिभरपुललाई सहज
घरेलु मैदानमा बुधबार राति भएको खेलमा आर्सनलले क्रिस्टलसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । यस नतिजाले अब लिभरपुलले टोट्टनहामसँग बराबरी खेलेपनि उपाधि जित्नेछ ।
गर्मी छल्ने गन्तव्य बन्दै पौडी पोखरी
बढ्दै गएको तातो हावा लु र गर्मीबाट जोगिन अहिले बाँके, बर्दिया लगायत छिमेकी भारतीय सहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगन्जका वाटरपार्क र पौडीपोखरी बनेका छन्। अत्यधिक गर्मीबाट जोगिन यहाँ निर्माण गरिएका वाटरपार्क र विभिन्न होटल तथा अन्य स्थानमा रहेका स्विमिंग पुलमा नुहाउन पुग्ने दिनदिनै बढ्दै गएका छन्।
बास्केटबल लिग यसै महिना
नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा द हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) हुने भएको छ ।
शिक्षक आन्दोलनमा रहँदै स्याङ्जाको भाग्योदयमा पठनपाठन सुचारु
शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनका चलिरहँदा सामुदायिक विद्यालयहरूको नतिजा प्रकाशन, भर्ना अभियान र पठनपाठन ठप्प भएको छ ।
अमेरिका–चीन व्यापार वार्ता जारी रहेको दाबी ‘आधारहीन’ : बेइजिङ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाउनुभएको भारी भन्सार महसुल घटाउने सम्झौताको सम्भावनालाई प्रमुखताका साथ उठाएपछि बेइजिङले बिहीबार वासिङ्टनसँग चलिरहेको व्यापार वार्ताको कुनै पनि दाबी ‘आधारहीन’ भएको बताएको छ ।
चार लाख मूल्य बराबरको लागु औषधसहित दुई जना पक्राउ
मकवानपुर प्रहरीले झण्डै चार लाख १४ हजार मूल्य बराबरको प्रतिबन्धित लागु औषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।
कश्मीर आक्रमणकारीलाई ‘पृथ्वीको कुनाकुना’सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गर्नुभएको छ ।
गर्मी छल्दै बालबालिका
सिराहाको लक्ष्मीपूर पतारी गाउँपालिकास्थित पतारी पोखरीमा प्रचण्ड गर्मी छल्न डुबुल्की मार्दै स्थानीय बालबालिका ।
सशस्त्र प्रहरी निकाल्यो ५० फिट गहिराइबाट पोख्रेलको शव
सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेको छ ।
‘सहिद परिवारको स्मरण’
सहिद तथा बेपत्ता भएकाको परिवारलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरले भेटघाट गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको सन्दर्भ पारेर सहिद र बेपत्ता भएका परिवारलाई घरमै पुगेर परिवारको अवस्थाबारे जानकारी लिएको हो ।
सहिद देशका साझा सम्पत्ति : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवार भेटघाट गर्नुभएको छ ।