हिजोआज मन
उषासँगै अनेक चाह बोकेर उदाउँछ
हरेक भोरहरूमा
क्षितिजबाट चियाएको किरणसँगै उचालिँदै
एक्लै गाउँछ, एक्लै नाच्छ कहिले रमाएर !
अनि संवाद गर्छ प्रेमको
तिम्रो हुनुको आभाससँगै अनौठो गरी ।
कहिले ओइलिएर जाने मन
आज फव्रिmएर उत्पातै छ
अचम्मै खिल्खिलाएको छ
उत्ताउलो पो भएको छ
भित्रैदेखि
मनका आभाहरू उकेल्दै छ
उन्मुक्त हुँदै खेल्छ एक्लै, एक्लै
अचम्मै अराजक भएको छ
नपत्याउँदो गरी ।
खै किन हो ?
उम्लिएको छ चाहत गुद्गुदाउँदो गरी
यी प्यासी अधर
तिमीबिना तृषित छन्
मुस्कुराइरहेका छन्
तिम्रै सामीप्यका लागि
अनेक मिठा कल्पना गर्दै
तिम्रै प्रतीक्षामा प्रिय !
हेर त तिम्रै प्रतीक्षामा ।