चन्द्रकोटको तेस्रो अध्यक्ष कप भलिबल सुरु
गुल्मीको चन्द्रकोटमा गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप अन्तरपालिका खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतिबन्धित लागु पदार्थसहित छ जना पक्राउ
कोशी प्रदेशको राजधानी विराटनगरलगायत विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागु औषधिसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सुनसरी र उदयपुरको विभिन्न ठाउँबाट ब्राउनसुगर र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
बाँकेका भूमिहीन दलित र सुकुम्वासीले लालपुर्जा पाउँदै
बाँकेका भूमिहीन दलित र सुकुम्वासीले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने भएका छन् । भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित र सुकुम्वासलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको हो ।
‘निजी सञ्चालकले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता दिनै पर्छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता दिनै पर्ने बताउनुभएको छ । आन्दोलनरत निजी मेडिकलका आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिचको छलफलमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा प्रबुद्ध वर्गको समूह भएकाले राजनीतिक, वैचारिक र सिद्धान्तको निकाससहित नयाँ सन्देश दिन सक्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
बादी तथा गन्धर्व समुदायका महिलालाई सिलाइकटाइ तालिम
बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा रहेका बादी तथा गन्धर्व समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि सिलाइकटाइ तालिम सुरु गरेको छ ।
वाणिज्य बैँकको ७४औं काउन्टर सोलाबाङमा स्थापना
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ सोलाबाङ बजारमा राष्ट्रिय वाणिज्य बैँकको एक्सटेन्सन काउन्टर स्थापना भएको छ ।
लोकतन्त्र दिवस : एमालेको युवा महोत्सव
लोकतन्त्र दिवसका अवसरमा बिहीबार नेकपा (एमाले)ले काठमाडौँको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेसन)को आयोजना गरेको छ ।
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयलाई विद्यार्थी जोगाउनै मुस्किल
नायरा पढ्ने विराटनगर ३ को सहिद आधारभूत विद्यालयले वैशाख ९ गतेबाट पठनपाठन सुरु हुने जानकारी दिएको थियो । तर शिक्षक आन्दोलन लम्बिएका कारण चाहेर पनि विद्यालय चलाउन सक्ने वातावरण भएन ।
आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु
निजी मेडिकल कलेजको स्नातक (पिजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आन्दोलनरत चिकित्सक र स्वास्थ्यमन्त्री प्रदिप पौडेलबिच वार्ता सुरु भएको हो ।
आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावत
अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावतले हामीले प्राप्त गरेको जीवन अत्यन्तै दुर्लभ भएको बताउनुभएको छ । बिहीबार भक्तपुरको सिपाडोललमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम
जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरूको सीप क्षमता विकास, आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
११ पालिका रहेको स्याङ्जामा हरेक वर्ष जस्तै पुतलीबजार नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । पुतलीबजार नगरपालिकामा सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाउनुभएको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गको हेटौँडा–११, थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–११, नवलपुरका २४ वर्षीय उमेश तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
आँपपिपल अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण
गोरखाको पालुङटार नगरपालिका -२ आँपपिपल अस्पताल प्रदेश सरकारले स्वामित्व लिने गरी हस्तान्तरण गरिएको छ ।
‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास, निर्माणमा जोड दिनुपर्ने भन्दै सोही अनुसार काम गर्न आग्रह गर्नुभएको छ ।
बजेट अधिवेशनमा सशक्त भूमिका निभाउन पार्टीका सांसदहरुलाई अध्यक्ष दाहालको निर्देशन
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले बजेट अधिवेशनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
कश्मीर आक्रमणमा मारिएका सुदिपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि
भारतको जम्मु कश्मीरमा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७ वर्षीय सुदिप न्यौपाको शव परिवारलाई जिम्मा लगाइएको छ ।
हुप्सेकोट गाउँपालिकाद्धारा अनिवार्य विद्यालय सञ्चालन गर्न आग्रह
नवलपुरको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।
राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मुकश्मीरको पहलगाममा मङ्गलबार आतङ्कवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमण गरेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
दाङका सामुदायिक विद्यालयमा भर्ना सुरु
विद्यार्थी भर्ना अभियालाई बेवास्ता गर्दै देशभरका शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा होमिरहेका बेला दाङका सामुदायिक विद्यालयमा भने विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।
सोती खानेपानी लिफ्टिङ योजना अलपत्र
पर्वत जिल्लाको दक्षिणी भेगमा पर्ने विहादी गाउँपालिकाको सोती खानेपानी लिफ्टिङ योजना अलपत्र परेको छ । दुर्गम बस्तीका जनतालाई पिउने पानीको सुविधा पुराइने लक्ष्य राखिएको सोती खानेपानी लिफ्टिङ योजना ४ वर्षदेखि अलपत्र छ ।
एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शङ्कर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज हस्तान्तरण गरिएको छ ।
सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि
सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ ।