• २० वैशाख २०८२, शनिबार

लिच्छवि संवतको निर्णयमा संशोधन

blog

वेद र वेदाङ्गहरू

विश्व वाङ्मयमा सबैभन्दा जेठो ग्रन्थ वेद हो । वेद चार छन् ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । प्रत्येक वेदका धेरै शाखा छन् । वेदका शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्दःशास्त्र र ज्योतिष यी छ वटा अङ्क छन् । यीमध्ये शिक्षाशास्त्रले वर्णहरूको शुद्ध उच्चारण सिकाउँछ । कल्पशास्त्रले वैदिक यज्ञ यज्ञादि र सोह्र संस्कार इत्यादिमा अवलम्बन गर्नुपर्ने कर्मकाण्ड पद्धतिको विधान गर्छ । व्याकरणले पद र वाक्यको अर्थ जान्न सहायता गर्छ । निरुक्तले शब्दको निर्वचन र देवता तत्त्वका बारेमा ज्ञान दिन्छ । छन्दःशास्त्रले छन्दहरूको र ती अन्तर्गत आउने वृत्तको परिचय दिन्छ । ज्योतिषशास्त्रले युग, वर्ष, अयन, ऋतु, महिना, पक्ष, तिथि र नक्षत्रको ज्ञान दिएर वैदिक यज्ञ–यज्ञादिको कालको निरूपण गर्छ । यी वेदाङ्गबाट वेदको स्वरूप, प्रयोग, अर्थ र रहस्य बुझ्न सहायता हुन्छ । यिनमा कुनै सन्देह भयो भने त्यसको निर्णय मीमांसाशास्त्रका सिद्धान्त अर्थात् मीमांसान्यायहरूबाट गर्नु पर्छ भन्ने नियम छ । सनातन परम्परामा वेद, वेदाङ्ग र वेदोपाङ्ग मीमांसा मूल शास्त्र मानिन्छन् । 

वेदाङ्ग ज्योतिष र लिच्छवि संवत्को गणना

पिताजी सुगृहीतनामा शिवराज आचार्य कौण्डिन्न्यायनले विसं २०१६ मा अध्ययनका व्रmममा छ वटा वेदाङ्गको विशेष परिचय प्राप्त गरेपछि छ वेदाङ्गले सहित वेदको अध्ययन गर्ने इच्छाले प्रारम्भमा व्याकरण, अनि शिक्षा, निरुक्त र छन्दःशास्त्रको तथा विसं २०२५ तिरबाट वेदाङ्ग ज्योतिषको अध्ययन–अनुसन्धान प्रारम्भ गर्नुभएको रहेछ । पछि २०३६ मा बनेको स्वाद्ध्यायशालामा पनि यसरी नै शिक्षा, कल्प, व्याकरण इत्यादि अन्य वेदाङ्गका साथै लगधमुनिप्रोक्त वेदाङ्ग ज्योतिषको अध्ययन चल्यो । उक्त अवस्थामा यस लेखकले पहिलेदेखि नै वेद वेदाङ्गको सामान्य अध्ययन गरेको भए पनि वेदाङ्ग ज्योतिषमा गहिरिएर अध्ययन गर्न थालेको पूर्वमीमांसा विषयको आचार्य पूर्ण गरेपछि विसं २०५० तिर हो । चार वर्ष जति वेदाङ्ग ज्योतिषमा गहिरिएर अध्ययन गर्दा त्यसै प्रसङ्गमा लिच्छविकालमा वेदाङ्ग ज्योतिषको प्रयोग हुने गरेको कुराबाट लिच्छविकालिक इतिहासमा पनि रुचि जाग्यो । सिद्धान्त ज्योतिषका आर्यभटीय, प्राचीन सूर्यसिद्धान्त, पञ्चसिद्धान्तिका, ब्रह्मसिद्धान्त, नवीन सूर्यसिद्धान्त इत्यादि ग्रन्थ आजभन्दा १५÷१६ सय वर्षजति पहिले वेद वेदाङ्गमा नभएका आयातीत भनेर मानिएका मेष, वृष इत्यादि १२ राशि र आदित्य, सोम इत्यादि सात बारलाई विशेष आधार बनाएर रचना गर्न थालिएका हुन् भन्ने कुरा धेरै इतिहासका अन्वेषकहरूले बताएका छन् । सृष्टिको आदिबाट गणना गर्ने भनेर लाखौँ वर्षको हिसाब देखाए पनि वास्तवमा ती आजभन्दा १५००–२००० वर्षअगाडिको समयमा मिल्ने गरेर बनेका हुन् भन्ने देखिन्छ । सिद्धान्त ज्योतिषका ती ग्रन्थ बन्नुभन्दा अगाडि वेदाङ्ग ज्योतिष अनुसारको कालगणना चलेको थियो भन्ने कुरा इतिहासको अनुशीलनबाट बुझिन्छ । त्यस कारण लिच्छविकालिक अभिलेख र तिनमा पाइएका तिथिमितिको अध्ययन गर्ने कार्य यस लेखकले उक्त समयमा गरेको थियो । त्यसै व्रmममा विसं २०५४ को अन्त्यसम्ममा यस लेखकलाई लिच्छवि संवत्का विषयमा धेरै नयाँ तथ्य पत्ता लगाउन सफलता मिलेको थियो । पूर्वलिच्छवि संवत् कार्तिकादि (कार्तिकशुक्ल प्रतिपदाबाट सुरु हुने) संवत् नभएको र हुन नसक्ने भन्ने निष्कर्षमा पुग्न सफलता मिल्यो । साथै प्रसिद्ध इतिहासान्वेषक एवं ज्योतिषी नयराज पन्त (विसं १९७०–२०५९) रचित ‑सहायक–देवीप्रसाद भण्डारी र केशवचन्द्र न्यौपाने) मदन पुरस्कार पनि प्राप्त गरेको लिच्छवि संवत्को निर्णय ‑ने.रा.प्र.प्र., २०४३) भन्ने ग्रन्थमा थुप्रै त्रुटि पनि फेला परे । अनि त्यसै समयमा नै वैदिक कालगणना पद्धतिको संरक्षणमा नेपालको योगदान शीर्षकको आलोचनात्मक लेख लेखी गोरखापत्रमा पठाएकामा त्यो लेख २०५५ वैशाख १२ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो । 

लिच्छवि संवत्को निर्णयमा रहेका त्रुटि

पूर्वलिच्छविकालमा चलेको संवत् ‑शक संवत्) कार्तिकादि थिएन भन्ने स्थापनाले लिच्छवि संवत्को निर्णय भन्ने पुस्तक ‑२०४३) मा नयराज पन्तले लिच्छवि संवत्लाई कार्तिकादि मानेर गरेका गणितहरू अशुद्ध सिद्ध भए । यसरी उनको त्यस पुस्तकका थुप्रै अंश गलत साबित भए । कार्तिकादि मानेर गरेका गणनाले सही समय नदेखाउने कुरा प्रमाणित भयो । 

पूर्वलिच्छवि संवत् कार्तिकादि थिएन

शक संवत् ‑पूर्वलिच्छविकालको संवत्) कार्तिकादि थियो भन्ने इतिहासविज्ञहरू नयराज पन्त, शङ्करमान राजवंशी, श्यामसुन्दर राजवंशी आदिको मत संवत् ५१७ र ५१९ का अभिलेखको तिथिमिति केलाउँदा ठिक ठहरेन, कार्तिकादि मान्दा साढे एक वर्ष (१८ महिना) को अन्तरमा दुई अधिकमास परेको असम्भव कुरा मान्नुपर्ने हुँदा कार्तिकादि हुनै नसक्ने देखियो भनेर यस लेखकले लेखेको थियो । त्यो शकान्त संवत् ‑शक संवत्) माघादि हुनु पर्छ, नभए चैत्रादि हुन सक्छ, कार्तिकादि चाहिँ हुनै सक्दैन भन्ने निष्कर्ष उक्त लेखमा छ । त्यसभन्दा अगाडि पूर्वलिच्छवि संवत् ‑शक संवत्) कार्तिकबाट वर्षारम्भ हुने संवत् होइन भनेर कसैले पनि लेखेको थिएन ।

उत्तरलिच्छवि संवत् (मानदेव संवत्) कार्तिकादि भए पनि पूर्वलिच्छवि संवत् ‑शक संवत्) चाहिँ कार्तिकादि नभएको तथ्य धेरै महŒवपूर्ण छ । संशोधन मण्डलको पूर्णिमा पत्रिका भरखरभरखरै प्रकाशित हुन थाल्दा २०२२ संवत्ताका प्रकाशित लेखमा पनि पूर्वलिच्छवि संवत्लाई कार्तिकादि मानेर लिच्छवि अभिलेखहरूको उल्लेख गरिएको बुझिन्छ । २०४३ संवत्मा प्रकाशित लिच्छवि संवत्को निर्णयमा पनि यो कुरा यथावत् रूपमा मानी चाँगुको मानदेवको संवत् ३८६ ज्येष्ठ शुक्ल प्रतिपदाको अभिलेखलाई विसं ५२२ ज्येष्ठ शुक्ल प्रतिपदाको मानिएको छ ‑लिच्छवि संवत्को निर्णय, पृ. ९६०) तर त्यो अभिलेख स्वाद्ध्यायशालाको कतिपय–नैपाल–संस्कृत–ग्रन्थकार–परिचयः भन्ने पुस्तक ‑स्वाद्ध्यायशाला, २०४८, पृ. १) मा भनिएको जस्तो विसं ५२० ज्येष्ठ शुक्ल प्रतिपदाको हो भन्ने प्रमाणित हुन्छ । 

नेपालमा विव्रmमको छैटौँ शताब्दीसम्म कार्तिकादि संवत्को प्रचलन थिएन, शक संवत् पनि कतै कार्तिकादि भएर चल्न पनि सक्छ तापनि नेपालमा पूर्वलिच्छविकालमा शक संवत् कार्तिकादि भएर चलेको थिएन । ‘पूर्णिमा’ पत्रिकाका सम्पादक पनि रहिसकेका गौतमवज्र वज्राचार्यको पूर्वलिच्छवि संवत् कार्तिकादि थिएन भन्ने कुरा लेखिएको लेख पनि हालसालै प्रकाशित भएको छ ‑मानदेव संवत् ः ओल्ड प्रोब्लम न्यु एविडेन्स, एसियन आर्ट डट कम, सन् २०१७ र २०२२)। वज्राचार्यजीले पूर्वलिच्छवि संवत् कार्तिकादि नभएको कुरा पहिलो पटक आफैँले भनेको भन्ने ठानेको पनि बुझिन्छ तर यो कुरा यस लेखकले २०५५ वैशाखका गोरखापत्रका उक्त लेखमा सर्वप्रथम अगाडि ल्याएको तथ्य हो ।

नक्षत्र गणनामा भिन्नता

उक्त तथ्यले नक्षत्र गणनामा पनि प्रभाव पार्छ । पूर्वलिच्छवि संवत् ३८६ ज्येष्ठ शुक्ल प्रतिपदा नै विसं ५२२ को ज्येष्ठ शुक्ल प्रतिपदा हो भन्ने मानी त्यो वर्ष पाँचबर्से युगको पहिलो वर्ष ‘संवत्सर’ हो भनेर त्यस दिन परेको रोहिणी नक्षत्रको गणना पन्तजीले प्रकाशित गरेको पाइन्छ ‑लिच्छवि संवत्को निर्णय, पृ. १०२–१०५) । त्यो वर्ष संवत्सर भएको भए मध्यममानले रोहिणी नक्षत्रको त्यो गणना मिल्थ्यो तर पूर्वलिच्छवि संवत् ३८६ को मानदेवको त्यो अभिलेख दुई वर्ष पहिला विसं ५२० को ठहरेपछि त्यो वर्ष उनका अनुसार वैदिक पाँचबर्से युगको चौथो वर्ष ‘इद्वत्सर’ हुने हुँदा त्यस दिनको रोहिणी नक्षत्रको मानमा फरक पर्छ । 

अधिकमास–गणना पद्धति

‘लिच्छवि संवत्को निर्णय’ मा अधिकमास गणना पद्धतिमा पनि त्रुटि देखिन्छ । जसको विवरण यस प्रकार छ–


‑क) पूर्वलिच्छवि संवत् ‑शक संवत्) ४४९, ४७९, ४८७ र ५१७ मा उत्तरायणका अन्त्यमा आषाढमा अधिकमास परेको उल्लेख भएका अभिलेख पाइएका छन् । शक संवत् ४४९ मा आषाढमा अधिकमास परेको तीस वर्षपछि संवत् ४७९ सम्ममा वेदाङ्ग ज्योतिष अनुसार पाँच÷पाँच वर्षमा दुई÷दुई अधिकमासका दरले ३० वर्षमा १२ अधिकमास मानिएको बुझियो र त्यसपछि आठ वर्षका अवधिमा चाहिँ बिचमा पौषमा एउटा अधिकमास मानेर संवत् ४८७ मा आषाढमा अधिकमास मानिएको बुझियो भन्ने कुरा नयराज पन्तले लेखेका थिए ‑लिच्छवि संवत्को निर्णय, पृ. ११६) । साथै ४८७ पछि पुनः ५१७ सम्मका ३० वर्षमा पनि पाँच वर्षमा दुई वटाका दरले १२ अधिकमास मानिएको हुनु पर्छ भन्ने पनि पन्तजीको भनाइ थियो तर विश्लेषण गरी हेर्दा त्यो कुरा यथार्थ देखिएन । त्यो कुरा प्रमाणबाटै खण्डित हुन्छ, ती अवधिमा प्रत्येक साढे दुई वर्षका अन्तरमा आषाढ र पौष महिनामा अधिकमास पर्दै गएको प्रमाण पाइएको छैन, नपरेको प्रमाणचाहिँ पाइएको छ । अतः उक्त दुवै ३० बर्से अवधिमा १२ अधिकमास होइन ११ अधिकमास मात्र मानिएका थिए भन्ने प्रमाणित हुन आउँछ । ३० वर्षपछिका आठ वर्षका अवधिमा पनि दुई वटा अधिकमास मात्र मानिएका थिएनन् । साढे दुई वर्ष/साढे दुई वर्षका अन्तरमा दुई वटा अनि तीन वर्षका अन्तरमा एउटा गरी आठ वर्षका अवधिमा जम्मा तीन वटा अधिकमास मानिएका थिए । यो कुरा यस लेखकका अन्वेषणले देखाएको हो ।


‑ख) वेदाङ्ग ज्योतिष अनुसार ३८ वर्षसम्म गणनामा अलि अलि गरेर सौर वर्षारम्भ बिग्रँदै जाने ‑पाँच÷पाँच वर्षमा चार÷चार दिन पछाडि सर्दै जाने) र ३८ वर्ष पुगेपछि एक अधिकमास छाडी सौर वर्षारम्भ अगाडि तानेर यथास्थानमा ल्याउने पद्धति पूर्वलिच्छविकालमा भएको भन्ने अनुमान नयराज पन्तले गरेका छन् ‑लि.सं.नि.,पृ. ११७)। पन्तजीको ३८ वर्षमा एक अधिकमास छोडिन्थ्यो भन्ने कुरा कृष्णशास्त्री र केतकरको भनाइबाट नै आएको देखिन्छ । किनभने वेङ्कटेश बापूजी केतकर ‑विसं १९१०–१९८७) का पुस्तकमा ‑इन्डियन यान्ड फोरन व्रmोनोलोजी, बम्बै, सन् १९२३, पृ. १०६) उल्लेख गरिएको केतकरकै मत अनुसारको ३० वर्षमा एउटा अधिकमास छाड्ने कुरा र बालगङ्गाधर तिलकको पुस्तक ‑वेदिक व्रmोनोलोजी यान्ड वेदाङ्ग ज्योतिष, पुणे, सन् १९२५, पृ. ९१–९२०) मा उद्धृत कृष्णशास्त्री गोडबोले ‑वि.सं. १८८८–१९४३) का मतमा ४० वर्षमा एउटा अधिकमास छाड्ने कुरा छ । तिनै कुराका प्रभावमा परी लिच्छविकालका प्राप्त अभिलेखका अधिकमास परेका वर्षमा मिलाउन खोज्दा कुरा मिलेको जस्तो देखि ३८ वर्षमा एक अधिकमास छाडिन्थ्यो भनी लेखिएको देखिन्छ । 

‑ग) यसरी ३८ वर्षमा मात्र ऋतु मिलाउने कुरा ऋतुको अनुगमन गर्ने वेदाङ्ग ज्योतिषका सन्दर्भमा युक्तिसङ्गत हुँदैन भन्ने कुरा पन्तजीले आकलन गर्न नसकेको देखिन्छ । वेद र छ वटै वेदाङ्गको विशेष अनुशीलनबाट पिताजी शिवराज आचार्य कौण्डिन्न्यायनले वर्षभरिमा परेका औँसीका सङ्ख्याका आधारमा वर्षभरिमा १३ वटा औँसी पर्न लाग्दा अथवा एक अयनमा सात वटा औँसी पर्न लाग्दा अधिकमास मान्ने वैदिक पद्धति हो भन्ने ठम्याएर २०५२ मा वैदिक अधिकमास गणना पद्धति प्रकाशित गर्नुभएको हो ‑वैदिक मन्त्रसङ्ग्रह, स्वाद्ध्यायशाला, २०५२, पृ. १३७)। वेदमा ऋतुलाई नै संवत्सरको आधार मानिएको र कल्पशास्त्र ‑कर्मकाण्डविधायक वेदाङ्ग) मा पनि ऋतु अनुसार नै वैदिक यज्ञहरूको विधान गरिएको पाइन्छ । अतः निरन्तर साढे दुई वर्षका अन्तरमा अधिकमास मानिरहन मिल्दैन । त्यसो गर्दा चान्द्र ऋतु र सौर ऋतुको सम्बन्ध बिग्रँदै जान्छ । त्यसैले बिच बिचमा तीन वर्षका अन्तरमा पनि अधिकमास मान्नु पर्छ । उत्तरलिच्छविकाल र मल्लकालमा यस्तै पद्धति प्रचलनमा थियो । यस अनुसार ३० वर्षमा ११ अधिकमास मात्र पर्छन् । यही पद्धति नै पूर्वलिच्छविकालमा पनि प्रचलनमा थियो भन्ने निष्कर्ष विशेष अध्ययनबाट निस्कन्छ । यो निष्कर्ष निकाल्ने काम स्वाद्ध्यायशालामा भएको हो । यो कुरा पनि गोरखापत्रमा प्रकाशित २०५५ वैशाख १२ को लेखमा छोटकरीमा प्रतिपादित छ ।

‑घ) अधिकमास गणनाको वैदिक मन्त्रसङ्ग्र्रहका परिशिष्टमा प्रकाशित पद्धतिको उदाहरण खोज्न पूर्वलिच्छविकालका अभिलेखको गहिरिएर सूक्ष्म रूपमा अध्ययन गर्दा नयराज पन्तले भने जसरी साढे दुई वर्षका अन्तरमा अधिकमास मान्दै जाने र ३८ वर्ष पुग्दा एक अधिकमास छाड्ने कुरा त्यतिबेला प्रयोग भएको होइन रहेछ भनेर यस लेखकले पत्ता लगाएको हो र अधिकमास गणनाको लिच्छविकालिक पद्धतिसम्बन्धी कुरा पनि प्रकाशित गरेको हो ‑गोरखापत्र २०५५–१–१२ शनिवासरीय, पृ. ग) । 

‑ङ) लुच्यानो पेतेकले विसं २०१५ मा प्रकाशित गरेको नेपालको मध्यकालिक इतिहासको पुस्तक ‑मेडिईवल् हिष्टरि अव् नेपाल, सन् १९५८, पृ. २२) मा वेदाङ्ग ज्योतिष अनुसार आषाढमा र पौषमा अधिकमास पर्छ र त्यो सिद्धान्त पुरानो खाले हो भन्ने कुरा लेखेकाले अधिकमास मान्ने पद्धतिमा यस्तो प्रकारले ३० वर्षसम्म साढे दुई वर्ष÷साढे दुई वर्षमा नै अधिकमास मानिरहने त्यसपछि मात्र एउटा अधिकमास छाडेर मिलाउने कुरा पनि पहिले त भएको हुन सक्छ वा भएको थियो भन्ने भ्रम फैलिएको हुन सक्छ तर वास्तविकता त्यस्तो देखिएन । वेदाङ्गद्वारा वेदको अर्थ गर्ने, वेद वेदाङ्गको समन्वय गरी विचार गर्ने र वैदिक यज्ञका निम्ति ऋतुको महŒवको आकलन गर्ने काम नगरेकाले पन्तजीलाई यो कुरा नखुलेको बुझिन्छ । 

उत्तरलिच्छवि संवत् ‑मानदेव संवत्) को प्रारम्भ भएको वर्ष

वर्षारम्भको महिना नै फरक भएकाले पनि दुई लिच्छवि संवत् फरक प्रमाणित हुन्छन् । शक संवत् ५०० पुगेपछि वर्षारम्भ हुने महिना फेरेर उत्तरलिच्छवि संवत् ‑मानदेव संवत्) सुरु गरिएकोे प्रमाणित हुन्छ । लिच्छवि संवत्को निर्णय भन्ने पुस्तकमा मानदेव संवत् विसं ६३३ मा प्रारम्भ भएको भनिएको छ ‑पृ. ७, २९) । त्यो कुरा नमिल्दो छ । उत्तरलिच्छवि संवत् पनि गत संवत् नभएर वर्तमान संवत् भएको कुरा ‘एकत्रिंशत्तमे वर्षे वर्तमाने’ ‑३१ औँ वर्ष वर्तमान रहेका अवस्थामा) भन्ने अभिलेखका लेखाइले बुझाउँछ । गत संवत् भएको भए ‘एकत्रिंशति वर्षेषु गतेषु’ ‑३१ वर्ष बितेपछि) भन्ने खालको प्रयोग हुन्थ्यो । अधिकमास र तिथिमितिको गणनाबाट ३१ औँ वर्ष विसं ६६४ मा प्रारम्भ भएको देखिएपछि मानदेव संवत्को पहिलो वर्ष पन्तजीले भने झैँ ६३३ मा प्रारम्भ भएको नभई ६३४ मा प्रारम्भ भएको ठहर्छ । 

कार्तिकादि भएकाले शक संवत् होइन भन्ने स्थापना गलत हो

त्यसै गरी लिच्छवि संवत् कार्तिकादि भएकाले नै शक संवत् हुनै नसक्ने भन्ने मानेका शङ्करमान तथा श्यामसुन्दर राजवंशीको मूल स्थापना नै उक्त स्थापनाले खण्डित भएको छ तर त्यस विषयमा श्यामसुन्दर राजवंशीका पछिका लेखमा पनि कुनै उल्लेख पाइँदैन । उनले र प्राडा कमलप्रकाश मल्लले पनि बिनाविवेचनापछि पनि पूर्वलिच्छवि संवत् कार्तिकादि थियो भनेर लेखेको देखिन्छ । 

महाभारतको गणना मिलाउने प्रयासमा त्रुटि

महाभारतमा १३ वर्षमा पाँच महिना १२ दिन बढ्छन् भनिएको पाइन्छ । त्यसमा छ दिन किन बढी मानियो र कुन रूपमा गणना गर्दा मिल्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । यो कुरा मिलाउन मध्यममान र स्पष्टमानले हुने अन्तरसमेत जोड्दा पाँच वर्षका अवधिमा ३५ घण्टा ४२ मिनेट फरक पर्ने र त्यो दुई दिन जस्तो भएकाले तथा १३ वर्ष पनि तीन युग (१५ वर्ष) पुग्न लागेको समय भएकाले १३ वर्षमा छ दिनको अन्तर मानिएको हुन सक्छ भन्ने नयराज पन्तको प्रतिपादन ‑लिच्छवि संवत्को निर्णय, पृ.५९, पृ.६२–६३) पनि मिलेको देखिँदैन । गणनामा मध्यममान र स्पष्टमानमा हुने अन्तर पाँच÷पाँच वर्षमा जोडिँदै जाँदैन । चाहिने अन्तिम स्थानमा मात्र लिइन्छ । यस प्रकार गणना मिलाउन खोज्नु सिद्धान्त ज्योतिषका दृष्टिले पनि नमिल्दो कुरा हो र सिद्धान्त ज्योतिषीले त्यसो गर्नु आश्चर्यलाग्दो कुरा हो । दिइएको गणितबाट १३ वर्षको मध्यममानको अन्तर दुई दिन सात घण्टा ५४ मिनेट हुन्छ भने स्पष्टमानले हुने अन्तर एक ठाउँमा जोड्दा १३ वर्षका अवधिमा जम्मा दुई दिन २२ घण्टा ६ मिनेट मात्र अन्तर पर्ने देखिन्छ । यस गणितबाट छ दिन पुग्दैन । अतः यसभन्दा भिन्न मान लिएर गणित गरी महाभारतको उल्लेखको समन्वय निकाल्नुपर्ने देखिन्छ । 

पूर्वलिच्छवि संवत् वर्तमान संवत् हो

लिच्छविकालका संवत्लाई नयराज पन्तले गत संवत् मानेको देखिन्छ तर यस लेखकले २०५५ वैशाख १२ को लेखमा गत संवत् मान्दा अधिकमास मिल्दैन, वर्तमान संवत् मान्दा मात्र मिल्छ भनेर प्रतिपादन गरेको थियो । गत संवत् र वर्तमान संवत्मा रहने अन्तरका बारेमा पन्तजी सचेत नभएको देखिन्छ । यसले उनका गणनामा एक वर्षको अन्तर आएको छ भने कार्तिकादि नभएको संवत्लाई कार्तिकादि मानेर गणना गर्दा अर्को एक वर्षको अन्तर परी चाँगुको विसं ५२० मा राखिएको मानदेवको अभिलेखलाई विसं ५२२ को मानेर पन्तजीले गणना गरेका छन्, जुन कुरा त्रुटिपूर्ण छ । लिच्छवि संवत्को निर्णय पुस्तकका लेखहरूमा अरू त्रुटि पनि पाइन्छन् । 

उपसंहार

पहिलोथरी लिच्छवि संवत् (पूर्वविच्छवि संवत् वा शक संवत्) कार्तिकादि हुन सक्दैन भनेर सप्रमाण २०५५ वैशाख १२ गते प्रकाशित लेखको स्थापनाले लिच्छवि संवत्को निर्णय भन्ने पुस्तकमा नयराज पन्तले लिच्छवि संवत्लाई कार्तिकादि मानेर गरेका सबै गणित अशुद्ध सिद्ध गरेकाले उनको मदन पुरस्कार प्राप्त त्यस पुस्तकका थुप्रै अंश गलत साबित हुने भए तर यस कुरामा पन्तजीको वा उनका चेला वा अनुयायीको कुनै प्रतिव्रिmया आएको देखिएन । अरूका कुरामा निरन्तर दोष देखाउने र खण्डन गर्ने गरेका व्यक्तिले आफ्ना कुरामा अरूले दोष देखाउँदा कि त्यसको खण्डन गर्न सक्नुपथ्र्याे कि त स्वीकार गरी संशोधन गर्नुपथ्र्याे । यसो गरेको भए विद्यारक्षा र विद्यावृद्धिमा योगदान हुन्थ्यो । 

ज्ञानमणि नेपाल र धनवज्र वज्राचार्यले देउपाटनको अभिलेखको संवत् ४८९ होइन, संवत् ४८७ हो भनेर विसं २०११ मा भनेपछि त्यस समयको वेदाङ्ग ज्योतिषको गणनापद्धतिमा स्पष्टमानको पनि प्रयोग हुने गरेको अर्थात् गणनालाई आकाशको वास्तविक स्थितिसँग कुनै रूपमा मिलाउने गरिएको कुरामा विचार चलाउन प्रारम्भ भएको हो भनेर ज्ञानमणि नेपालले लेखेका छन् ‑‘गरिमा’ मासिक पत्रिका, पूर्णाङ्क २७२, साझा प्रकाशन, २०६५ साउन) । साथै नेपालले त्यहाँ त्यसपछि लिच्छविकालका अधिकमास ठ्याम्म मिल्न आए पनि भनेका छन्, जुन कुरा सत्य होइन । जसरी गणना गर्दा पनि पूर्वलिच्छवि संवत्का अधिकमास मिलाउन नसकिएको कुरा नयराज पन्तले लिच्छवि संवत्को निर्णय नामको पुस्तकमा नै भनेका थिए । यस कुराको उल्लेख गरी मैले नयराज पन्तका कामको वास्तविक लेखाजोखा‑‘गरिमा’ मासिक पत्रिका, साझा प्रकाशन, २०६५ पुस) भन्ने लेखमा ज्ञानमणि नेपालको भनाइको आलोचना गरेको थिएँ । नेपालको यससम्बन्धी प्रतिव्रिmया के रह्यो आजसम्म पनि पढ्न पाइएको छैन । 

ज्ञानमणि नेपालले लिच्छवि अभिलेखमा ९ ठानिएका अङ्कलाई ७ भनेर सर्वप्रथम भनेको कुरा आफ्ना ठाउँमा छ तर त्यसका आधारमा पूर्वलिच्छवि संवत्का अधिकमास मिले वा मिलाएँ भन्नु चाहिँ उनको पूर्वाग्रहयुक्त भनाइ देखिन्छ । पूर्वलिच्छवि संवत्लाई वर्तमान शक संवत् मानेर गणना गर्दा लिच्छविकालका अधिकमास मिल्छन् भनेर पनि यस लेखकले नै गोरखापत्रको माथि उल्लिखित लेखमा भनेको हो । कुनै प्रकारको पूर्वाग्रह राखेर कसैले अरूले पहिले नै भनिसकेका वा पछि भनेका कुराको समेत श्रेय अर्कै व्यक्तिलाई दिन खोजेको पनि देखिन्छ । विद्याका क्षेत्रमा त्यस त्यस व्यक्तिले लेखेका वा प्रकाशित गरेका विषयवस्तुका आधारमा त्यस त्यस व्यक्तिलाई नै श्रेय दिई कुरा गर्ने गर्नु र सप्रमाण आएका संशोधन स्वीकार गर्ने गर्नु नै इतिहास र वर्तमानको पनि सत्य तथ्यमा पुग्नका लागि आवश्यक छ । 

लेखक बाट थप