मालिकामा रोजगार कार्यक्रम सञ्चालन
म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त भएको बजेट तथा योजना कार्यान्वयनमा गाउँपालिका जुटेको हो ।
यार्सा खोज्न गएका युवाको भिरबाट लडेर मृत्यु
मनाङमा यार्सागुम्बा जडिबुटी खोज्ने क्रममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । मनाङको नार्पाभूमि गाउँपालिका–२ नाम्जेर्खमा यार्सागुम्बा खोज्न गएका धादिङको गंगाजमुना गाउँपालिकाका–१ का ३२ वर्षीय आकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय भलिबल खेलाडी श्रेष्ठको निधन
गुल्मीको रेसुङ्गा नगरपालिका–१ का अन्तर्राष्ट्रिय भलिबल खेलाडी ५५ वर्षीय बद्रीप्रकाश श्रेष्ठको मृत्यु भएको छ । लामो समयदेखि लिभरको समस्याले बिरामी हुनु भएको श्रेष्ठको काठमाडौँको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पूरा, १९ वटा केन्द्र निर्धारण
शिक्षक आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ ।
प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो छ : सभामुख
सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नीतिगत व्यवस्था कार्यान्वयन कमजोर हुँदा समस्या
यौनिक तथा अल्पसङ्ख्यक समुदायका लागि राज्यले नीतिगत व्यवस्था गरे पनि कार्यान्वयनको पक्ष कमजोर रहेको अभियन्ताहरुले बताएका छन् ।
थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
लन्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ ।
कैलालीमा कुप्रथा रोक्न छाउगोठ भत्काइयो
कैलालीमा कुप्रथा र कुलत रोक्न धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा ४५ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
मोबाइल र टर्च चार्ज गरेको रु. १० !
तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज)बाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ ।
लिच्छवि संवतको निर्णयमा संशोधन
विश्व वाङ्मयमा सबैभन्दा जेठो ग्रन्थ वेद हो । वेद चार छन् ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । प्रत्येक वेदका धेरै शाखा छन् । वेदका शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्दःशास्त्र र ज्योतिष यी छ वटा अङ्क छन् । यीमध्ये शिक्षाशास्त्रले वर्णह
नीति निर्माणका लागि विषयगत समितिसँग छलफल
मोरङको लेटाङ नगरपालिकाले नगरपालिकाको नीति निर्माणका क्रममा नयाँ अभ्यास सुरु गरेको छ । अघिल्ला वर्षहरूमा नगरसभा सुरु हुनुभन्दा केही दिन अघि हतार–हतारमा नीति निर्माण हुने गरेकोमा नगरपालिकाले यस वर्षदेखि विषयगत समितिहरूसँग नीति निर्माणका विषयमा छलफल थालेको हो ।
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ ।
पहेँलो घर (कथा)
हातभरि माटोको सुगन्ध पोतिएको थियो, चिकनी माटोले पूजाकोठा लिप्दै थिएँ, पछाडिबाट आएर मेरो मुखमा श्रीमान्ले एउटा लालमोहन हालिदिनुभयो । बडो कठिनसाथ हतार हतार चपाएर निलेँ । मेरो सात्तो गएको थियो, कारण बिहानको
अथक परिश्रमको स्वागतयोग्य सम्प्राप्ति
नीलकमल (कमल सुवेदी) नेपाली नाटक, रङ्गमञ्च, चलचित्र, लोकवाङ्मयका क्षेत्रका चिनारीमूलक लेखन तथा अन्वेषणमा लागिपरेको पाइन्छ । उहाँको ‘सङ्क्षिप्त नेपाली नाट्यकोश’ (नाटक र रङ्गमञ्चका पारिभाषिक शब्द) (२०८१) प्रकाश
अतृप्त प्रेम (कविता)
हिजोआज मन उषासँगै अनेक चाह बोकेर उदाउँछ हरेक भोरहरूमा
सर्वस्व यै देश मेरो (कविता)
स्वाभिमान अग्लो मेरो शैलश्रेणी बास सर्वस्व यै देश मेरो कर्मभूमि खास ।
किशोर प्रश्नहरू
त्यो जुनकिरी किन धर्तीमै अलमलिरहन्छ ? किन चहार्दैन आकाशभरि ? जुनकिरीले झैँ लुसिफेरेन्स् बोकेर के म हिँड्न सक्छु ? जुनकिरीले झैँ के म धर्ती उज्यालो बनाउन सक्छु ?
सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय भएको बताउनुभएको छ ।
बुहारीको योजनामा ससुराको हत्या
जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा बुहारीको योजनामा ७२ वर्षीय ससुराको हत्या गरिएको छ । गत शनिबार तुम्लिङटारमा मनबहादुर कुमालको ४५ वर्षीय बुहारीले दुई जना नाबालक परिचालन गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झारमारे भएर ओरालो झरेपछि
शरीरसँग टाउकोलाई ९० डिग्रीमा तेर्सो पारेर हेर्दा लाग्छ, झारमारेको उकालो यात्रा आकाशमै गएर टुङ्गिन्छ । डाँडामा पुगेपछि सिस्ने हिमाल खराने रङको देखियो । सिस्ने हिमाललाई पिठिउँ फर्काएर ओरालो हेर्दा रातो भिर देखियो, जहाँबाट
चाँगेगाउँका सुचिराजा
राजनीतिक विरासतको लामो लहरो भएका आङबुहाङ लिम्बूहरूको मूल आवादी ताप्लेजुङको साबिकका चाँगे र हाङपाङ गाउँमा रहेको छ । राज्यको नयाँ संरचना अनुसार अहिले यी दुवै गाउँ आठराई त्रिवेणी गाउँपालिका अन्तर्गत पर्छन्
सांस्कृतिक विरासत धान्दै ललितकला
युगचेतना र सभ्य समाज निर्माणमा सिर्जनात्मक अभिव्यक्तिको भूमिका प्रमुख रहन्छ । ललितकलाका माध्यमबाट सिर्जनात्मक अभिव्यक्ति प्रकट हुन्छ । समाजमा विचार, चेतना, सभ्यता, संस्कृति, संस्कार निर्माणमा ललितक
विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आज यहाँ प्रभातफेरी आयोजना गरेको छ ।
चन्द्रकोटको प्रशासकीय भवन निर्माणमा ढिलाई
गुल्मीको चन्द्रकोट गाउँपालिकाले कार्यालय सञ्चालन बापत मासिक एक लाख १९ हजार रुपियाँ भाडा बुझाउँछ । अहिलेसम्म चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसको भवनबाट कार्यालयको सेवा प्रवाह गर्दै आएको छ ।