बिम र डाँडागाउँ
म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेलाबाट देखिएको बिम र डाँडागाउँ । मालिका धुरी र प्रभुचेलाको फेदीमा रहेको मगर समुदायको बाहूल्य बसोवास रहेको बिम गाउँ पर्यटकीय हिसाबले सम्भावनायुक्त छ ।
योगी आदित्यनाथसँग मुख्यमन्त्री शाहको भेटवार्ता
औपचारिक भारत भ्रमणको अन्तिम दिन आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका आफ्ना समकक्षी योगी आदित्यनाथसँग शिष्टाचार भेट गर्नु भएको छ ।
चौधरी पक्राउबारे जानकारी दिन संसदमा माग
सांसद अब्दुल खानले रेशम चौधरीलाई पक्राउ गरिएको बारेमा संसदमा जानकारी दिन माग गर्नुभएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उहाँले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बिचमा एकता हुन लागिरहेको सन्दर्भमा चौधरीलाई पक्राउ गर्नुको पछाडि राजनीतिक षड्यन्त्र भएको आरोप लगाउनुभयो ।
‘तीनकुने घटनामा मानव अधिकार उल्लङ्घन भएको पुष्टि भइसक्यो’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तीनकुने घटनामा मानव अधिकारको उल्लङ्घन भएको पुष्टि भइसकेको भन्दै न्यायिक छानबिन समिति गठनको माग गर्नुभएको छ ।
'स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन'
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताउनुभएको छ ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालककोे घटनास्थलमै मृत्यु भएको छ ।
गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु
सोमबार प्यालेस्टिनी क्षेत्रको उत्तरमा भएका दुई वटा इजरायली हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ ।
गुल्मीमा आधारभूत अस्पतालको शुभारम्भ
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक पन्ध्र शय्याको अस्पताल औपचारीक रूपमा सञ्चालनमा ल्याएको छ। सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले एक कार्यक्रमकाबीच अस्पतालको उद्घाटन गर्नुभएको हो ।
करेन्ट लागेर युवकको मृत्यु
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–८ भुसिङ्गामा करेन्ट लागेर युवकको ज्यान गएको छ । रावा टोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा कैलाली जिल्लाको साबिक हसुलिया गाविसका ३० वर्षिय बिन्दु चौधरीको करेन्ट लागेर ज्यान गएको हो ।
समुदायमै चेतना फैलाउँदै मुस्ताङ प्रहरी
कानुनी अज्ञानताका कारण अपराधजन्य घटना बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङ सचेतना कार्यक्रम गर्दै गाउँगाउँसम्म पुगेको छ । पाँच वटै स्थानीय तहको बस्ती तथा विद्यालयमा पुगेर नागरिक लक्षि सचेतनामुलक अभियान सञ्चालन गरेको हो ।
आधारभूत अस्पतालले जगाउँदै आशा
बिरामी हुँदा अन्यत्रै जानुपर्ने बाध्यता हट्दा अस्पतालप्रति जनविश्वास बढ्दै गएको छ । आधारभूत अस्पतालले विशेषज्ञ सेवा सुरु गरेपछि नागरिकले समयमै उपचार पाएका छन् भने यसअघि ठुला अस्पतालमा धाउँदा हुने आर्थिक क्षति कम भएको छ ।
वैदेशिक सहायता परिचालनमा समस्या
वैदेशिक सहायता परिचालनमा अनेकौं समस्या देखिएका छन् । सरकारले वैदेशिक सहायतालाई पनि एक महत्त्वपूर्ण अधार बनाउँदै बजेट बनाउने गरे पनि त्यस्तो सहायता परिचालनमा अनेकौ समस्या रहेको सरकारले नै प्रष्ट पारेको छ ।
३० किलो गाजासहित महिला पक्राउ
मकवानपुर प्रहरीले लागुऔषध गाजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।
घट्यो सर्केगार्डदेखि नेपालगन्जसम्मको भाडा
हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकादेखि सुर्खेत हुँदै नेपालगन्जसम्मको भाडा घटेको छ । सर्केगार्डबाट सार्वजनिक बस सञ्चालनमा आएपछि भाडादर घटेको हो ।
‘सबै मिलेर श्रमिकको आवश्यकता पूरा गर्नुपर्छ’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले नीति निर्माता, जनप्रतिनिधि, सरोकारवाला सङ्घसंस्था र अन्तरराष्ट्रिय साझेदारसँग सहकार्य गर्दै श्रमिकको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आयआर्जनसहितको बस्ती विकासमा जोड दिऔं : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताउनुभएको छ ।
धनकुटामा बस दुर्घटना : एकको मुत्यु, १४ जना घाइते
धरानबाट धनकुटा आउँदै गरेको १ ख. २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
रामारोशनको पर्यटन प्रवर्धन गर्न महोत्सव
मनमोहक र सुन्दर रामारोशन पर्यटकीय क्षेत्रको प्रवर्धन र विकासका लागि रामारोशन महोत्सवको तयारी थालिएको छ ।
अवैध कपडासहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
किराना सामानभित्र लुकाई छिपाई लैजाँदै गरेको १८ पोका लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरीले पाल्पाबाट नियन्त्रणमा लिएको छ ।
शून्य समयमा सांसदहरूद्वारा समसामयिक विषयमा ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
भारतसँगको तनावमा मध्यस्थता गर्न इरानका शीर्ष कूटनीतिज्ञ पाकिस्तानमा
गत महिना काश्मीरको भारतीय नियन्त्रित भागमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि इस्लामाबाद र नयाँदिल्लीबिचको तनावमा मध्यस्थता गर्ने प्रयास गर्न इरानका विदेशमन्त्री सोमबार पाकिस्तानमा हुनुहुन्छ ।
निर्माण व्यवसायी सङ्घ ताप्लेजुङको भवन शिलान्यास
निर्माण व्यवसायी सङ्घ ताप्लेजुङको भवन शिलान्यास गरिएको छ । फुङलिङ नगरपालिका ४ स्थित तमू फर्निचर अगाडि रहेको झण्डै साढे ७ आना जग्गामा भवन निर्माण हुनेगरि शिलान्यास गरिएको हो ।
चीनमा डुङ्गा डुब्दा नौ जनाको मृत्यु, ७० जना अस्पतालमा भर्ना
दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ ।