• ११ वैशाख २०८२, बिहिबार

चार लाख मूल्य बराबरको लागु औषधसहित दुई जना पक्राउ

blog

चार लाख मूल्य बराबरको लागु औषधसहित पक्राउ परेको व्यक्तिलाई सार्वजनिक गरिँदै । तस्बिर : स्मिता अर्जेल

स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख ११ गते ।
मकवानपुर प्रहरीले झण्डै चार लाख १४ हजार मूल्य बराबरको प्रतिबन्धित लागु औषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ  ।

बिहीबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटेस्थित चेकपोइन्टमा सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा बाराबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च. १४३८ नम्बरको योद्धा पिकअप गाडीसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गाडी चालक बाराको पाँचरौता नगरपालिका वडा नम्बर–७ बस्ने बेनौली बस्ने वर्ष २५ का तिर्थलाल पाश्वान र सोहि स्थान बस्ने सहचालक वर्ष २३ का सुनिल पटेल रहेका छन् ।

उनीहरूको साथबाट ट्रामाडोल (हाइड्रो क्लोरिड क्यापसुल आइपी ५० एमजी) पाँच हजार सात सय ५० पिस क्यापसुल बरामद गरिएको हो ।

प्रहरीका अनुसार उक्त लागु औषध पिकअप गाडीको इन्जिन भएको भागमा लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको हो । 

पटेल र पासवानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद अनुमति लिई विशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।